कतार प्रहरीमा ठुलो संख्यामा नेपाली युवाहरुको धमाधम भर्ती हुँदै

अन्तर्राष्ट्रिय समाचार

नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ।




कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता हो। कतारसँग नेपालको श्रम सम्झौता भए पनि नेपाली युवालाई सुरक्षा निकायमा भर्ना गर्ने किसिमको कुनै सम्झौता भएको छैन।

अहिलेसम्म नेपालले मलेसिया, सिंगापुर र भारतसँग मात्र नेपाली युवालाई सुरक्षा निकायमा भर्ना हुन दिनेगरी सहमति दिएको छ। नेपाल र यी तीन मुलुकबीच यसबारे सम्झौता पनि भएका छन्। तर कतारसँग अहिलेसम्म यस्तो कुनै सम्झौता भएको छैन।

कतारले नेपाली युवालाई प्रहरीमा भर्ना गर्न चाहेपछि नेपालले यसबारेमा चासो देखाइसकेको छ। कतारस्थित नेपाली राजदूतावासले नेपाली युवालाई कतार प्रहरीमा भर्ना गर्ने हो भने दुई देशका सरकारी निकायबीच सहमति र निर्णय भई संस्थागत रूपमा काम सुरु गर्नुपर्ने धारणा कतार सरकारसमक्ष राखेको छ। तर कतारले वास्ता नगरी अवैध रूपमा नेपाली युवालाई प्रहरीमा भर्ना गरिरहेको छ। नेपालका केही मेनपावर कम्पनी र व्यक्तिहरूले कतारलाई सहयोग गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

काठमाडौँको सिनामंगल स्थित कल्यान सेक्युरिटी सर्भिस म्यानपावरमा बैदेशिक रोजगार विभागले छापा हानेको छ । विभागले सोमाबार नेपालको श्रम नीतिलाई छलेर कतार पुलिसको लागि भारतको बाटो हुँदै नेपाली युवाहरुलाई चर्को लागतमा कतार पुर्याइएको भन्ने उजुरीको आधारमा छापा हानेको हो ।

पछिल्लो समय सिनामंगलको कल्यान सेक्युरिटी म्यानपावरबाट कतार जानको लागि दर्जनौं युवाहरुले कागज पत्र पेस गरेको भेटिएको छ । नेपालको श्रम नीतिलाई ठाडै चुनौती दिएर नेपाली युवालाई भारतको बाटो हुँदै अबैध रुपमा कतार पुलिसमा पठाउन लागिएको पाइएको हो ।

आइतबार म्यानपावर व्यवसायीले विभिन्न माग राख्दै वैदेशिक रोजगार विभागको कार्यालयमा धर्ना दिएका थिए । यसअघि कतार पुलिसको अवैध अन्तर्वार्ता लिनमा संलग्न बिभिन्न तीन म्यानपावर कम्पनीमा विभागले छापा हानेको थियो ।

वैदेशिक रोजगार बिभाग र बिभिन्न संचार माध्यमहरुले कतार पुलिसमा पठाउने क्रममा ९ देखि १५ लाखसम्म प्रतिव्यक्ति अशुली गरेको यसअघिनै खुलाशा भएको हो । जुन अशुलीको लागि अन्तर्वार्तानै गोप्य तरिकाले गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *