Arjun Bk को ड*रलाग्दो बास्त*बिकता,डेरामा यस्तोसम्म भेटियो, श्री’मती भनिएकी किशोरीलाई ब*न्धक बनाएकाे आराेप?

समाचार

Arjun Bk को ड*रलाग्दो बास्त*बिकता,डेरामा यस्तोसम्म भेटियो, श्री’मती भनिएकी किशोरीलाई ब*न्धक बनाएकाे आराेप?





याे समचार पनि पढ्नुहोस्

मानिसहरूलाई नजिक्याउने र उनीहरूबीचको अन्तरक्रिया र अन्तरघुलनलाई सघाउने पुस्तकालयजस्ता सुविधा — पार्क, खेलमैदान र खुला ठाउँजस्ता सार्वजनिक स्थल एवं मन्दिर, चर्च, मस्जिदजस्ता संस्था — हरूलाई लेखक एरिक क्लाइनेनबर्ग ‘सामाजिक पूर्वाधार’ (सोसल इन्फ्रास्ट्रक्चर)भन्छन् ।




त्यस्ता पूर्वाधारहरूलाई ‘जनताका लागि दरबार’ भन्दै एरिकले ‘प्यालेस फर द पिपल’पुस्तक लेखेका छन्, जसबाट यो लेख धेरथोर प्रभावित छ । सामाजिक पूर्वाधारहरूले मानिसहरूबीचको पारस्परिक सम्बन्धलाई प्रगाढ तुल्याउने र सामाजिक सामञ्जस्य कायम गर्न सघाउने भएकाले तिनले ‘सामाजिक पुँजी’ निर्माणमा ठूलो भूमिका खेल्छन् ।

समाजमा विद्यमान विभिन्न समूहबीच विश्वास, पारस्परिक सहकार्य र सम्मान एवं पहिचानको एकमुस्ट स्वरूप भएकाले सामाजिक पुँजीलाई लोकतान्त्रिक समाज निर्माणका लागि चाहिने अपरिहार्य तत्त्व मानिन्छ । थप, सामाजिक पुँजीले अप्रत्यक्ष रूपमा आर्थिक विकास र वृद्घिलाई पनि सघाउँछ । त्यसकारण सामाजिक पूर्वाधारको महत्त्व सामाजिक रूपमा मात्रै होइन, आर्थिक र राजनीतिक हिसाबले पनि छ ।

सपिङ मलले पनि मानिसहरूबीच अन्तरक्रिया गराउन सहयोगी भूमिका नखेल्ने होइन तर त्यसले मानिससँग भएको व्यक्तिगत वस्तुको विनिमय गर्न इच्छुकहरूलाई मात्रै सुविधा दिन्छ । मन्दिर, चर्च, मस्जिदजस्ता धार्मिक प्रतिष्ठानहरूले पनि मानिसहरूबीच सहकार्य र अनुभूति साटफेरका लागि सहयोग त गर्छन् तर त्यस्ता संस्थाहरूमा अक्सर नियन्त्रित प्रवेश हुन्छ । धार्मिक संस्थाहरूमा निश्चित आस्थावान् समूह, खास जाति/समुदाय, उमेर समूह वा लिंगकाले मात्रै प्रवेश पाउँछन् र इतरकाहरू वञ्चित गरिन्छन् ।

तर पुस्तकालय, पार्क र खुला ठाउँजस्ता सामाजिक पूर्वाधारहरूमा मानिसहरूको प्रवेश मल वा मन्दिरमा जस्तो नियन्त्रित हुँदैन । त्यहाँ अन्यत्र नअटाएका सीमान्तकृत मानिसहरू पनि नि:संकोच र नि:शुल्क जान सक्छन् । त्यहाँ प्रवेशका लागि मानिसको धर्म, वर्ग, जात, लिंग हेरिँदैन। त्यसैले यस्ता सामाजिक पूर्वाधारहरू समाजका विभिन्न तह र तप्काका मानिसहरूबीच अन्तरक्रिया र अन्तरघुलनका लागि सहयोगी हुन्छन् ।

अध्ययनहरूका अनुसार, यस्ता संरचना धेरै भएका ठाउँहरूमा प्रकोप हुँदा नोक्सानी कम हुने, प्रकोपपश्चात्तिनले आश्रयस्थल प्रदान गरेर प्रकोपको प्रभाव न्यून गर्ने र सामूहिक सहकार्यलाई बढाएर प्रकोपपछि छिटै तंग्रिन सहयोग गर्ने गरेको पाइएकोछ, जुन कुरा नेपालमा २०७२ सालको भूकम्पका बेला स्पष्ट देखिएको थियो ।

अमेरिकामा गरिएको अर्को अध्ययनले सामाजिक पूर्वाधारहरू बढीभएका सहरहरूमा लागूऔषध, लुटपाटलगायतका आपराधिक गतिविधि पनि कम हुने देखाएको थियो । क्लाइनेनबर्ग भन्छन्—हाल विश्वव्यापी रूपमा बढिरहेको सामाजिक विखण्डन र राजनीतिक ध्रुवीकरणलाई कम गर्नपनि सबै तह र तप्काबीच पारस्परिक संवाद हुनसक्ने सामाजिक पूर्वाधारहरू अहिलेका सहरहरूमा हुन जरुरी छ ।

पुस्तकालय होइन, भ्युटावर

सामाजिक पूर्वाधारको बहुआयामिक महत्त्व हुँदाहुँदैपनि देशमा भौतिक निर्माणका नीति, योजना र कार्यक्रमहरूमा त्यसलाई नजरअन्दाज गरेको पाइन्छ । उदाहरणका लागि, भूकम्पपछिको पुनर्निर्माणमा पुस्तकालयजस्ता सामाजिक पूर्वाधारहरूले प्राथमिकता पाएनन् । त्यसैले राष्ट्रिय पुस्तकालयलगायत भूकम्पपछि अझैपनि अलपत्र छन् । काठमाडौंको जमलमा बनाउने भनिएको राष्ट्रिय पुस्तकालयको निर्माणअनिश्चित बन्दै गएको छ । संघीयता लागू भइसकेपछि देशभरका ६७२ सार्वजनिक र सामुदायिक पुस्तकालय सञ्चालनको स्पष्ट नीति अझैसम्म बन्न सकेको छैन ।

नीतिमा मात्रै होइन, यतिखेर तीनै तहका सरकारहरूसँग भएका स्रोत र साधनहरू सामाजिक पूर्वाधार भनिने पुस्तकालय, खुलास्थल, हरियालीपूर्ण पार्कहरूको निर्माण र संरक्षणमा होइन, भ्युटावर र स्वागतद्वारजस्ता अनुत्पादक संरचनाको निर्माणमा खर्च भइरहेका छन् । देशैभरका पुस्तकालयहरूमा गरिने सरकारी खर्चभन्दा गत केहीवर्षयता सरकारले भ्युटावर निर्माणमा गरेको खर्च कैयौं गुणा बढी छ । जस्तै— सरकारले राजधानीका डिल्लीरमण पुस्तकालय, केशर पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालयलाई गत दुई आर्थिक वर्ष (२०७५/७६ र २०७६/७७) मा ९ करोड १२ लाख रुपैयाँ दिएको थियो । तर सोही समयमा वाग्मती प्रदेश सरकार एक्लैले आफूमातहतका विभिन्न मन्त्रालय र स्थानीय निकायहरूमार्फत भ्युटावर बनाउनकै लागि भनेर २४ करोड ६० लाखभन्दा बढी रकम विनियोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *