भाइरल अर्जुन बि.क काठमाडौं बाट प्र’क्रा’उ : जबर’जस्ति बन्ध’क गरेको आरो’प Arjun Bk

समाचार

भाइरल अर्जुन बि.क काठमाडौं बाट प्रक्रा’उ : जबर’जस्ति बन्ध’क गरेको आरो’प Arjun Bk





याे समचार पनि पढ्नुहोस्
लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको अद्यावधिक निर्वाचन नै हो। निश्चित समय अवधिमा हुने निर्वाचन र यसबाट आउने परिणामले लोकतन्त्रलाई चलायमान बनाइरहेको हुन्छ। अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले भनेजस्तै जनताद्वारा जनताका लागि जनतामार्फत गरिने शासनलाई लोकतन्त्र भनिन्छ। र, संसारभर लोकतन्त्रको विकल्प अझ समुन्नत र परिस्कृत लोकतन्त्र नै हो। यसको अर्को विकल्प हुन्न। यसको मुख्य आधार भनेको उही अद्यावधिक निर्वाचन नै हो।




सरकारले प्रतिनिधिसभालाई पुस ५ गते भंग गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ। अगामी वैशाख १७ र २७ गतेका लागि दुई चरणको निर्वाचन घोषणा भइसकेको छ। निर्वाचन आयोगले यस विषयमा विभिन्न आवश्यक नीति र कार्यविधि बनाइरहेको छ। साथमा निर्वाचन सुरक्षालाई लिएर पनि काम भइरहेको छ।

सरकारद्वारा भइसकेको निर्वाचनको मिति घोषणा, यसलाई लिएर भइरहेको निर्वाचन आयोगको तयारी र सुरक्षा निकायहरूबाट भइरहेको गृहकार्यले निर्वाचनलाई अघि बढाउन पक्कै मद्दत पुग्ने छ। तर यी विषयसँगै हुन गइरहेको निर्वाचनमा राज्यले भुल्न नहुने अर्को महत्त्वपूर्ण पक्ष हो, समावेशी र पहुँचयुक्त निर्वाचनका लागि युवाको भूमिका। अब हुने निर्वाचनमा युवाहरूको सहभागिता मात्र महत्त्वपूर्ण छैन; जनप्रतिनिधि चुन्नसमेत युवाको मुख्य भूमिका हुन्छ।

सन् २०११ को राष्ट्रिय जनगणनाअनुसार नेपालको कूल जनसंख्याको ४० प्रतिशत युवा रहेका छन्। साथै नेपालको १,५४,२७,९३८ कूल मतदातामध्ये १८–४० वर्षका ८०,७१,३६९ युवा मतदाता (५२ प्रतिशत) रहेका छन्। ५२ प्रतिशत मतदाताले लोकतन्त्रिक रूपमा हुने निर्वाचनमा कति महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरा व्याख्या गर्नुपर्ने आवश्यक देखिन्न। कुन दल वा व्यक्तिले कुन क्षेत्रबाट सफलता हासिल गर्न सक्छ भन्ने कुरा त्यो दल वा क्षेत्रका जनप्रतिनिधिको युवाहरूसँग कस्तो सम्बन्ध छ भन्नेमा भर पर्छ। जसले युवा मन जित्यो, यसैले नेपालको लोकतान्त्रिक अभ्यासमा बाजी मार्‍यो। तर विडम्बना, हामीकहाँ राजनीतिक प्रक्रियाहरूमा युवाको सहभागिता थोरै रहेको छ। युवाहरूलाई भोटका माध्यमबाट सत्तामा पुग्ने भर्‍याङ बनाउने काम मात्र भएको छ।

यसपटक निर्वाचन हुन गइरहेको परिवेशमा युवाहरूलाई समावेशी र पहुँचयुक्त मतदाताका रूपमा तयार गर्न केही महत्त्वपूर्ण विषयमा ध्यान दिन आवश्यक देखिन्छ। सबैभन्दा पहिला निर्वाचनसम्बन्धि सचेतना अभिवृद्धि सामग्रीको निर्माण तथा मतदाता शिक्षा कार्यक्रम सम्पूर्ण मतदाता विशेषगरी युवा र पहिलोपटक मतदानमा भाग लिने मतदातासम्म पुर्‍याउनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *