Ravi Lamichhane – New TV Station सीधा कुरा जनतासंग को नयाँ सम्पर्क नम्बर सार्वजनिक (सबै लाई जानकारीका लागि सेयर गराै)

समाचार

Ravi Lamichhane – New TV Station सीधा कुरा जनतासंग को नयाँ सम्पर्क नम्बर सार्वजनिक





याे समचार पनि पढ्नुहोस्

संस्थापक महासचिव पुष्पलालले नयाँ जनवादलाई पार्टीको मूल राजनीतिक सिद्धान्त बनाए । सामन्तवाद र साम्राज्यवादविरुद्ध सम्झौतारहित संघर्ष गर्दै नयाँ नेपाल निर्माणका लागि समाजवादको पृष्ठभूमि तयार गर्ने दृष्टिकोण राखियो । तर पार्टी स्थापनालगत्तै विभिन्न धारमा नेताहरू विभाजित हुने क्रम सुरु भैहाल्यो ।




हुँदाहुँदा सामन्तवादको संरक्षक तथा यसका ओजस्वी प्रतिमूर्ति ठानिने राजाप्रति भक्तिभाव दर्साउँदै दरबारपरस्त भएर अवसर लुट्ने नेता कम्युनिस्टभित्रैबाट उदाए । त्यसयता कम्युनिस्ट पार्टी टुट्ने–फुट्ने क्रम यसरी बाक्लिँदै आयो, अनुसन्धातालाई समेत यसको हुबहु विवरण उतार्न सकसै पर्ने देखिन्छ । हरेकले आफूलाई प्रगतिशील/क्रान्तिकारी र अरूहरूलाई यथास्थितिवादी, अवसरवादी, लम्पसारवादी, संशोधनवादी, नवसंशोधनवादीजस्ता अनेकन् बिल्ला भिराएर एकअर्काको हुर्मत लिने क्रम अन्तहीन संस्कारकै रूपमा झाँगिँदै आयो । यो प्रवृत्तिले आजसम्मै निरन्तरता पाइरहेको छ ।

नेपालमा कम्युनिस्ट पार्टी गठन हुनुभन्दा बत्तीस वर्षअगावै, २५ अक्टोबर १९१७ मा सोभियत रुसमा समाजवाद स्थापना भएको थियो । लेनिनको अध्यक्षतामा बोल्सेभिक पार्टीले श्रमिक संघर्षको नेतृत्व गरेर क्रान्ति सफल भएपछि विश्वभरि समाजवादको सनसनी फैलियो । विश्व समाजवाद र पुँजीवाद दुई ध्रुवमा बाँडियो । समाजवादी लहर पूर्वी युरोपका धेरै देशमा समेत फैलियो । जर्मनीका महान् विचारक कार्ल मार्क्स वैज्ञानिक समाजवादी चिन्तनका प्रणेता हुन् । विश्वकै कम्युनिस्टहरूले उनैलाई आफ्ना सैद्धान्तिक गुरु मान्छन् । तर, कार्ल मार्क्सकै चिन्तनको व्यावहारिक प्रयोग लेनिनद्वारा भएकाले लेनिनलाई रोलमोडल मानेर आ–आफ्ना मुलुकमा समाजवाद स्थापनाका लागि धेरै देशका कम्युनिस्टहरूलाई अक्टोबर क्रान्तिले ठूलो ऊर्जा दिलायो ।

लेनिनको नेतृत्वमा सोभियत संघका किसान, मजदुर र विपन्न वर्गको हैसियत परिवर्तनका लागि जेजस्ता प्रगतिशील कामहरू भएका थिए, त्यसबाट प्रभावित भएर कम्युनिस्टहरूले आ–आफ्ना मुलुकमा राजनीतिक क्रियाशीलता बढाएका थिए र जनताको जीवनस्तर परिवर्तन गरिछाड्ने संकल्प गरेका थिए । सोभियत रुसमा झैं समाजवाद स्थापना गर्ने लक्ष्य राखेरै नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो ।

शब्दमा समाजवाद जति सामान्य मानिन्छ, व्याख्या, विश्लेषण र विविधतामा यो त्यति नै क्लिष्ट प्रतीत हुने गरेको छ । प्रचलनमा आएदेखि अहिलेसम्म यसको सर्वस्वीकृत मान्यता कायम हुन सकेको छैन । मजदुर वर्गको अधिनायकत्व चाहने कम्युनिस्टहरूले मात्र हैन, स्वतन्त्रता र प्रजातन्त्रलाई सर्वोपरि मान्ने उदार राजनीतिक दलहरूले समेत आफूलाई समाजवादी भन्नमा कन्जुस्याइँ गरेको देखिँदैन ।

नेपालका सन्दर्भमा कम्युनिस्टहरूले बुर्जुवा मान्ने गरेको नेपाली कांग्रसले समेत प्रजातान्त्रिक समाजवादलाई आफ्नो सिद्धान्त मानेको छ । कांग्रेसभित्र समाजवादका प्रवर्तक मानिने बीपी कोइरालाले मात्र हैन, हाल पार्टी अध्यक्षका सशक्त दाबेदार रामचन्द्र पौडेलसम्मले निरन्तर समाजवादकै पक्षमा वकालत गरिरहेका छन् ।

कुनै वादको पछि नलागी शब्दका आधारमा समाजवादको सोझो अर्थ निकाल्ने हो भने यो ‘अन्याय, विभेद र उचनीचबिनाको त्यस्तो समाज निर्माण गर्ने संकल्प हो, जहाँ कुनै पनि नागरिकले आधारभूत आवश्यकता परिपूर्तिबाट वञ्चित हुनुपर्दैन ।’ यो अर्थ गलत हैन भने हरेक राजनीतिक प्रणाली र दलको लक्ष्य समाजवादभन्दा पृथक् हुन्छ र ? समाजवाद शब्द प्रयोग गरे या नगरे पनि आखिर जुनसुकै दलले न्यायपूर्ण र विभेदरहित समाजकै पक्षपोषण गरेर जनतालाई आफूतर्फ आकर्षित गरिरहेकै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *