Exclusive: कपाल भुतालेर श्री’मानले श्रीम’तीलाई यसरी मा रे, के हुन लाग्यो यो समाजमा?

समाचार

Exclusive: कपाल भुतालेर श्री’मानले श्रीम’तीलाई यसरी मा रे, के हुन लाग्यो यो समाजमा?





याे समचार पनि पढ्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र प्रयोग हुँदै आएका र्‍याम्प बस प्रतिस्थापन हुने भएका छन्। अन्तर्राष्ट्रियस्तरमा पनि अहिले विमानस्थलभित्र विद्युतीय बस सञ्चालन हुन थालेकाले नेपालमा पनि र्‍याम्प बसलाई प्रतिस्थापन गरी प्रदूषणरहित विद्युतीय सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार तत्कालै र्‍याम्प बस हटाइहाल्ने नीति छैन। तर विस्तारै प्रतिस्थापन गर्दै लैजाने नीतिअन्तर्गत आवश्यक छलफल र अध्ययनसहित गृहकार्य सुरु गरिएको छ। उनका अनुसार यो विषयमा केही दिन अघि आन्तरिक वायुसेवा कम्पनीसँग छलफल भएको थियो।

‘अहिले नै डिजेल र्‍याम बस हटाउने सम्बन्धमा कुनै सर्कुलर जारी भएको छैन’, प्राधिकरणको इलेक्ट्रो मेकानिकल विभागका निर्देशक कुलप्रसाद सिम्खडाले भने। उता बस प्रतिस्थापनका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र आन्तरिक वायुसेवा सञ्चालकबीच मतभेद सिर्जना भएको छ। प्राधिकरणले डिजेलबाट सञ्चालन हुँदै आएका र्‍याम बस हटाई विद्युतीय बस ल्याउने योजना बनाएको वायुसेवा सञ्चालक संघले जनाएको छ। प्राधिकरणले भने र्‍याम बसको विवरण मात्र मागिएको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने आन्तरिक वायुसेवा कम्पनीले टर्मिनल भवनबाट हवाईजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म यात्रु ल्याउन प्रयोग हुँदै आएको र्‍याम बसको प्रदूषण जाँच, सवारीको सिट संख्या, खरिद भएको वर्ष, सवारीको प्रकारको विषयमा विवरण खुलाएर पठाउन पत्राचार गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

‘प्राधिकरणअन्तर्गतको मेकानिकल विभागले विमानस्थलाई र्‍याम बसको सम्बन्धमा विस्तृत विवरणसहितको तथ्यांक संकलनका लागि भनेको हो। र्‍याम बस तत्काल हटाउने भनिएको छैन। उहाँहरूको गलत बुझाइ हो’, क्षेत्रीले भने। अहिले तथ्यांक संकलन गर्ने र आवश्यक कार्यविधि बनाएर क्रमिक रूपमा नयाँ बस खरिद गर्दा विद्युतीय सवारीलाई प्राथमिकता दिने प्राधिकरणको योजना हो।

वायुसेवा सञ्चालक संघले भने डिजेल र्‍याम्प बस प्रतिस्थापन गर्ने योजनामा सरकार रहेको दाबी गरेको छ। कोभिड–१९ ले करिब १० महिनादेखि प्रताडित बनाएको उड्डयन क्षेत्रलाई आर्थिक भार थप्ने प्रयासमा प्राधिकरण रहेको संघको भनाइ छ। संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार विमानस्थल अन्तर्राष्ट्रियस्तरको बुटिक एयरपोर्ट अवधारणामा अघि बढिरहेकाले डिजेल र्‍याम्प बस हटाएर विद्युतीय बस ल्याउन लागिएको हो।

अहिलेको अवस्थामा भएको गाडीलाई हटाएर करोडौंको गाडी किन्ने हैसियतमा आन्तरिक वायुसेवा कम्पनी नरहेको उनले बताए। यो विषयमा संघले विज्ञप्ति जारी गरी कोभिड– १९ का कारण उत्पन्न महामारी र लकडाउनका कारण १७ अर्ब ५० करोडभन्दा बढी क्षति व्यहोरेको वायुसेवा कम्पनीले करोडौं खर्च गरी नयाँ बस ल्याउन सक्ने अवस्थामा नभएको जनाएको छ।

अहिले आन्तरिक उडानमा अधिकांश कम्पनीले आफ्नै बस प्रयोग गरी यात्रुलाई टर्मिनलबाट हवाईजहाजसम्म र जहाजबाट टर्मिनलसम्म लैजान्छन्। विद्युतीय बसको विरुद्धमा संघ नरहेको प्रस्ट गर्दै प्रवक्ता कँडेलले सरकारले कार्यविधि बनाएर निश्चित समय दिनुपर्ने ठाउँमा सोझै प्रतिस्थापनको योजना ल्याउनु गलत भएको बताए। हाल करिब डेढ सय गाडी एयरपोर्ट साइडमा सञ्चालित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *