रबि लामिछानेले भर्खरै NEWS 24 छोडे । के अब सिधा कुरा जनतासँग आउँदैन ? Rabi Lamichhane Video

राजनीति

रबि लामिछानेले भर्खरै NEWS 24 छोडे । के अब सिधा कुरा जनतासँग आउँदैन ? Rabi Lamichhane Video





याे समचार पनि पढ्नुहोस्

करेसाबारी र यत्रतत्र पाहिने सरीसृप जीव हो– छेपारो। यसको टाउकामा लुर्कन अर्थात् सिउर हुन्छ भने घाँटीमा माल हुन्छ। छेपारोका थुप्रै विशेषता छन्। यसको पहिलो विशेषता यो हो कि यसले छिनछिनमा रातो, पहेंलो, खैरो आदि रङ बदल्छ। त्यसैले अनुहारभित्र अनेकौं चेहरा भएका नेताहरूलाई छेपारे नेता भन्ने गरिन्छ।

छेपारोको अर्को विशेषता पनि छ– छेपाराको घर हुँदैन। त्यसैले छेपारो बर्खामा ठुटोमा रुझिरहेको हुन्छ भने घमाइलो दिनमा घाममा अल्स्याइँ परिरहेको हुन्छ। त्यसैले छेपाराको यो विशेषतामा एउटा कहावत नै छ, ‘बर्खाको पानीमा रुझेर थर्थरी काम्दा छेपाराले परिकल्पना गर्छ रे– पानी बन्द हुनेबित्तिकै म नौतले घर बनाउँछु। आरामले त्यही घरमा बस्छु। जब पानी बन्द हुन्छ, घाम लाग्छ अनि ऊ सबै कुरा भुसुक्कै बिर्सिएर घाममा अल्स्याइँ परेर निदाउँछ रे ?’ यो नै छेपारे सोच हो।

यस्तो सोचलाई खेतमा सामा रोपेर धानको आशा गर्ने कोरा कल्पना पनि भन्न सकिन्छ। तर तपाईंहामीलाई थाहा नै छ, ‘खेतमा जुन बाली रोपिन्छ, त्यही बाली नै भित्र्याउन सकिन्छ।’ खेतमा धानको बीउ रोप्यौं भने धान नै फल्छ, गहुँ फल्न सक्दैन। त्यसैले धान फलाउन धानै रोप्नुपर्छ, गहुँ फलाउन गहुँ होइन त ? प्रकृतिको यो सार्वलौकिक नियम ठीक यसै प्रकारले मानवीय जीवनमा पनि लागू हुन्छ।

वास्तवमा मानिसको मनमस्तिष्क पनि एक किसिमको खेत नै हो। जहाँ जस्तो विचारको खेती गरिन्छ, उत्पादन त्यस्तै हुने गर्छ। मनमस्तिष्कको खेतमा विफलताको विचार रोपिन्छ भने विफलताको मनोवृत्ति नै उम्रिन्छ, हुर्किन्छ, फुल्छ र फल्छ। तर विफलताको विचार रोपेर कदापि सफलता उत्पादन हुन सक्दैन। त्यसैले विफलताको विचारबाट सफलताको आशा गर्नु भनेको खेतमा सामा रोपेर धान फल्ने आशा गर्नुजस्तै हो। के यो सम्भव छ ? कुनै हालतमा पनि सम्भव छैन।

तर हाम्रा देशका अधिकांश सानाठूला नेताले यस्तै असम्भव र आधारहीन कुरा गर्दै छन्। घरको नक्सा बनेको छैन, जग खनेको छैन, गारो उठेको छैन, तर नेताहरू छतको ढलान गर्न खोज्दै छन्। त्यही माथि राजनीतिक दलहरूको मनमुख एक छैन। सबै दलहरू आआफ्नै किसिमको छिर्के दाउमा छन्। आफ्नो दलगत स्वार्थका लागि नेपाली जनतालाई भुलाउँदै र झुक्याउँदै छन्।

सबैका मुखमा राम राम त छ, तर बगलीमा भने छुरा छ। कसैको बगलीमा सानो छुरा होला त कसैको बगली ठूलो छुरा, यो कुरो अलग हो। तर सबैको बगलीमा छुरा अवश्य नै छ। यसमा कुनै शंका छैन। राष्ट्र निर्माणका नाउँमा यस्तै छेपारे सोच हाबी हुँदै गए र समर्थ नेतृत्व अगाडि आएर समस्याको दूरदर्शी समाधान निकाल्न सकेन भने राष्ट्र नै तहसनहस हुन बेर छैन।

एकपटक श्रीकृष्णले दुर्योधनलाई असल र खराब मान्छेहरूको सूची बनाएर ल्याउन अह्राएछन्। तर केही दिनपछि दुर्योधन खाली कागज लिएर फर्किएछन्। भनेछन्, ‘संसारमा एउटा असल मान्छे पनि भेटिएनन्। तर खराब मान्छे यति भेटिएकी उनीहरूको सूची बनाउन कागज नै पुग्दैन।’

श्रीकृष्णले यही काम युधिष्ठिरलाई सुम्पिएछन्। युधिष्ठिर पनि खाली कागज नै लिएर फर्किए। त्यो देखेर श्रीकृष्णले मुस्कुराउँदै युधिष्ठिरलाई सोधे, ‘ठुल्दाइ, तपाईं पनि खाली कागज नै लिएर फर्किनुभयो ?’ युधिष्ठिरले भने, ‘के गर्नु कृष्ण, संसारमा असल मान्छेहरू यति भेटिएकी जसको सूची बनाउन कागजै पुग्दैन। एउटा मात्र खराब मान्छे भेटियो, त्यो म हुँ।’ युधिष्ठिर आफ्नो खराब प्रवृत्ति हटाउन चाहन्थे। त्यसैले उनले आफूलाई संसारको सबैभन्दा खराब मानिस ठाने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *