प्रेमिकालाई पत्र लेखेर मलेसियामा एक नेपाली युवाले देहत्याग गरे

समाचार

मलेसियामा एक नेपाली युवाले देहत्याग गरेका छन् । अछामको साँफेबगर नगरपालिका -१० का कमल खडकाले प्रेमिकालाई पत्र लेखेर देहत्याग गरेका हुन ।




वैदेशिक रोजगारीको सिलसिलामा करिब ३ बर्ष पहिले मलेसिया पुगेका २५ वर्षीय कमल खड्काले शनिबार बिहान करिब ११ बजे देहत्याग गरेका हुन । मलेसियाको साहाआलम स्थित बिकम ईन्टरप्राईज कम्पनीमा कार्यरत खडकाले कल्पना नाम गरेकी प्रेमिकालाई पत्र लेखेर देहत्याग गरेको पाइएको उनीसँगै कार्यरत डीएस थापाले जानकारी दिए । उनका अनुसार मृतक खडकाले आफ्नो घरपरिवारमा रहेका आफन्तको नाम र नम्बर लेखर छोडेका छन् ।

मृतक कमलले लेखेको भनेर सार्वजनिक गरिएको पत्रमा उनले लेखेका छन् “कल्पना तिमीलाई मेरो अन्तिम पत्र, कल्पना तिमीसंग पुरा जिन्दगी कटाउने चाहाना छिनभरमै चक्नाचुर पारि दिए । किनकि यहीँ डेढ सालको साँचो मायामा तिमीलाई पुरा रहर पुगिसकेको छ। मैले माया गरेको मान्छे तिमी कसरी गलत हुन सक्छौ र, गलत त म नै हुँ, मैले तिमीलाई सजिलै विश्वास गरेँ ।” उनले थप जोड्दै लेखेका छन, ” मलाई छोडेकोमा चिन्ता भन्दा पनि तिमीले जस्का लागि मलाई छोडेउ उसले नै तिमीलाई नछाडिदियोस् …।

उनको शवलाई पोष्टपार्टमका लागि स्थानीय अस्पतालमा राखिएको र घटना बारे प्रहरीले जाँचबुझ गरिरहेको उनीसंगैका साथीहरूले बताएका छन् । यधपी उनी स्वयंले देहत्याग गरेका हुन वा के कति कारणले उनको मृत्यु भएको भन्ने बारे भने अझै पुष्टि गरिएको छैन ।

अर्को समचार पनि पढ्नुहोस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित एक कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाव र प्रभावमा नपरी निस्पक्ष रुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।

केन्द्रीय सदस्य कोइरालाले राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको काँधमा ठूलो जिम्मेवारी आएको बताए । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले गणतन्त्रको उपलब्धिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो उनले भने । समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले विगतको तीतोमीठो अनुभवका आधारमा संविधानमा संसद् विघटनको विषयमा प्रष्ट व्यवस्था गरिएको बताए ।

समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनी, केन्द्रीय सदसय विकास थापा, मोरङ अध्यक्ष डिल्ली कार्की, इन्सेकका प्रदेश संयोजक सोमराज थापा, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल र सञ्चारकर्मी गणेश लम्सालले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नेतर्फ राजनीतिक दलको ठूलो जिम्मेवारी रहेको धारणा राखे । समाजले आज नयाँ नेतृत्व चयन गर्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *