Shadow

मलेसियामा कामदार लैजाने योजना अनिश्‍चित, सबै सामु सेयर गरि जानकारी गराऊ




नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो ।

‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीकरण गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन । सम्भवतः भ्याक्सिन नआएसम्म नयाँ श्रमिक आउन सक्दैनन्,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने ।

मलेसियाले जुन पहिलो सातादेखि सेप्टेम्बर पहिलो सातासम्म कोभिडलाई नियन्त्रणमा राखेको थियो । त्यसपछि भने दिनहुँ संक्रमण बढिरहेको छ । शनिबार १ हजार १ सय ६८ जनालाई संक्रमण देखिएको थियो । नयाँ श्रमिक ल्याउने अवस्था नभएपछि रोजगारदाता कम्पनीहरूले करार अवधि समाप्त भएका नेपाली श्रमिकलाई घर आउनसमेत दिएका छैनन् । रोजगारदाताले अवधि सकिएका श्रमिकलाई फकाएर करार नवीकरणका लागि आग्रह गर्न थालेको पाण्डेले बताए ।

मलेसियाले श्रमशक्तिको संकटलाई समाधान गर्न आन्तरिक बजारबाटै विदेशी श्रमिक आपूर्ति गर्न पाइने गरी सहजीकरण गर्न थालेको छ । यसअघि अन्य रोजगारदाता कम्पनीमा काम गर्ने श्रमिकलाई आपूर्ति गर्न निकै कठिन थियो । यसले रोजगारी गुमाएर मलेसियामै काम गर्न इच्छुक नेपालीसहित विदेशी श्रमिकले मलेसिया छाड्नुपर्ने छैन ।, याे खबर कान्तिपुर दैनिकमा छ । (Nepaltimes.net)

याे पनि पढ्नुहोस्

कातिक २६ गते बुधबार संखुवासभाको किमाथाङ्का, च्याम्ताङ र फ्याक्सिन्दा (अरुण तेश्रो) को अनुगमन गर्न आउन लागेका हुन् । प्रधानमन्त्रीको भ्रमणबारे प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको हो ।बिहान ८ बजे हेलिकप्टर मार्फत किमाथाङका ओर्लीने र किमाथाङ्का नाकाको अनुगमन गर्नुहुने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए।

नाकाको अनुगमन पश्चात उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ पुग्नेछन् । उक्त राजमार्गको अवलोकन पछि हेलिकप्टर मार्फत अरुण तेश्रो परियोजनाको अनुगमनगर्न ड्याम साईड निर्माण क्षेत्र फ्याक्सिन्दा दोभान आउने कार्यक्रम रहेको समेत जिल्ला समन्वय प्रमुख शाक्यले जानकारी दिए ।

फ्याक्सिन्दाको कार्यक्रम सम्पन्न पश्चात दिउँसो ३ बजे प्रधानमन्त्रीओली काठमाडौं फर्किनेछन् । प्रम ओलीको जिल्ला भ्रमण ब्यवस्थापनका लागि आईतबार जिल्लाका सरोकारवालाको बैठक बसेको छ ।

समन्वय समितिको अध्यक्षता तथा जिल्लाका सांसदहरु, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु र अन्य सरोकारवालाहरु बैठक बसेर भ्रमण ब्यवस्थित बनाउने निर्णय गरेका छन् । किमाथाङ्कामा भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बाभोटे लगायतका जनप्रतिनिधि र स्थानीय नागरिकले प्रम ओलीको स्वागत गर्ने तयारी गरिएको छ ।

त्यस्तै, च्याम्ताङमा त्यहाँका वडा अध्यक्ष र स्थानीय नागरिकहरुले स्वागतगर्ने छन् भने फ्याक्सिन्दा दोभानमा जिल्लाका जनप्रतिनिधि र अरुण तेश्रोका प्रतिनिधिले स्वागत गर्ने कार्यक्रम रहेको जिल्ला समन्वयप्रमुख शाक्यले जानकारी दिए ।(गोरखापत्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *