प्रधानमन्त्रीलाई कोरोना ? टुईटर मा यस्तो स्टाटस

राजनीति




मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्याण्डलबाट आएको एक ट्विटले सबैलाइै अचम्भित बनायो । ट्विटरमा प्रधानमन्त्रीले लेख्नुभएको थियो ‘नयाँ व्यवसायिक यात्रामा अघि बढ्नका लागि मातृका पौडेलजीलाई अग्रिम शुभकामना ।हामी दुवैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुसी हुने योजना सुनाउँनु हुँदा दुवै जना दंग..।’ प्रधानमन्त्रीले आफूले कोरोना जितेको भनेर ट्विट गरेपछि अनौठो हुने नै भयो किनभने प्रधानमन्त्रीलाई कोरोना लागेको खबर बाहिर आएको थिएन ।

तर प्रधानमन्त्रीले गरेको ट्विटमा सेयर गरेको फोटोले अन्योलतालाई चिर्ने काम गरेको छ । त्यहाँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मात्रिका पौडेलको फोटो सेयर गरिएको थियो ।एकैछिनमा त्यो ट्विट हटाइयो र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको व्यक्तिगत ह्याण्डलबाट सोही भनाइ र सोही फोटो सहितको ट्विट पोस्ट भयो । यसले स्पष्ट पार्यो की प्रेस सल्लाहकार थापा झुक्किनु भएको रहेछ ।आफ्नो ट्विटरमा पोस्ट गरेँ भन्दा प्रधानमन्त्रीकोमा परेछ । ट्विटरमा प्रधानमन्त्रीको ह्याण्डलमा थापाले गरेको ट्विट सेयर गर्दै थापाको आलोचना भइरहेको छ ।

याे पनि पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आजको संवाद पनि तिक्तता बढाउँदै टुङ्गिएको छ । बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बस्नुअघि पार्टी अध्यक्ष प्रचण्ड ओलीको बोलावटमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।बैठक बस्न सहमति दिनुस् भन्ने गएका प्रचण्डलाई पुरानै अडान दोहोर्‍याएर पठाएको एक सदस्यले बताए ।स्रोतका अनुसार प्रचण्ड दिउँसो साढे तीन बजेतिर बालुवाटार प्रवेश गरेका थिए । उनले सुरुमै ओलीलाई कार्यकारी अध्यक्षसहित सचिवालयका बहुमत सदस्यले बैठक राख्न सहमति माग गरेकाले ओलीले आनाकानी नगर्न भनेका थिए ।

तर, ओलीले ‘दुईचारदिनपछि बैठक राख्छु भनेकै छु नि, तपाईंलाई के हतार पर्‍यो ?’ भनेर प्रचण्डलाई सोधेको ती सदस्यको भनाइ छ ।“ओलीजीलाई बैठक राख्न सहमति दिनुस् भनेर पटकपटक आग्रह गरेँ,” प्रचण्डले धुम्बाराहीको अनौपचारिक बैठक गरेको ब्रिफिङ उद्धृत गर्दै ती सदस्यले भने, “ओलीले जीले सहमति दिनुको सट्टा के तपाईंहरू एक्सन मै जान खोज्नु भएको हो ? उसो भए म झन् महाएक्सनमा जान्छु भनेर जवाफ दिनुभयो ।”प्रचण्डले सचिवालयको बैठक त्यसरी रोकेर राख्न नहुने बताउँदै सहमति दिन पुनः जोड दिएका थिए । ओलीले ‘महासचिव विष्णु पौडेलसँग पनि सल्लाह गर्छु’ भनेर पन्छाएको ती सदस्यको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *