ओहो! संगै सु’तेकी श्री’मती ओछ्यानबाटै गाय व, श्री’मानकै अगाडी Boy friend ले बाटो छेक्यो।

समाचार

ओहो! संगै सु’तेकी श्री’मती ओछ्यानबाटै गाय व, श्री’मानकै अगाडी Boy friend ले बाटो छेक्यो।




याे समचार पनि पढ्नुहोस्

शिक्षाको व्यापार विरुद्ध आवाज उठ्न थाल्यो । ‘क्रान्तिकारी’ नेताहरू निजी स्कूल बन्द गराउने नारा दिन थाले । तारकले संगठनका साथीहरूलाई बोलाएर भन्यो, ‘हामीले पैसा कमाएको यिनीहरूलाई डाहा लागेको छ । अहिलेसम्म त चन्दा दिएर मुखबुजो लगायौं, तर सधैं चन्दा दिन सकिंदैन । यिनको पाइन झार्ने उपाय मैले जानेको छु ।’




उसको उपायले काम गर्‍यो र केही वर्षभित्रै क्रान्तिकारीहरूको आवाज बन्द भयो । चर्का कुरा गर्ने नेताहरूले आफन्तका नाममा निजी स्कूल चलाउन थालेका थिए । कसैले एउटा–दुइटा त कसैले आठ–दशवटासम्म । अधिकांश सांसदले निजी स्कूलमा लगानी गरेका थिए । तारक ती सबैको नेता भएको थियो, उनीहरू ‘सर, सर’ भन्दै उसको पछि लाग्न थालेका थिए ।

राज्यले भने सबैलाई विद्यालय शिक्षा निःशुल्क दिने भनेर उहिल्यै बाचा गरिसकेको थियो । त्यसैले क्रान्तिकारी र प्रगतिशीलहरूको मुखमा दही जमे पनि शिक्षाको व्यापार रोकिनुपर्छ भन्ने आवाज बन्द भएन । टाउकामाथि तरबार झुन्डिरहेको देखेर एक दिन तारकले संगठनका टाउकेहरूको विशेष बैठक बोलायो र भन्यो, ‘सधैं अरूलाई गुहारेर भएन । अब हामी आफैं संसदमा जानुपर्छ र हामीले चाहेजस्तो कानून बनाउनुपर्छ । नत्र एक दिन हाम्रो व्यापार बन्द हुने कानून बन्छ र हामी बर्बाद हुन्छौं ।’

नभन्दै केही महीना पछि चारै जना चारवटा ठूला पार्टीका सांसद बने । तिनीहरूसँग राय बझाउन कुनै सांसद अघि सर्दैनथ्यो, किनभने गाह्रो साँघुरो पर्दा तिनैले खर्चबर्च सहयोग गर्थे । हप्ता–पन्ध्र दिनमा तिनैले पार्टी खुवाउँथे । शिक्षा सम्बन्धी संसदको कुनै पनि टोली, भ्रमण र समितिमा तिनीहरूलाई छुटाइँदैनथ्यो । आफ्ना लागि आफूले मात्र कानून बनाउने मौका त तिनलाई जुरेन, तर आफ्ना लागि प्र्रतिकूल हुने कानून पनि तिनले बन्न दिएनन् ।

सबै कुरा ठीकठाक चल्दै थियो । शिक्षा भनेको नाफा कमाउने व्यवसाय हो र स्तरीय शिक्षा महँगै हुनुपर्छ भन्ने कुरा उनीहरू सांसदहरूलाई सिकाइरहेकै थिए । विद्यालय शिक्षा निःशुल्क दिन्छु भन्ने बाचा राज्यले बिर्सिरहेकै थियो । स्कूलको फी झन् झन् महँगो बनाउँदै लैजान निजी स्कूलहरू लागिपरेकै थिए । आफ्नो तलबको आधा हिस्सा बच्चाको स्कूलमा आमाबाबुहरू खुरुखुरु बुझाइरहेकै थिए ।

यहीबीच सरकारले शिक्षालाई कसरी अघि बढाउने भनेर एउटा कार्यदल गठन गर्‍यो, जसमा यिनीहरू थिएनन्, न यिनका मान्छे नै थिए । कार्यदलले छ महीना जति अध्ययन गरेर, राज्यको बाचा सम्झाउँदै सरकारलाई सुझाव दियो, ‘शिक्षा भनेको व्यापार होइन । निजी स्कूलहरूलाई पनि नाफा लिन नपाउने बनाउनुपर्छ ।’

अब तारकको निद्रा हरायो । सरकारले कार्यदलका कुरा पत्यायो र साँच्चै नाफा लिन नपाउने कानून ल्याइदियो भने शिक्षाको व्यापार चौपट भएन ? संकटको त्यो घडीमा उसले त्यही अस्त्र प्रयोग गर्‍यो, जुन अस्त्र सांसद बन्न प्रयोग गरेको थियो । फरक कति मात्र थियो भने यसपालि त्यसको आकार सूटकेसको जस्तो नभएर पुटुक्क पेट उक्सेको लिफाफाको जस्तो थियो ।

तीन महीना केही चालचुल भएन । चौथो महीना एक्कासि मन्त्रालयमा कार्यदलको प्रतिवेदन हराएको हल्ला चल्यो । एक दर्जन कर्मचारीको बयान लिइयो र दुई दर्जन कर्मचारीले तीन हप्तासम्म मन्त्रालयका कुना–काप्चा नछोडी चार–पाँच पटकसम्म धुइँपत्ताल खोजी गरे, तर प्रतिवेदन कहीं फेला परेन । अन्ततः सरकारले प्रतिवेदन हराएकोमा गम्भीर दुःख व्यक्त गर्दै सार्वजनिक सूचना जारी गर्‍यो । अर्को दिन कार्यदलका सदस्यहरूले आफूसँग रहेको प्रतिवेदनको प्रति सार्वजनिक गरे । सरकारले त्यसलाई अनधिकृत लेखोटको संज्ञा दिंदै यस्तो अमर्यादित कार्य नगर्न कडा चेतावनी दियो ।

एक हप्ता पछिको कुरा हो । कार्यदलका एकजना सदस्य बिहानबिहानै साइकल चढेर एकसुरमा कतै गइरहेका थिए । फोहोर लिएर वेगले आइरहेको एउटा रिक्सा उनको साइकलमा बजारिन पुग्यो । चश्मा उछिट्टिएर रिक्सामा पर्‍यो र उनी भुइँमा पछारिए । जसैतसै उठेर रिक्साबाट चश्मा निकाल्न खोज्दा उनले देखे— प्रधानमन्त्रीलाई बुझाएको कार्यदलको प्रतिवेदन त फोहोरभित्रबाट पो च्याइरहेको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *