टिकटकमा भाइरल ८५ बर्सिय आमाको घर अर्घाखाँची पुग्दा यस्तो रमाइलो , अङ्ग्रेजीमै डाइलक फरर vairal aama

राजनीति

टिकटकमा भाइरल ८५ बर्सिय आमाको घर अर्घाखाँची पुग्दा यस्तो रमाइलो , अङ्ग्रेजीमै डाइलक फरर vairal aama





अर्को समचार पनि पढ्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको लिबाङस्थित धाङ्सी खोलामा निर्माणाधीन मोटरेबल पुलको शनिबार शिलान्यास गरे । २५ प्रतिशत काम सकिएको पुल शिलान्यास हुनुलाई चुनावी फन्डाका रूपमा लिइएको छ ।




प्रदेश सरकारको ५ करोड ६१ लाख ४९ हजार लगानीमा असोजदेखि पुल निर्माण भइरहेको छ । यसैगरी अर्थमन्त्री विष्णु पौडेलले माघ १४ मा बुटवलको सिद्धार्थ राजमार्गअन्तर्गत चौराहादेखि चिडिया खोलासम्मको सडक विस्तारको शुभारम्भ गरे । ३ किलोमिटर सडक फराकिलो पार्न आर्थिक वर्ष २०७३/०७४ मा आयोजना परेको थियो ।

दुई वर्षमा सक्ने गरी सडकको काम सुरु गरिएको थियो । अर्थमन्त्री पौडेलले भने भर्खर योजना सुरु भएको आभास दिने गरी सडकको शुभारम्भ गरे । ४७ करोड २७ लाख लगानीमा विस्तार हुन थालेको सडक २०७९ वैशाखमा सम्पन्न गर्ने गरी म्याद थपिएको छ । यस खण्डमा ३ सय २५ घर सडकमा पर्छन् । ४ बाट ६ लेनमा सडक विस्तार हुन थालेपछि घरधनीले पटकपटक मुद्दा हालेर अवरोध गरिरहेका छन् । यही क्रममा पौडेलले एक वर्षअघि निर्माण सम्पन्न दुई पुलको पनि उद्घाटन गरे ।

केन्द्रदेखि प्रदेशसम्मका मन्त्री र सांसद विभिन्न विकास योजनाको शिलान्यास र उद्घाटनमा दौडादौड गरिरहेका छन् । लुम्बिनी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जोड्ने ६ दशमलव ८ किलोमिटर सडक विस्तारको माघ ५ मा शिलान्यास गरे । मुख्यमन्त्री पोखरेलले नै पुस १७ मा रोल्पाको सुलिचौर–थबाङ सडकको शिलान्यास गरे । २१ करोड ६३ लाख ८३ हजारमा बन्न लागेको उक्त सडक पूर्वी रुकुम र रोल्पालाई तराईसँग जोड्न महत्त्वपूर्ण मानिन्छ । उनले पुस १८ मा प्यूठानको स्वर्गद्वारी नगरपालिकामा निर्मित सोनतारा लिफ्ट खानेपानी आयोजनाको पनि उद्घाटन गर्न भ्याए ।

पोखरेलले पुस २३ मा कपिलवस्तुको कृष्णनगर आरटीओ, सुन्दरीडाँडा, खैरी, मरामा सडक उद्घाटन गरे । १५ करोड ७७ लाखमा निर्माण भएको १२ किमि सडक धुमधामसाथ उद्घाटन गरिएको हो । पुस २६ मा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सिटी स्क्यान सेवा र चिकित्सक आवास भवनको पनि उद्घाटन गरे । पुस २७ मा उनले बाँकेको खजुरा धनौली चौकीदेखि नेपालगन्ज गौघाट बर्दिया हुलाकी सडक जोड्ने सडक र पुरैनी–बेतहनी–होलिया सडक खण्डअन्तर्गत गन्धा नालामा निर्माण भएको पुलको पनि उद्घाटन गरे । पुस २८ मा बर्दियाको बैदीचोक–पदनाह–कुसुम्बाघाट सडक शिलान्यास गरे । माघ ११ मा दाङको गढवा गाउँपालिकाको कार्यालय भवन उद्घाटन भयो । ५ करोड लगानीमा उक्त भवन निर्माण भएको थियो ।

मुख्यमन्त्री पोखरेलले माघ १६ मा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकास्थित पूर्वाधार विकास प्राधिकरण कार्यालय उद्घाटन गरे । राष्ट्रिय सभा सदस्य कोमल वलीसमेत पुल शिलान्यासमा अग्रसर छिन् । नेकपा केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य रहेकी वलीले जिल्लाका पुल शिलान्यास गर्दै योजनाहरू आफ्नै पहलमा आएको दाबी गरिरहेकी छन् । उनले मंसिर २९ मा तुलसीपुर ५ र ९ जोड्ने पातुखोलाको १५ मिटर लामो ट्रस पुल शिलान्यास गरिन् । २५ लाख ६४ हजार ८ सय ४९ रुपैयाँ लगानीमा उक्त पुल निर्माण हुन थालेको छ । जसमा संघीय सरकारको ८५ प्रतिशत, तुलसीपुर उपमहानगरपालिकाको १३ प्रतिशत र उपभोक्ताको २ प्रतिशत लगानी हुनेछ । उनले माघ १४ मा तुलसीपुर उपमहानगरपालिका १३ बह्राखुटी र गाईखुटी जोड्ने झोलुंगे पुलको शिलान्यास गरिन् । ९० लाख लगानीमा १ सय २५ मिटर लामो झोलुंगे पुल निर्माण हुन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *