सिङ्गो गाउँ नै शो’कमा डु’ब्यो, कन्याम घुमेर फर्किदै गर्दा मोटरसाइकल दु’र्घटनामा दुईको मृ ’त्यु

समाचार

इलामको कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दु’र्घटना परी झापामा दुई जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडा निवासी २१ वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २० वर्षीया हेमा महत रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार मेची राजमार्गमा अन्तरगत बु’द्धशान्ति गाउँपालिका-४ स्थित बर्ने चिया ब’गान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठो’क्किँदा दु’र्घटना भएको थियो।

इलामबाट झापा झर्दै गरेको मे ७ प ९४६२ नम्बरको मोटरसाइकललाई मे १ ज २०९३ नम्बरको सुमोले ठ’क्कर दिएको थियो। दु’र्घटना परी मोटरसाइकलमा चालक चौधरी र पछाडि सवार महत ग’म्भीर घा’इते भएपछि दुवै जनालाई उपचारका लागि बिएण्डी अस्पताल बिर्तामोड लगिएको थियो। अस्पतालका चिकित्सकले चालक चौधरीलाई पु’र्याउन साथ मृ’त घो’षणा गरिदिएका थिए भने महतको उपचारको क्रममा शुक्रवार बिहान मृ’त्यु भएको हो। माघे सङ्क्रान्तिको अवसरमा उनीहरू बिहीबार साथीभाइसँग इलामका कन्याम घु’मेर फर्किने क्रममा दु’र्घटनामा परेका थिए। यता दुवै जनाको मृ’त्युले अहिले सिङ्गो गाउँ नै शो’कमग्न बनेको छ। थाहा खबर

याे समचार पनि पढ्नुहोस्

एक महीना नेपाल बसेर जापान फर्कन लागेको हारुकीले यसो भन्दा रामदाइ फुलेल भए । ऊ भनिरहेको थियो, ‘हामीलाई त आफ्नो काम बाहेक केही थाहा हुँदैन । हेर्नोस् न, म ३२ वर्षदेखि चश्मा कारखानामा काम गरिरहेको छु । अब त म्यानेजर नै भइसकें । तर चश्मा बनाउन बाहेक अरू केही आउँदैन । अरू क्षेत्रमा मानिसले कसरी काम गर्छन्, थाहै छैन ।’

ऊ भन्दै गयो, ‘नेपालमा त सामान्य मानिसलाई पनि अरूले गर्नुपर्ने सारा कुरा थाहा हुँदो रहेछ । कसले के गरेन र के गर्नुपर्छ भनेर जसले पनि ढुक्कै भन्न सक्तो रहेछ । कति प्रतिभाशाली मान्छेहरू !’

हेर्दा ४० वर्षको जस्तो लाग्ने तर ५८ वर्षको हारुकी नाकामुरा यति भनेर मुसुक्क हाँस्यो । र थप्यो, ‘नेपालीले थाहा नपाएको कुरा चाहिं एउटा मात्र रहेछ ।’

‘के कुरा ?’ रामदाइले हतारहतार सोधे ।

‘आफूले के गर्नुपर्छ भन्ने कुरा,’ हारुकीले भन्यो र फेरि मुसुक्क हाँस्यो । अलिकति दाँत पनि देखाएर ।

हारुकीसँग रामदाइको पुरानो चिनजान थियो, १५ वर्ष अघि जापानमा काम गर्न जाँदादेखिको । हामी ठमेलको एउटा रेस्टुराँमा चिया खाइरहेका थियौं । ‘नेपालीहरू तपाईंलाई कस्ता लागे ?’ भनेर रामदाइले सोधेपछि उसले यो प्रसंग उठाएको थियो । झन्डै एक वर्ष अघिको कुरा हो यो, जुनवेला कोरोना शुरू भइसकेको थिएन । ठमेल गुलजार थियो ।

उसको कुराले रामदाइ खिस्रिक्क परे । तर मलाई रमाइलो लाग्यो । मैले उसलाई कोट्याएँ, ‘भोलि त जापान फर्किहाल्नुहुन्छ । आज अलिक विस्तारपूर्वक बताउनोस् न, तपाईंलाई किन यस्तो लाग्यो ?’

हारुकी नाकामुराले अर्को कप चिया मगायो र भन्न थाल्यो :

नेपाल आइपुगेको भोलिपल्ट म गैंडा हेर्न भनेर चितवन गएँ । म बसेको होटल ठिकठिकै खालको थियो । राति राम्ररी सुत्न सकिनँ, किन भने कोठामा साङ्ला घुमिरहेका थिए । भोलिपल्ट म्यानेजरलाई भेट्न गएको, ऊ फोनमा कसैसँग ठूलठूलो स्वरमा भन्दैथियो, ‘पर्यटन मन्त्रीले कुरै बुझ्या छैन । निकुञ्ज भित्रै होटल राख्न दिए पो पर्यटक आउँछन् । नत्र पर्यटन वर्ष कसरी सफल हुन्छ ?’

मैले साङ्लाको कुरा गरेपछि उसले आफ्नै अफिसमा पनि साङ्लाले दुःख दिएको बतायो । अनि कामदारलाई बोलाएर साङ्ला मार्न अह्रायो र ढुकुटी खेल्न पुग्नु छ भन्दै मोटरसाइकल चढेर हुइँकियो । कामदार चाहिं एउटा कुचो लिएर कोठामा पस्यो र साङ्ला खोज्न थाल्यो । तर, भनेका वेला साङ्ला किन बाहिर निस्कन्थे ? मैले ‘साङ्ला मार्ने औषधि छैन ? त्यो हाल न’ भन्दा कामदारले सुनायो, ‘नचाहिने खर्च किन गर्ने भनेर म्यानेजरले दुई महीनादेखि औषधि किन्न दिएको छैन ।’ त्यो रात पनि निद्रा नपर्ने छाँट देखेपछि म अलिक बढी पैसा तिरेर अर्को होटलमा सरें ।

अर्को दिन गाउँतिर घुम्न निस्केको, एउटा चिया पसलमा पुगें । मानिसहरू चिया खाँदै गफ गरिरहेका थिए । एउटा मानिस मन्दिरमा ढुंगा छाप्ता वडा अध्यक्षले भ्रष्टाचार गर्‍यो भनेर चर्को स्वरमा कराउँदै थियो । गाउँको कुनै बाटो पीच हुँदै रहेछ, चाहिने जति गिट्टी हालेन भनेर ठेकेदारलाई गाली गर्दैथियो ।

जापानमा १५ वर्षदेखि नेपालीसँग हिमचिम भएकाले म नेपाली बुझ्थें र अलिअलि बोल्न पनि आउँथ्यो । त्यो मानिस ‘पार्टीको मीटिङ छ’ भन्दै हिंडेपछि मैले सोधें, ‘को हो त्यो ?’ एक जनाले भन्यो, ‘स्कूलको शिक्षक हो, तर पढाउन कहिल्यै जाँदैन । प्रमाणपत्र पनि नकली हो । सत्तारूढ पार्टीको गाउँ समितिको सचिव छ, त्यसैले प्रधान अध्यापकलाई धम्क्याएर जागीर खाइरहेको छ ।’

अर्काले थप्यो, ‘अहिले वडा अध्यक्ष र ठेकेदारलाई गाली गर्दै थियो नि, सब हामीलाई देखाउने नाटक हो । बेलुका भट्टीमा तिनीहरूसँगै हुन्छ ।’

‘तपाईं चितवन तीन दिन बस्नुभो, होइन ?’ रामदाइले सोधे । ‘हो’, हारुकीले भन्यो :

त्यसपछि म पोखरा गएँ । घुम्दै जाँदा एउटा थोत्रो घरमा बालगृहको साइनबोर्ड देखें । के रहेछ भनेर गेटबाट च्याएको, मैला लुगा लगाएका चार जना ख्याउटे बच्चा एउटा चमचमाउँदो कार सफा गर्दे रहेछन् । तिनलाई हतारहतार भित्र पठाएर, महँगा लुगामा सजिएकी एउटी महिलाले मलाई अफिस–कोठामा लगिन् र चन्दा माग्न थालिन् । उनी भन्दै थिइन्, ‘यहाँ कसैमा नैतिकता छैन । व्यापारीहरू कालोबजार गर्छन् । नगर प्रमुख घुस्याहा छ । सांसदहरू भ्रष्ट छन् । अनाथ केटाकेटीलाई कसैले वास्ता गर्दैन ।’

जसैतसै त्यहाँबाट उम्केर बाहिर आएको, सडकपारिको पसलेले भन्यो, ‘तपाईं पनि फन्दामा पर्नुभो कि क्या हो ? यिनको त धन्दा नै यही हो । दुई जना केटाकेटी राम्ररी खान नपाएर मरिसके, यिनले चाहिं अनाथ केटाकेटीकै नाममा पैसा उठाएर गाडी किनेकी छन्, घर बनाएकी छन् ।’

भोलिपल्ट म बसेको होटलमा बुद्धिजीवीहरूको कार्यक्रम थियो । एउटा प्रोफेसर भन्दै थियो, ‘शिक्षामन्त्रीले शिक्षा नीति नै बुझेको छैन । परराष्ट्र मन्त्रीको हालत त्यस्तै छ । प्रधानमन्त्रीलाई केही थाहा छैन । हामीजस्ताको मूल्यांकन छैन । यस्तो अवस्थामा देश कसरी अघि बढ्छ ?’

पछाडिको लहरमा बसेको एक जनाले मलाई भन्यो, ‘यिनले नयाँ किताब नपढेको २० वर्ष भयो । अनुसन्धानको त कुरै छाड्नोस्, आजसम्म एउटा लेख पनि लेखेका छैनन् । कक्षा कोठामा नछिरेको १२ वर्ष नाघिसक्यो । तैपनि बुद्धिजीवी कहलाएका छन् ।’

‘पढ्न लेख्न मात्र छोडेका हुन्, अरू त सबै थोक गरिराखेकै छन् नि’, अर्काले खुलासा गर्‍यो, ‘चार पटक राजनीतिक नियुक्ति पाइसके, फेरि कोशिश गर्दैछन् ।’

यसैबीच मलाई रुघा लाग्यो । डाक्टरलाई देखाऊँ न त भनेर गएको, खतरा मोल्न हुँदैन भनेर भर्ना गरिहाल्यो । केही नगरे पनि एक हप्तामा निको हुन्थ्यो, पाँच दिन सिटामोल ख्वाएर राख्यो र तीन लाखको बिल दियो । धन्न हेल्थ इन्स्योरेन्स गरेको थिएँ र मैले पैसा तिर्नुपरेन । नर्स भन्थिन्, ‘महँगो भयो नभन्नुहोला । यसमा एक लाख त डाक्टरकै कमीशन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *