बुबासँग पनि आखा ला’उथे, र’क्सी खा’एर दिनरा’त कु*टपिट गथ्र्यो ! स’हन नस’केर विदेश जान्छु भन्नुहुन्थ्यो ।

समाचार

बुबासँग पनि आखा ला’उथे, र’क्सी खा’एर दिनरा’त कु*टपिट गथ्र्यो ! स’हन नस’केर विदेश जान्छु भन्नुहुन्थ्यो ।





याे समचार पनि पढ्नुहोस्
इलाम र पाँचथरको सीमामा पर्ने गुराँस, खस्रु, बान्टे र निगालोको वन क्षेत्रमा ३ वटा हाब्रेको घाँटीमा रेडियो कलर बाँधिएको छ । तिनै हाब्रेको अनुगमन गर्न र अन्य वन्यजन्तुको आउजाउ कस्तो छ भनेर हेर्न स्वचालित क्यामेरा राखिएको थियो । पाटेबाघ कैद भएको क्षेत्रको दायाँतिर पाँचथरको फिदिम–१३ पर्छ भने बायाँतिर इलामको सन्दकपुर–२ पर्छ । जैविक विधिताले युक्त छिन्टापु भने इलाममा पर्छ । गाउँपालिकाले यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा समेत विस्तार गरिरहेको छ ।

छिन्टापु क्षेत्र हाब्रेका लागि प्रख्यात मानिन्छ । यो क्षेत्रमा सांस्कृतिक महत्त्व बोकेका तालसमेत छन् । पानीको राम्रो स्रोत भएकाले वन्यजन्तुको राम्रो बासस्थल बनेको संरक्षणकर्मी बताउँछन् । पाँचथर, इलाम र ताप्लेजुङमा फैलिएको कञ्चनजंघा भूपरिधि (केएल) मा जीपीएस कलर बाँधिएका १० वटा हाब्रे अनुगमन गर्न वन तथा भूसंरक्षण विभाग र रेडपान्डा नेटवर्क (आरपीएन) ले २० वटा स्वचालित क्यामेरा राखेका थिए । तीमध्ये एउटा क्यामेराले कात्तिक २८ र मंसिर ६ गते बाघको तस्बिर कैद गरेको थियो । बाघ तस्बिर कैद भएको छिन्टापु वन क्षेत्रमा हिउँदमा हिउँ पर्छ । वनक्षेत्र भित्रैबाट सडकसमेत खनिएको छ ।

बाघ कैद भएको वन क्षेत्रभन्दा केही तल इलाम र पाँचथरको सीमावर्ती क्षेत्र गोरुवाले भन्ज्याङ (२,९०० मिटर) छ । गोरुवालेमै पनि गत वर्ष मंसिरदेखि हिउँ परेको थियो । ‘माघसम्म त ७–८ पटक हिउँ परेको थियो,’ स्थानीय गणेश जबेगुले भने । गोरुवालेमा १० वर्षदेखि बस्दै आएका मोहन राईका अनुसार यो वर्ष चाहिँ अहिलेसम्म छिन्टापु, गोरुवाले र सन्दकपुर कतै पनि हिउँ परेको छैन ।

छिन्टापु वन क्षेत्रमा यो वर्ष बाघ कैद भए पनि गोरुवालेमा बस्दै आएका स्थानीय भने पहिले पनि यस क्षेत्रमा बाघ हिँडडुल गर्ने गरेको सुनाउँछन् । ‘गाईका बाच्छा–बाच्छी र चौंरीका बच्चा खाइरहने भएकाले यहाँको वनमा पहिलेदेखि नै बाघ भएजस्तो लाग्छ,’ गोरुवालेमा व्यवसाय गर्दै आएका कमल राईले भने, ‘माघ १ गते पनि नजिकैको वनमा गाईको बाच्छा खाएको छ । बाघ वा चितुवाले नै खाएको हुनुपर्छ ।’

पाटेबाघ कैद भएको क्षेत्र आसपासमा स्थायी बस्ती छैन । नजिकै नयाँ सडक छ । फाट्टफुट्ट गाडी चल्छन् । व्यावसायिक प्रयोजनका लागि ठाउँठाउँमा अस्थायी घरटहरा र गोठ पनि छन् । यो भारतको सीमावर्ती क्षेत्रसमेत हो । नेपालपट्टि चौंरीका गोठ र सर्वसाधारणको ओहोर–दोहोर भए पनि पारि मानवीय चहलपहल छैन । नेपालसँग जोडिएको आफ्नो वन क्षेत्रलाई भारतले सिंहलीला निकुञ्ज घोषणा गरेको छ । सिंहलीला पनि हाब्रे र चितुवाको वासस्थल हो । त्यस क्षेत्रमा बाघ अहिलेसम्म रेकर्ड भएको छैन । त्यही भएर छिन्टापु क्षेत्रमा तस्बिर कैद भएको बाघ भारततिरबाट आएको हो भन्ने प्रमाण भेटिएको छैन ।

पूर्वी नेपालमा चितुवामा अनुसन्धान गर्नेहरू भने विगतमा पनि गाई र गोरु खाइदिने गरेका घटनाले पूर्वी नेपालका पहाडी क्षेत्रमा बाघ भएको प्रमाणित हुने तर्क गर्छन् । चितुवा–मानव द्वन्द्वबारे विद्यावारिधि गरिरहेका पूर्णबहादुर आले इलामको चुरे र महाभारत क्षेत्रमा विगतमा पनि पाटेबाघ र त्यसका पाइला (पगमार्क) देखिएको स्थानीय बूढापाकाले सुनाउने गरेको बताउँछन् । ‘पूर्वी नेपालमा पहिल्यैदेखि बाघ रहेको अनुमान गर्न सकिन्छ,’ उनले भने ।

उनका अनुसार सन् २००८–०९ तिरको अध्ययनमा पनि इलाम र झापाको सीमावर्ती क्षेत्रमा बाघका पाइला पाइएको थियो । त्यो बेला विस्तृत अध्ययन भएको थिएन । चुरे र महाभारत क्षेत्रमा बाघ र चितुवाका आहारको घनत्वसमेत बढिरहेको छ । ‘बाघ कैद भएको क्षेत्रमा बँदेलको संख्या राम्रो छ,’ हाब्रे संरक्षणकर्मी राईले थपे, ‘अन्य प्रजाति पनि क्यामरा ट्र्यापमा राम्रै परेको देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *