काठमाडौँको सडकमा सयौँ बख्तरबन्द गाडी सहित नेपाली से*ना, चक्रपथमा परिक्रमा Nepal Army Kathmandu (यस्तो हुदै…)

समाचार

काठमाडौँको सडकमा सयौँ बख्तरबन्द गाडी सहित नेपाली से*ना, चक्रपथमा परिक्रमा Nepal Army Kathmandu.





याे समचार पनि पढ्नुहोस्

हरेक सर्वसाधारण नागरिकसँग ती ज्वारभाटा झैं आइरहेका विचारको स्रोत, उद्देश्य र वैधताको विश्लेषण गरी बुझ्न समय र परिस्थति हुँदैन। किनकि तिनका अन्य बाध्यकारी प्राथमिकता हुन्छन् दैनिकी चलाउन। त्यसैले नागरिक समाजका अगुवाले निश्पक्षरूपमा अवस्थालाई स्पस्ट बुझिने गरी विचार प्रस्तुत गरिदिनुपर्छ।




तर दुःखका साथ भन्नुपर्छ– समाजसँग त्यस्तो भूमिकामा उत्रिने नागरिक समाज अत्यधिक कमजोर र जीर्ण अवस्थामा छ, जो विनासहारा स्वयं उठ्न र दरो रूपमा प्रस्तुत हुन् सकेको देखिन्न।

विभिन्न माध्यममा विचार पस्किँदै गरेका व्यक्तित्वको कुरा एकछिन सुन्दा वा पढ्दा तिनका आबद्धता, आस्था र विवशता स्पस्ट झल्किन्छ। विचार निर्माताका ज्ञानको स्रोत, बुझाइको परिधि अनि परिस्थितिको आकलन गर्ने क्षमता र प्रस्तुति शैलीले धेरै महŒव राख्छ। किनकि यसले समाजलाई सही दिशा पनि दिन सक्छ र द्वन्द्वको वीजारोपणसमेत गराउन सक्छ। वर्तमान परिस्थिति नियाल्ने हो भने समाजलाई चिराचिरा पार्दै द्वन्द्वको वीजारोपण गरिँदै छ।

अहिले समाजमा जुन सकसको निर्माण भएको छ; यसले एउटा सकारात्मक परिणाम ल्याइदिएको देखिन्छ। राजनीतिक नेतृत्व तहका कतिपय व्यक्तित्वको मुखौटा झरेकाले वास्तविक अनुहार देखिएको छ। त्यस्तैगरी राज्य संरचनामा रहेको कालो सिसा फुट्दा भित्रका दृश्य स्पष्ट देखिएको छ। यसले एक किसिमको सजगता निर्माणमा भूमिका खेल्न त सक्छ तर सँगसँगै ठूलो चुनौती के पनि छ भने सरकार इमानदारीपूर्वक नागरिकका अपेक्षा पूरा गर्न अगाडि बढ्न सक्ला ? कतै चुनावी घोषणापत्रकै अवस्था त नहोला ? साँठगाँठको राजनीतिक संस्कारमा हुर्केकाहरूको घेराबन्दीमा नपर्ला ?

विगतका अनुभूतिका आधारमा हेर्ने हो भने निर्धक्क रूपले विश्वास गर्न सक्ने आधार खासै भेटिँदैन तर भरोसा नगरी परिवर्तनको अनुभूति गर्ने विकल्प प्रस्ट छैन। वर्तमान परिदृश्यले एउटा कुरा स्पस्ट बुझाइदियो कि नागरिक तहको राजनीतिक बुझाइ अनि विश्लेषण गराइको क्षमतामा उचाइ थपिएको छ भने प्रायः राजनीतिक नेतृत्व तह अहिले पनि आफूलाई परिमार्जन गर्न नसकेका र केन्द्रीकृत मानसिकताबाट सञ्चालित छन्।

व्यक्तिगत र सार्वजनिक जीवनबीच रहेका जिम्मेवारी र जवाफदेहिताबीचको फरकपना बुझ्न नसकेको अवस्था देखिन्छ। आआफ्नो विशिष्टता प्रमाणित गर्न कल, बल र छल भरपूर प्रयोग गर्दै एकअर्कालाई खुइल्याउन लागिपरेका छन्। तिनका शब्द, शैली र प्रस्तुतिले समाजमा कस्तो प्रभाव पार्दै छ भन्नेतर्फ कुनै चिन्ता र चासो भएको देखिँदैन। यसले गम्भीर संकेत गरेको छ कि नेपाली राजनीतिका मुख्य विषय के र को ? सर्वसाधारण नागरिकको स्थान कहाँ ? तिनका सरोकारका विषय कसका ? यस्ता परिस्थितिले उब्जाउने अवस्था भनेको अराजकता हो, जहाँ मुलुक कमजोर बन्छ र विभिन्न शक्तिले आआफ्नो स्वार्थअनुरूप प्रयोग गर्ने चल्मलाउने सम्भावना बढ्छ।

विशेषगरी राज्यको विषम परिस्थितिमा राज्यका संरचना र निकायले परिणाममुखी कार्यक्षमता प्रस्तुत गर्दै राज्यलाई सहयोग गर्नुपर्ने अपेक्षा गरिन्छ तर त्यसका लागि राज्यका ती संरचनामा क्षमतावान् व्यक्ति जिम्मेवारीका साथ सही ठाउँमा राखिएको छ। यदि होइन भने सरकारका समस्या सुल्झिनुको सट्टा बल्झिन्छ र अपेक्षित परिणाम दिन सक्दैन। फलस्वरूप समाजभित्र आक्रोश बढ्छ। यसले राज्य र समाजबीचको सम्बन्ध कमजोर बनाउन भूमिका खेल्छ। ती कमजोर सम्बन्धमाथि टेकेर अनेक अनुचित संरचना निर्माण हुन्छन्, जो दीर्घकालीन रोगका रूपमा स्थापित हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *