प्रचण्ड समुहले ट्याक्सीसँगै मलाई पनि जला*उन खोजे, भागेर बाँ’चे भन्दै चालक रुदै मिडियामा, डर*लाग्दो घ’टना

समाचार

प्रचण्ड समुहले ट्याक्सीसँगै मलाई पनि जला*उन खोजे, भागेर बाँ’चे भन्दै चालक रुदै मिडियामा, डर*लाग्दो घ’टना





याे समचार पनि पढ्नुहोस्

औंलामा गन्न मिल्ने घर र मान्छे मात्रै गाउँमा छुटे’, कुवा सुकेपछिका दिनहरू सम्झँदै भोजकुमार काफ्ले स्मृतिमा रनभुल्ल पर्छन्। त्यस बेला पानी बोक्न तीन घण्टासम्म पैदल हिँडेर जानुपथ्र्यो रे। पानीको अभावमा कुरुले गाउँबाट धेरै चिज हराएछन्।




गाउँ त ‘काकाकुल गाउँ’ भनेर चिनिन थालेछ। कुरुलेमा बाहिरी गाउँबाट बिहे गरेर युवतीहरू आउनसमेत तयार नभएपछि एक किसिमको संकट आएछ। ‘बिहे गरेर धनकुटाको कुरुलेतेनुपामा गइयो भने त धेरै दुःख पाइन्छ भन्ने छाप नै बस्न थालेको थियो’, काफ्ले विगतमा बिलाउँछन्।

गाउँबाट बसाइँ सरेर जानुको एउटा प्रमुख कारण कुवा सुक्नु पनि थियो। गाउँका भित्तामा डोजर चलाएपछि ठूला रूख ढल्न थाले। त्यसपछि कुवा र पानीका मुहान सुक्न थाले।

कुवा सुकेपछि गाउँलेहरूले गाउँ नै छाड्न थाले। ‘त्यसपछि त गाउँको बारेमा सोच्ने र यसलाई हराभरा राख्नुपर्छ भनेर चिन्ता गरिदिने कसले ? जब पानी नै सुक्न थालेपछि गाउँको स्वत्व केमा पो रह्यो र !’ उनी गुनासोले भरिएका छन्।

अन्ततः गाउँमा कोदो फल्ने बारीका कान्ला भत्काउँदै सडक बनाउने डोजरले गाउँलाई विकास गर्नुभन्दा धेरै गाउँ उजाडचाहिँ बनाएछन्। बाहिरबाट गएर जग्गा किन्नेहरूले पनि प्लट बनाएर धन्धा चलाउने भए नै। सुकेको पानीको मुहान फेरि उमार्नेमा स्थानीय सरकार वा ती डोजरवालाहरूको विवेक पुगेनछ।

रूखबाट खसेर पतिको मृत्यु भएपछि ४५ वर्षीया कुमारी राईको परिवारमा घाम अस्ताएझैं भयो। सबैभन्दा मुस्किल त उनलाई पाँच सन्तानलाई पालनपोषण गर्न नै भयो। के खुवाउने, कसरी पढाउने र लत्ताकपडा केले किनिदिने आदि। जब मोरङको याङसिलामा कृषि तालिम लिने मौका उनलाई पनि मिल्यो, त्यसपछि भने कुमारीको जीवन नै बदलिएछ। ‘त्यसपछि कृषिको सीप भयो।

हामीले गर्ने पुरानो तरिकाको खेती प्रणालीले खानै धौ–धौ हुन्थ्यो, जब मैले बिरुवा रोप्ने, गोड्ने, जैविक मल कसरी राख्नेजस्ता तरिका सिकें, तरकारी, फलफूल फलाएर बिक्री पनि गर्छु, त्यसपछि त गाह्रो भएन’, उनी सुनाउँछिन्, ‘अहिले प्रकृतिमा आधारित कृषि खेती गरेरै परिवार चलाएको छु, छोराछोरीलाई पढाएको छु, सबैभन्दा ठूलो कुरा पुरानो ऋण तिर्न सकें।’

याङसिला–५ का युवा अनिस रानामगर भने कृषिको नयाँ सिकाइ र प्राकृतिक संरक्षणको कामबारे जानकारी पाएपछि त जीवनको उद्देश्य नै बदलिएको छ। किशोरावस्थामा अल्लारे बनेर डुलिहिँड्ने उनी अचेल गाउँमा जैविक विविधता संरक्षण अभियन्ताको छवि बनाइसकेका छन्। उनी अचेल पर्मकल्चर कृषि विधि तथा रैथाने ज्ञानबारे चेतना फैलाउँदै हिँड्छन्। जसको नयाँ व्यक्तित्व बनिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *