नारायणी काण्ड: ज्वाइँकै कारण छोरीले यस्तो कदम उठाईन भन्दै माईति आयो पहिलो पटक मिडियामा।

समाचार

नारायणी काण्ड: ज्वाइँकै कारण छोरीले यस्तो कदम उठाईन भन्दै माईति आयो पहिलो पटक मिडियामा।




याे समचार पनि पढ्नुहोस्
बिहान उठ्नेबित्तिकै फेसबुक/इन्स्टाग्राम खोल्दा कसै न कसैको बर्थडे, म्यारिज एनिभर्सरीका पार्टीका फोटाले तपाईंको अटेन्सन कुरिरहेका हुन्छन् । महामारीका बेला तपाईं भने घरमै बस्ने, कहीँ–कतै नजाने, भोजभतेर नगर्ने तर अरूले कोरोना भन्ने कुन चराको नाम हो भनेझैं पार्टी गरेको देख्दा तपाईं भित्रभित्रै मुरमुरिनुहुन्छ होला ।




अचेतन/अवचेतन मनमा डाह र आक्रोश भरिन्छ होला । तर एक छिन विचार गर्नुस् त, तपाईंले गर्ने विकेन्ड गेट टुगेदरका फोटा हेरेर तपाईंका कैयौं साथीहरू ठ्याक्कै त्यस्तै पो सोचिरहेका छन् कि ?

इन्टरनेटमा तपाईंले देख्ने सयौं मानिस आर्थिक हिसाबले तपाईंभन्दा सम्पन्न होलान् । तिनीहरूको लवाइखवाइ र रहनसहन छुट्टै होला । छुट्टी मनाउन उनीहरू देश–विदेश घुम्न जालान् । एयरपोर्ट, महँगा रेस्टुरेन्ट र आकर्षक ‘बिच’ मा बसेका फोटा पोस्ट गर्लान् । तपाईंलाई लाग्छ, असली जीवन त उनीहरूले बाँचिरहेका छन् । यस्तो देखेर फेसबुक/इन्स्टाग्राममै फोटो हाल्न मात्र भए पनि तपाईंलाई घुम्न जान मन लाग्छ ।

त्यसविपरीत सोसल मिडियामा देखिने हजारौं मानिसभन्दा तपाईंको आर्थिक स्थिति बलियो हुन सक्छ । जीवनका आधारभूत आवश्यकताहरू पूर्ति गरेर पनि आफूलाई मन लागेका लक्जरीका लागि तपाईंसँग पैसा हुन सक्छ । तपाईंलाई राम्रोसँग थाहा छ, धन कमाउन र बचाउन जति मिहिनेत लाग्छ, त्यसको आवश्यकता र मूल्य बुझ्न उत्तिकै बल लगाउनुपर्छ ।

तपाईंका प्रायः फेसबुक फिड कसै न कसैको अवार्ड, पुरस्कार र उपलब्धिका ‘प्रुफ’ ले भरिएका हुन्छन् । लामा क्याप्सनसाथ ती फोटा देखेर तपाईंलाई लाग्न सक्छ, ‘म कति पछाडि छु ।’ आफूदेखि वितृष्णा पैदा हुन पनि सक्ला । रिसले कतिलाई अनफलो पनि गर्नुभयो होला । याद गर्नुस् त, तपाईंकै त्यस्ता फोटा र क्याप्सन देखेर कतिलाई ठ्याक्कै त्यस्तै डाह लागेन होला र ?

सोसल मिडियामा कतिपय व्यक्ति फोटो र भिडियो कम अनि ज्ञानगुनका कुरा बढी साझा गर्छन् । ती व्यक्ति तपाईंभन्दा बुद्धिमान र जानकार होलान् । सायद उनीहरू आफ्नो दैनिकीको उल्लेखनीय हिस्सा पढ्नमा पो व्यतीत गर्छन् कि ? उनीहरूका पोस्ट पढेर तपाईंमा हल्का निराशा पैदा हुन सक्छ । तर के सम्झनुस् भने, थुप्रै व्यक्ति यस्ता पनि हुन्छन् जो आफूसँग भएभन्दा अलि बढी नै ज्ञान देखाउनमा विश्वास गर्छन् ।

अचेल टिकटकले सबैलाई मोहित पारेको छ । आफ्ना काम बित्दाबित्दै पनि हामीलाई दिनहुँ दुई–तीनवटा टिकटक नबनाई चित्तै बुझ्दैन । अरूको टिकटक र त्यसको वाहवाही देखेर तपाईंले पनि अप्ठेरो लागीलागी भिडियो बनाउन सुरु गर्नुभयो होला । तर के त्यो आवश्यकता थियो कि मात्र देखासिकी ?

यद्यपि सोसल मिडियामा हुने तुलना अर्थात् ‘सोसल कम्पेरिजन’ सधैं नकारात्मक मात्र हुँदैन । सन् २०१५ को एक अध्ययनअनुसार, उमेर बढ्दै जाँदा व्यक्तिको सामाजिक तुलना प्रक्रियामा संलग्न हुने झुकाव घट्दै जान्छ । तपाईं/हामीमध्ये धेरै जनाले इन्टरनेटमै भेटिएका मानिसको जीवनशैली र उपलब्धिबाट प्रेरित भएर आफूमा सकारात्मक परिवर्तन ल्याएका छौं । करिअरमा प्रगति गरेका छौं । तर बुझ्नुपर्ने कुरा के हो भने, कोही व्यक्ति सोसल मिडियामा खुसी देखिनुले ऊ वास्तविक जीवनमा पनि खुसी नै छ भन्ने ग्यारेन्टी हुँदैन ।

सोसल मिडियामा देखा पर्ने हँसिलो मुहार, आकर्षक शरीर, आर्थिक, व्यावसायिक र सामाजिक सफलता मात्र वास्तविक खुसी र सन्तुष्टिको मापक होइनन् । त्यसैले हामीले सोसल मिडियामा अर्काले पोस्ट गरेका कृत्रिम खुसीका शब्दहरू वा फोटाहरूलाई हेरेर आफैंलाई मनरोगी बनाउनुभन्दा आफ्नो धरातलीय यथार्थलाई आत्मसात् गरेर अघि बढ्न कोसिस गर्‍यौं भने मात्र दीर्घकालीन रूपमा खुसी र सुखी हुनेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *