ट्रकले पछाडिबाट ठ’क्कर दिँदा अन्तरवार्ता दिन हिँडेका बेलबारीका तीर्थको मृ*त्यु

समाचार

मोरङको बेलबारी नगरपालिका–६ का २४ वर्षीय तीर्थकुमार राई वैदेसिक रोजगारीमा जाने तयारीमा थिए । दुबई प्रहरीमा जाने तयारीमा रहेका उनलाई म्यानपावर कम्पनीले शनिबार अन्तरवार्ताका लागि बोलाएको थियो । शनिबार उनी बिहानैदेखि इटहरी आउने तयारीमा थिए । उनकी भाउजू डोल्मा पनि माइत जाने तयारीमा थिइन् । अन्तरवार्ताका लागि घरबाट हिँडेका उनीसँगै भाउजु डोल्मा र ११ वर्षीय भतिजी सोर्निमा पनि थिए ।

बिहान करिब १० बजे बा८८प ४६९६ नम्बरको मोटरसाइकलमा आउँदै गरेका तीर्थलाई पूर्वपश्चिम राजमार्गको सुन्दरहरैँचा नगरपालिका–१० सुकुना पुलमा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रकले ठक्कर दियो । तीव्र गतिमा आउँदै गरेको बिआर ०६ जिडी ५५५२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटसाइकलमा सवार तीनजना घाइते भए ।

ठक्करबाट गम्भीर घाइते भएका तीर्थलाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरेलगत्तै मृत घोषित गरे । उनीसँगै मोटरसाइकलमा सवार भाउजु ३० वर्षीय डोल्मा राई र ११ वर्षीय भतिजी सोर्निमा राई घाइते भएका छन् । दुवैजनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । डोल्माको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रक र ट्रकचालक भारतको बिहार मुझापुर बस्ने ५८ वर्षीय उमाकहक सिंहलाई प्रहरीले पक्राउ गरेको छ । तीव्र गतिमा रहेको ट्रकले अनियन्त्रित भई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

अर्को समचार पनि पढ्नुहोस्

जति सुकै बिजिभए पनी केबल २ मिनेट समय दिएर अवस्य पढ्नुहोला ! जतिबेला तपाईंको मृत्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक लास बन्न सुरु गर्छ । अरे … लास लिएर आउनुहोस्। … लास लाई उठाउनुहोस्। .. लास लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो ।

त्यसैले , यता उताबाट धेरै सम्पत्ति जम्मा गर्नुको कुनै औचित्य छैन । राम्रोसँग कमाउनुहोस् , राम्रोसँग खानुहोस् , र राम्रोसँग सुत्नुहोस् । जिबनमा आइपर्ने हरेक चुनौतिलाई स्विकार गर्नुहोस् । आफुलाई मनपर्ने सामनको लागि खर्च गर्नुहोस् ।यति हाँस्नुहोस कि तपाईंको पेट नै दुखोस । तपाईं जति नै नराम्रो नाच्नुहुन्छ ।

फ़ेरि पनि नाच्नुहोस । ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस । किनकि मृत्यु जिबनको सबैभन्दा ठूलो लास होइन । लास त त्यो हो , तपाईं जिउँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।

जिन्दगी थोरै छ , हरेक पल म खुशी छु . काम मा खुशी छ, आराम गर्दा खुशी छु आज खाना मा मासु छैन, दाल मा पनि म खुशी छु आज गाडी छैन , हिडेर जान पनि म खुशी छु साथिहरुको साथ छैन, एक्लै पनि खुशी छु\ आज कोही रिसाएको छ, उ रिसाएको छ मलाई थाहा भएर पनि म खुशी छु।

जसलाई देख्न सक्दिन , उसको आवाज सुनेर पनि खुशी छु। जसलाई पाउन सक्दिन , उसको बारेमा सोचेर पनि म खुसी छु। हिजोको दिनहरू बितिसकेको छ , उसको मीठो सम्झनामा पनि म खुशी छु.भोलिको बारेमा थाहा छैन , पर्खाइमा पनि म खुशी छु. हाँस्दै खेल्दै बित्दै छ समय , आज मा पनि म खुशी छु. जिन्दगी छ छोटो , हरेक पल म खुशी छु । यदि यि माथिका लेखहरु मनमा छुयोभने जवाफ दिनुहोस्। नत्र त म बिना जवाफमा पनि खुशी छु.

Leave a Reply

Your email address will not be published. Required fields are marked *