६० जना आर्मीलाई Uk लैजान्छु भन्दै ६ करोड ठगी ! पैसा माग्दा गोरु चु’टाइ पि’ट्यो, फेरी बैदेशिक रोजगारमा

समाचार

६० जना आर्मीलाई Uk लैजान्छु भन्दै ६ करोड ठगी ! पैसा माग्दा गोरु चु’टाइ पि’ट्यो, फेरी बैदेशिक रोजगारमा





याे समचार पनि पढ्नुहोस्

प्रदेशसभा सदस्य तथा नेकपा दाहाल–नेपाल समूह वाग्मती प्रदेश संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले सभामुखले आफ्नो पद नै धरापमा राखेर प्रदेशसभाको बैठक स्थगित गरेको आरोप लगाएकी छिन् ।




सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभाामुख सानुकुमार श्रेष्ठले आइतबार राति सूचना टाँसेर स्थगित गरेर अल्पमतमा रहेको सरकारलाई सहयोग पुर्‍याएको उनको आरोप छ । प्रदेशसभा सचिवालयमा दाहाल–नेपाल समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा नेतृ शाक्यले प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा त्यस विषयलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएर बैठक स्थगित गरेको आरोप लगाइन् ।
सभामुख अल्पमतको सरकारको लाचार छाया बन्न पुगेको आरोप लगाउँदै उनले भनिन्, ‘सरकार अल्पमतमा रहेको छ । यस्तो अवस्थामा निरन्तर बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । संसदीय मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभा नियमावलीको घोर उल्लंघन सभामुखबाट भयो ।’

अविश्वासको प्रस्तावकहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक नराखी र कुनै विशेष कारण नखुलाई स्थगन गरिएको प्रदेशसभाको बैठक अविलम्ब सुरु गर्न उनले माग गरेकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुले पुस १० गते प्रदेशसभामा अविश्वासको प्रस्ताव प्रदेशसभा दर्ता गराएका थिए ।

नेकपा संसदीय दलका उपनेता शालिकराम जम्मकट्टेलले लामो समयदेखि अल्पमतमा रहेको सरकारविरुद्ध प्रदेशसभामा प्रतिनिधत्व गर्ने सवै राजनीतिक दलहरु एउट्टै कित्तामा उभिन आह्वान गरे । ‘बैठक स्थगित गर्नु सभामुखको स्वेच्छाचारिताको विरोध गर्न र संसदीय मूल्य, मान्यता र मर्यादाको पक्षमा उभिनुपर्ने समय आएको छ,’ जम्मकट्टेलले भने ।

विशेष कारण देखाउँदै प्रदेशसभाको बैठक सभामुखले स्थगित गरेका थिए । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा आइतबार राति स्थगित गरिएको हो । दाहाल–नेपाल समूहका सांसदहरुले तत्काल प्रदेशसभाको बैठक बोलाउन आह्वान गर्दै प्रदेशसभामा नाराबाजीसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *