मेरी बास्सैमा यसरी इन्ट्री भएको थियो सचिन परियारको ? सुटिङमा सबैलाई यसरी हसाएका थिए , sachin pariyar

मनोरंजन

मेरी बास्सैमा यसरी इन्ट्री भएको थियो सचिन परियारको ? सुटिङमा सबैलाई यसरी हसाएका थिए , sachin pariyar




याे समचार पनि पढ्नुहोस्

नेकपाको युवा संघ नेपालका इन्चार्जसमेत रहेका उनले कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र अनलाइन पोर्टल ईकागजका प्रधान सम्पादक हरिबहादुर थापाको नामै लिएर ‘नियोजित मिडियाका मान्छे’ को आरोप लगाउँदै आफूले निगरानी गरिरहेको बताएका छन् ।




उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका पंक्ति हुने आलोचनालाई आफूले स्थापना गर्ने साइबर सेनाले निर्ममताका साथ प्रतिरोध गर्ने बताए । उनले भने, ‘युवा संघ नेपालको एउटा विभागका रूपमा यसले काम गर्छ । हामीले यत्ति कुरा भन्यौं । यति भनेपछि धेरैको सातोपुत्लो उड्यो ।’

पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतले साइबर सेना बनाउने विषयमा सार्वजनिक अभिव्यक्ति दिएको यो पहिलो पटक होइन । उनले पुस २५ मा काठमाडौंको एक कार्यक्रममा अराजकताविरुद्ध साइबर सेना परिचालन गर्ने बताएका थिए भने १० माघमा युवा संघले पाल्पाको तानसेनमा आयोजना गरेको कार्यक्रममा पनि साइबर सेनाले नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ठेगान लगाउनुपर्ने बताएका थिए ।

त्यस्तै माघ १४ मा नवलपुरको गैंडाकोटमा आयोजित कार्यक्रममा सरकारविरुद्ध भ्रम फैलाउनेलाई तह लगाउन टोल–टोलमा साइबर सेना गठन गर्न युवालाई निर्देशन नै दिएका थिए । गैंडाकोटमा उनले सामाजिक सञ्जालमार्फत सरकारको बदनाम गरिरहेको भन्दै साइबर सेना बनाएर सरकारको प्रतिरक्षा गर्नुपर्ने विचार राखेका थिए ।

बस्नेतले चार विभिन्न कार्यक्रममा दिएका अभिव्यक्तिले ओलीनिकट युवा संघले साइबर सेना स्थापना गरिसकेको हो कि गर्ने तयारी गरिरहेको हो भन्ने प्रश्नको स्पष्ट जवाफ दिँदैन । तर उनले बारम्बार दोहोर्‍याइरहने भाषणले भने सामाजिक सञ्जालमार्फत आफूइतर विचार राख्नेहरूलाई निगरानी गर्नुपर्ने र उनकै भाषामा त्यस्तालाई ‘तह लगाउने’ विचार प्रवाह गरिरहेको देखिन्छ ।

नेकपा विभाजनपछिका दिनमा बस्नेतले निरन्तर साइबर सेनाको वकालत गरिरहेका बेला दाहाल–नेपाल समूहका नेताहरूले पनि सार्वजनिक रूपमै प्रधानमन्त्रीका मानिसले साइबर स्पेसमार्फत आफूहरूको मानमर्दन गर्ने र तथ्यहरू बंग्याउने काम गरिरहेको र त्यस्तो काम साइबर सेना भनिनेहरूबाट भइरहेको आरोप लगाइरहेको देखिन्छ । माघ ९ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले प्रधानमन्त्री ओलीलाई अरिंगाल र साइबर सेना मनपर्ने बताउँदै भनेका थिए, ‘ओलीको साइबर सेनाले विशाल पार्टीसँग सामना गर्न सक्दैन ।’

त्यसो त आफूले दिएका सार्वजनिक अभिव्यक्तिहरूलाई बारम्बार तोडमोड गर्ने काम भइरहेको भन्दै प्रचण्ड–माधव समूहका नेता भीम रावलले पनि ओली समूहसँग कथित साइबर सेना रहेको दाबी गर्दै आएका छन् । ओलीपक्षीय युवा संघका अध्यक्ष रमेश पौडेलले सेना शब्द सुनेकै कारण मान्छे अत्तालिएको जस्तो देखिएको बताउँदै भने, ‘साइबरको माध्यमबाट सेनाले जसरी अनुशासित ढंगले काम गर्छ, सेनाको सट्टा फोर्स वा समूह भनेको भए पनि हुन्थ्यो । सेना भनेकै कारण मान्छे अत्तालिएजस्तो देखियो । सकारात्मक सन्देश दिनका लागि यस्तो गरिएका हो ।’

उनले आफूहरूले संघभित्र विज्ञान तथा प्रविधि विभाग बनाउने र त्यहाँ युवालाई आबद्ध गराउँदै सामाजिक सञ्जालबाट सकारात्मक कुराको प्रचारप्रसार गर्ने विषयमा छलफल गरिरहेको बताए । उनले भने, ‘यति भन्दै गर्दा हामी के कुरामा सचेत छौं भने उल्टै हाम्रै विभिन्न फेक अकाउन्टहरू बनाएर आपराधिक गतिविधि र हामीमाथि लाञ्छना लगाउन सक्छन् ।’ उनले यस्ता गतिविधि रोक्नुपर्ने भन्दै साइबरको माध्यमबाट साम्राज्यवादीहरू आउन सक्ने र तिनको खण्डनमण्डन त्यही माध्यममार्फत गर्नुपर्ने तर्क अघि सारे ।

साइबर कानुनविज्ञ अधिवक्ता बाबुराम अर्यालले साइबर सेना भन्ने पदावली नै कानुनसम्मत नहुने बताए । उनले सेना जसरी साइबर सेना ब्यारेकमा नबसे पनि यसमा भर्चुअल कमान्ड नै काफी हुने बताउँदै भने, ‘सेना शब्दले राज्यको सार्वभौमिकता जोगाउन स्थापना गरिएको प्रतिरक्षा निकायलाई बुझाउँछ । त्यसैले पनि साइबर स्पेसमै भए पनि यस्तो गतिविधि गरिन्छ भने त्यो गैरकानुनी हो ।’

उनले इन्टरनेटको माध्यमबाट कसैको व्यक्तिगत गतिविधि पछ्याउने, निरन्तर निगरानी गर्ने र कसैको स्वतन्त्रतालाई नियमन गर्ने कामलाई कानुनबाहिरको कामको संज्ञा दिँदै भने, ‘विद्रोहीहरूले प्रयोग गर्नेजस्तो पदावलीलाई सामान्य अवस्थामा विधि र कानुन भएको देशमा जुनसुकै अर्थमा प्रयोग गरिनु पनि अमान्य कुरा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *