इतिहास रचेका नेपालीलाई भब्य स्वागत,K2 Climbers Nepali arrived Ktm,भारतबाट पनि आयो नेपाललाई बधाई

समाचार

इतिहास रचेका नेपालीलाई भब्य स्वागत,K2 Climbers Nepali arrived Ktm,भारतबाट पनि आयो नेपाललाई बधाई




याे समचार पनि पढ्नुहोस्
भन्सार प्रशासनले व्यापारमा लाग्ने समय र लागत कम गर्न प्रयास गरिरहेको छ । यसै वर्षदेखि छुट्टै वर्गीकरण शाखा गठन गरिएको छ, आफ्नै अत्याधुनिक प्रयोगशालाहरूमार्फत मालवस्तु पहिचानलाई तीव्रता दिएको छ, वस्तु वर्गीकरण तथा उत्पत्ति मुलुकबारे पूर्वादेश दिने प्रणाली थालेको छ ।




यसबाट मालवस्तु वर्गीकरणमा पैठारीकर्ताहरूको द्विविधा हटेको छ । यसै वर्षदेखि कार्यान्वयनमा ल्याइएको आसिकुडा प्रणालीबाट मालवस्तुको मूल्यांकनमा आधार र कारण खुलाउन मद्दत मिलेको छ, मालवस्तुको म्ल्यूांकन अझ पारदर्शी भएको छ ।

विभागले मालवस्तुको म्ल्यूांकनका लागि उपयोगी ट्यारिफ स्पेसिफिक कोडसमेत विकास गरिरहेको छ । व्यापारको सहजीकरणकै लागि भन्सार प्रशासनले पूर्वाधार विकास गरिरहेको छ । यसै वर्षदेखि विराटनगरमा पनि एकीकृत जाँच चौकीको सुरुआत भएको छ । वीरगन्जसहित दुईवटा एकीकृत जाँच चौकी र तातोपानी, सिर्सिया तथा काँकरभिट्टाका सुक्खा बन्दरगाहहरूसमेत गर्दा कुल व्यापारको झन्डै ७० प्रतिशत यस्तै अत्याधुनिक भन्सार भौतिक पूर्वाधारहरूमार्फत हुन थालेको छ ।

सामाजिक हित संरक्षणका लागि भन्सार प्रशासनले स्वयं तथा अन्य निकायको सहयोगमा अवैध व्यापारको नियन्त्रण र प्रतिबन्धित एवं समाजलाई हानि पुर्‍याउने मालवस्तुहरूको पैठारीमा निषेध गर्दै आएको छ । सीमामा रहेका सबै सरोकारवाला निकायसँग समन्वयमा रही राजस्व चुहावट तथा चोरी निकासी नियन्त्रणमा काम गरिरहेको छ । आकस्मिक तथा अत्यावश्यक मालवस्तुहरूको निकासी–पैठारीका लागि भन्सार प्रशासनले पूर्वसक्रियताका साथ काम गरिरहेको छ । कोरोना संक्रमणबाट विश्व नै आक्रान्त भइरहँदा पनि हामी भन्सारकर्मीहरू भने जिम्मेवारीमा नियमित र निरन्तर प्रतिबद्ध रह्यौं ।

कोरोना संक्रमणको जोखिमका कारण धेरै निकाय बन्दप्रायः रहँदा भन्सार कार्यालयहरू भने सधैं पूर्ण क्षमतामा सञ्चालनमा आइरहे । त्यसबीच हाम्रा भन्सारकर्मीहरूलाई कोरोनाको संक्रमण देखियो, हामी डरायौं पनि तर आत्तिएनौं । हामीले कर्मचारी र मालवस्तुको सुरक्षाका लागि निःसंक्रमण गर्ने विधि सम्भवतः मुलुककै कुनै पनि निकायले भन्दा पहिले निर्माण गरेर कार्यान्वयन गर्‍यौं । पछि उक्त विधिलाई स्वास्थ्य मन्त्रालयले पनि अनुमोदन गर्‍यो ।

हामीले जाँचपासलाई छिटोछरितो र सहज बनाउनका लागि उपमहानिर्देशकको नेतृत्वमा र्‍यापिड एक्सन टिम बनायौं । मालवस्तुहरूको प्रकृतिका आधारमा द्रुत जाँचपासको विधि बनायौं । सड्ने–गल्ने तथा औषधिजन्य मालवस्तुहरूको जाँचपास दुई घण्टाभित्रै गर्ने चाँजो मिलायौं । कम जोखिमयुक्त मालवस्तुहरूको ठूलो हिस्सालाई हामीले हरियो लेनबाट शीघ्र जाँचपास गर्न सकिने व्यवस्था प्रणालीबाटै मिलायौं । कर्मचारीहरूलाई स्वास्थ्यका आवश्यक सबै उपकरणको व्यवस्था मिलाउँदै दिनदिन र छिनछिनमा सम्पर्क स्थापना गरी सूचना आदानप्रदान गर्न सामाजिक सञ्जालका समूहहरू सक्रिय तुल्यायौं ।

कुनै पनि कानुन शून्यतामा कार्यान्वयन हुँदै । त्यसका लागि सरोकारवाला सबै पक्षको उत्तिकै सहभागिता र सम्मति आवश्यक पर्छ । सीमामा भन्सार प्रशासनले दर्जनौं निकायसँग समन्वय र सहकार्य गरिरहनुपरेको हुन्छ । कतिपय अवस्थामा पर्याप्त समन्वय हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेका उदाहरणहरू छन् ।

धेरै देशमा सीमामा रहेका सबै सरोकारवाला निकाय भन्सारकै छानामुनि भन्सारकै पदसोपानमा रहेर काम गर्छन् । फलस्वरूप समन्वयमा प्रभावकारिता आएको पाइन्छ, जुन हामीले गर्न बाँकी छ । खुला सिमानाका कारण हुन सक्ने अवैध व्यापारको नियन्त्रण भन्सार प्रशासनले मात्र गर्न सक्दैन । यसका लागि सम्बन्धित स्थानीयस्तरमा रहेका सबै सरोकारवाला निकायको समन्वयात्मक पहल जरुरी छ । भन्सार कानुनको परिपालनाका लागि सरकारी तथा निजी क्षेत्रका अतिरिक्त आमनागरिकले पनि जिम्मेवारीबोध गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *