Exclusive: १ वर्षसंगै बस्दा धेरै पटक ब’च्चा फा’ल्न लगायो, यति राम्री आशा रुदैं आईन मिडियामा।

समाचार

Exclusive: १ वर्षसंगै बस्दा धेरै पटक बच्चा फाल्न लगायो, यति राम्री आशा रुदैं आईन मिडियामा।




याे समचार पनि पढ्नुहोस्

वरिष्ठ नेता झलनाथ खनालले प्रतिगामी कदम चालेका ओलीले घुँडा नटेक्दासम्म आफूहरू कफन बाँधेरै सडकमै उत्रिरहने बताए । रूख बढ्दै गएपछि बोक्रा फ्याँके जस्तै फ्याँकिएका नेता ओली पार्टीलाई नचाहिने उनको भनाइ थियो । आफूहरूलाई भगौडा भन्ने ओली स्वयं नै भगौडा भएको खनालले बताए ।

उनले कुन आधिकारिक पार्टी हो भनेर हेर्नका लागि भए पनि सडकमा आउन ओलीलाई निम्ता दिए । यता खनालले निम्ता दिएलगत्तै राजधानीमै भएको ओली समूहको पेसागत विशेष कमिटीको कार्यक्रममा ओलीले ‘जनपरिचालन र आमसभा कस्तो हुन्छ भनेर २३ गते देखाइदिने’ बताएका छन् । उनले साँघुरो गल्लीमा मान्छे जम्मा गर्दैमा विशाल जनसभा भन्न नमिल्ने तर्क राखे ।

नेता खनालले ओली प्रवृत्तिलाई परास्त गर्न नसके देशमा विध्वंस हुन सक्ने बताउँदै अस्थिरताबाट देश बचाउन आफूहरू सडकमा आउनुपरेको उल्लेख गरे । उनले आफूलाई सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि पूरै विश्वास रहेको बताए । ‘सर्वोच्च राजा–महाराजाले हैन, हाम्रो संविधानले बनाएको हो, हामी अदालतलाई विश्वास गर्छौं,’ नेता खनालले भने ।

स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी, सरकार र जनमतमा तिरस्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गरे । उनले हुँदा हुँदैको दुई तिहाइ मासेर दुई तिहाइका लागि प्रतिनिधिसभा भंग गरेको भन्नु लज्जाको विषय भएको उल्लेख गरे । ‘भएको छोरो मारेर ओली पूर्णिमाको व्रत बस्नुभएको छ,’ नेता भुसालले भने, ‘ओलीले दुई तिहाइ आउने ग्यारेन्टी नहुँदासम्म चुनाव हुन दिनुहुनेछैन, ख्याल गरौं कमरेडहरू ।’

नेता भुसालले अब ओलीसँग साइबर सेना नामका ‘साइबर स्याल’, ओलीले निजी सचिवालयजस्तो बनाएको राष्ट्रपति संस्था र सेटिङवाला प्रपञ्चमात्रै बाँकी रहेको बताए । स्यालको रजाइँ वास्तविक दुनियाँमा सम्भव नरहेको उल्लेख गर्दै उनले भने, ‘अब सेटिङको फन्डा पनि जासुसी उपन्यासमा मात्रै सम्भव छ ।’ उनले अर्को ओली नजन्मियोस् भन्नका लागि आफूहरू उठिसकेको र त्यसको नेतृत्व लिन दोस्रो पुस्ता तयार रहेको उल्लेख गरे ।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प ठानेको नेकपाले त्यसैलाई जोड दिएको छ । सडकमा आउने नागरिक र असंवैधानिक कदमविरुद्ध उनीहरूले उठाउने आवाजले अस्थिरतातिर धकेलिएको राजनीति बचाउन सकिने दाहाल–नेपाल नेतृत्वको नेकपाको आकलन हो । सम्भवतः त्यसैकारण उनीहरूले काठमाडौं बाहिरबाट पनि गाडीका गाडी प्रदर्शनकारी ल्याएर आए । सभामा सहभागी भएर फर्किने क्रममा धनुषाका दामोदर यादव भन्दै थिए, ‘केपी ओलीले गरेको नराम्रो कामको विरोध गर्न आन्दोलनमा आएका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *