सुस्मिता चोकमा आमा पुग्दा यस्तो, टोलवासीको भिड लाग्यो, बिचरा! सम्हालिन सकिनन् आमा Sushmita KC

समाचार

सुस्मिता चोकमा आमा पुग्दा यस्तो, टोलवासीको भिड लाग्यो, बिचरा! सम्हालिन सकिनन् आमा Sushmita KC





याे समचार पनि पढ्नुहोस्

धनुषा — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदकै लागि विश्वमा कुनै पनि दलभित्र यतिबिघ्न वितण्डा नभएको बताएका छन् । मिलेर जाने भए आफूले फागुनमा प्रधानमन्त्री पद छोडिदिने प्रस्ताव राखेको पनि उनले बताए ।




‘प्रधानमन्त्री खान हिँडेका रहेछन्, दशा लागेछ,’ धनुषाको ढल्केबरमा विद्युत् सबस्टेसन उद्घाटनपछि सोमबार आयोजित कार्यक्रममा ओलीले कसैको नाम नलिईकनै भने, ‘वितण्डा नगर, २–४ महिना पर्ख, मिलेर जाने भए फागुनमा छोडिदिन्छु भनेकै थिएँ । चोक्टा खान गएकी बूढी झोलमा डुबी जस्तै भएछ ।’

ओलीले पार्टीभित्रैबाट सरकारलाई लगातार समस्यामा पार्ने काम गरिएको आरोप लगाए । ‘टेलिभिजनमा गयो । उफ्रियो । सरकार र पार्टीलाई गाली गर्‍यो । त्यति नै थियो उनीहरूको काम,’ उनले भने, ‘खुट्टा तान्नेहरू थिए । म यही गीत गुनगुनाइरहें, म त हिँड्छु आफ्नै बाटो, खुट्टा तान्दै गर ।’ ओलीले चुनाव एक दिन पनि पर नसर्ने बताए । उनले धनुषामा वैशाख १७ गते नै चुनाव हुने दाबीसमेत गरे । ‘धनुषाको यो क्षेत्रमा वैशाख १७ मै चुनाव हुन्छ,’ उनले भने, ‘चुनावको तयारीमा लागिहाल्नुस् । तोकिएकै समयमा चुनाव हुन्छ । एक दिन पनि पर सर्दैन ।’

उनले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकामा पनि चित्त दुखाए । ‘केपी ओली मधेसीविरोधी हो भनेर कान–कानमा पुर्‍याएको होला । ती मधेसप्रेमी डोम, चमार र दुसाधको छोरालाई काँखमा राख्न सक्छन् ?’ प्रधानमन्त्री ओलीले भने, ‘हेरुँ त कत्तिको मधेसीप्रेमी हो । केपी ओलीले नै मधेसमा बाटो, ढल र सिँचाइ बनाउँछ । तराईमा सिँचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदै छौं ।’

राम्रा र नयाँ कामका लागि परम्परा तोड्नु नराम्रो नभएको उनले बताए । ‘पशुपतिमा १ सय १ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखे,’ उनले भने, ‘चाँदीकै हाल्नुपर्थ्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाईंको बुबा पण्डित, तपाईं किन पत्रकार हुनुभयो ? पण्डितै भएको भए पो परम्परा बच्थ्यो ।

मेरो बुबा प्रधानमन्त्री थिए र ? म प्रधानमन्त्री भएँ । नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ ।’ ओलीले सोमबारै सिरहामा पूर्वसांसद हेमनारायण यादवको १७ औं स्मृतिसभालाई सम्बोधन गर्दै हिम्मत भए निर्वाचनमा सहभागी भई जनताको माझमा आउन आन्दोलनरत पक्षलाई चुनौती दिए । ‘अबको संसद्लाई फेरि जोडघटाउ र किनबेचको थलो बनाउने प्रयास गरेकाले नै मैले संसद् विघटनको सिफारिस गरेको हुँ,’ उनले भने, ‘संवैधानिक संकट उत्पन्न हुन लागेको अवस्थामा भएको यो विघटन पूर्णरूपले संवैधानिक छ र निर्धारित मितिमा चुनाव पनि निर्बाध रूपले सम्पन्न हुन्छ ।’

केही तत्त्वहरूले जनतालाई भड्काएर र अन्योलमा राखेर भत्काउने र बिगार्ने काम मात्र गर्न जानेको आरोप लगाउँदै उनले त्यस्ता तत्त्वको षड्यन्त्रलाई चिर्दै आफूले देश बनाउने काममा मात्र ध्यान दिन थालेको बताए । ‘वर्षौंदेखि विकास र सुशासनमा पछि परेको हाम्रो देशमा म प्रधानमन्त्री भएपछि बल्ल चारैतिर विकास र समृद्धिका कार्यक्रम अगाडि बढेको छ’, उनले भने, ‘मुलुक विकास, समृद्धि र सुशासनतर्फ लम्कन थालेपछि आत्तिएर केही तत्त्वहरूले मांसाहारी आन्दोलन

गर्नुपर्छ भनेर जनतालाई उकासिरहेका छन् । अबको नेपालमा कुनै मांसाहारी आन्दोलनको आवश्यकता छैन, त्यस्तो धृष्टता पनि नगर्नुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *