सपनासँगको विवादबारे बोले विनयजंग बस्नेत ।। १५ दिनपछि बाहिर निस्किदा भेटन् आइनन् सपना

समाचार

सपनासँगको वि’वादबारे बोले विनयजंग बस्नेत ।। १५ दिनपछि बाहिर निस्किदा भेटन् आइनन् सपना





याे समचार पनि पढ्नुहोस्

कथ्यगत दृष्टिले हेर्दा लेखनाथ पौडेलको सत्यकलि संवादमा कलियुगमा हिन्दू जातिमा देखा पर्दै गएको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं धार्मिक पतनलाई विषयवस्तु बनाइएको छ। हिन्दूहरूमा मौलाउँदै गएको संकीर्णता एवं आन्तरिक द्वेषलाई देखाउँदै अघि बढेको यस काव्यमा मुसलमानी आक्रमणपछि हिन्दू सभ्यता अझ क्षीण हुँदै गएर सुषुप्त अवस्थामै पुगेको वर्णन पाइन्छ।

यस काव्यमा कलियुगमा देखा पर्ने अंशमुद्दा, पारिवारिक कलह, पत्नीमाथि अत्याचार गर्ने अधमहरूको कुकृत्यको चित्रण पाइन्छ। कलिको दरबारमा देखा परेका घुसखोरी, धूमपान, मद्यपान वेश्यागमन आदि अनेक विकृति चित्रित यस काव्यमा गरिब एवं निरीहमाथि गरिने शोषणको पनि चित्रण गरिएको छ।

यसका विपरीत देवकोटाको ‘नयाँ सत्यकलि संवाद’ शीर्षक काव्यमा कलियुगका नवीनता, शक्ति एवं उज्यालोको प्रशंसा गर्दै सत्यका पछौटेपन, बुढ्याइँ एवं जर्जरताको विरोधका साथ सत्ययुगको आलोचना गरिएको छ। लेखनाथको काव्यमा जस्तो सत्यको आदर्श र कलिको पतनोन्मुखी चित्रण नभएर कलिलाई सुकुमार, प्रगतिशील एवं वैज्ञानिक चेत भएको व्यक्तिका रूपमा देवकोटाले चित्रण गरेका छन्।

लेखनाथको काव्यमा दाजु पात्रका माध्यमबाट सत्ययुगमा रहेको आदर्शको प्रशंसा गर्दै भाइपात्रका माध्यमबाट कलियुगमा देखा परेको अनेक विकृति एवं विसंगतिको आलोचना गरिएको छ। देवकोटाको काव्यमा चाहिँ भाइ पात्रका माध्यमबाट सत्यको आलोचना गरिए पनि सत्य र कलि हातेमालो गरेर अघि बढ्नुपर्ने समन्वयवादी अवधारणा ल्याइयो।

बाह्य रूपमा हेर्दा लेखनाथको भाइ पात्र कलियुगले दाजु पात्र सत्ययुगका विचारको पुष्टि गर्न आफ्नो अभिव्यक्ति दिएको छ भने देवकोटाले यी दुई पात्रका माध्यमबाट अग्रज पुस्ता र अनुज पुस्ताका बीचमा वाक्द्वन्द्व गराएर परम्परागत अवधारणा र नवीन एवं वैज्ञानिक अवधारणाबीच वैचारिक द्वन्द्वको सिर्जना गरेका छन्। देवकोटाले सिर्जना गरेको यो द्वन्द्व अध्यात्मवाद र भौतिकवादका बीचको द्वन्द्वका रूपमा अभिव्यक्त भएको छ र अन्त्यमा भौतिकवादको विजय भएको छ।

पात्र विधानका दृष्टिले हेर्दा सत्ययुगलाई दाजु र कलियुगलाई भाइका रूपमा चित्रण गर्दै दुवै काव्यमा एउटै पात्रको प्रयोग गरिएको छ। लेखनाथले यी दुई पात्रको बाह्य चित्रण गरेका छैनन् तर देवकोटाले चाहिँ दुवै पात्रको शारीरिक संरचनामा देखिएको बाह्य पक्षको पनि चित्रण गरेका छन्।

देवकोटाद्वारा चित्रित दाजुरूपी सत्ययुग कपाल फुलेको, दाँत फुक्लेको, मैलो धमिलो, कुरूप हुनाका साथै पुरातनपन्थी एवं निष्क्रिय देखिन्छ भने भाइरूपी कलियुग ठूलो निधार भएको, फुर्तिलो, दारी सफाचट गरी उज्यालो चेहरा बनाएको विज्ञानप्रेमी कर्मठ युवकका रूपमा देखिन्छ। लेखनाथले भाइ कलिको आलोचना व्यक्तिका रूपमा गरेका छैनन् भने देवकोटाले दाजु सत्यको व्यक्तिगत निन्दा पनि गरेका छन्।

दुवै काव्यको अध्ययन गर्दा कलि आफ्नो अवधारणामा अडिग रहने स्थिर पात्रका रूपमा देखा परेको छ भने सत्यचाहिँ कलिसँगै हातेमालो गरेर हिँड्न चाहने गतिशील चरित्रको रूपमा देखिन्छ। लेखनाथद्वारा चित्रित दाजु सत्य परम्परागत हिन्दू आदर्श एवं हिन्दू पुनर्जागरणका पक्षधर देखिन्छ भने देवकोटाद्वारा चित्रित भाइ कलि नवीन चेतनाको संवाहक देखिन्छ। लेखनाथ र देवकोटाका यी दुवै काव्य सत्य र कलिको संवादमार्फत अघि बढाइएको छ। लेखनाथको कृतिमा दाजु पात्र सत्यमा आलोचनात्मक चेत बढी देखिन्छ र भाइ कलिमा व्यंग्यात्मक चेत बढी मात्रामा देखिन्छ। देवकोटाको कृतिमा भाइ पात्र कलिमा आलोचनात्मक चेत बढी पाइन्छ।

लेखनाथको भाइ पात्र कलिका अधिकांश अभिव्यक्ति दाजु सत्यको अभिव्यक्ति पुष्टि गर्नकै लागि भएका छन् भने देवकोटाको भाइ पात्र कलि दाजु सत्यको कुनै कुरा नसुन्ने आफ्नो अवधारणामा दृढ देखिन्छ। यसैले आफूभित्रको रिस दबाएरै भए पनि देवकोटाको दाजु सत्य भाइ कलिसँग हातेमालो गर्दै अघि बढौं भन्न बाध्य छ। यसबाट पुरानो पुस्ताले जति तर्क गरे पनि नयाँ पुस्ताको विचारलाई समर्थन गरेर अघि बढ्नुको विकल्प नभएको अवधारणा देवकोटाको कृतिमा अभिव्यञ्जित छ। यी दुवै कविले अभिव्यक्तिको माध्यम दाजुभाइको संवादलाई बनाएका छन् र दुवै कृतिमा वसन्ततिलका छन्दको प्रयोग गरिएको छ।

आफ्नो गौरवमय परम्परा बिर्सेका हिन्दू जातिलाई पुनर्जागरणका लागि आह्वान गर्नु लेखनाथका काव्यको अभीष्ट छ भने परम्परित थोत्रा एवं अवैज्ञानिक अवधारणाहरूलाई त्याग्दै नवीन एवं वैज्ञानिक विचारको समर्थन गर्नु देवकोटाका कृतिको अभीष्ट रहेको छ। लेखनाथबाटै प्रभावित भएर उही शीर्षकको पुनरावृत्तिका साथ उही पात्रको प्रयोग गर्दै उही छन्दमा अर्काे काव्यको रचना गरिए पनि लेखनाथभन्दा पार्थक्य विचारको प्रस्तुतिका साथ देवकोटाको ‘नयाँ सत्यकलि संवाद’ काव्यको सिर्जना भएको छ।

लेखनाथबाटै प्रभाव र प्रेरणा ग्रहण गरी सिक्वेल लेखनकै रूपमा लेखिएको भए पनि देवकोटाले परिवर्तित परिवेशमा पुराना, जर्जर विचारहरूलाई त्याग्दै नयाँ नयाँ अवधारणाका साथ अघि बढ्नुपर्ने भावको अभिव्यक्तिका साथ पुरानो पुस्तालाई आफ्नो अहं त्यागेर नयाँ पुस्ताको साथ दिन आग्रह गरेका छन्। यसबाट देवकोटाको वैज्ञानिक एवं नवीन चेतनाका साथै प्रगतिशील दृष्टिकोण अभिव्यञ्जित देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *