आमाछोरीले दोहोरी गाउदा रो’इन Radhika Hamal र Tika | इन्द्रेणीपछि दर्पणमा सबैलाई रुवा’ईन, पतिकै कारण

समाचार

आमाछोरीले दोहोरी गाउदा रो’इन Radhika Hamal र Tika | इन्द्रेणीपछि दर्पणमा सबैलाई रुवा’ईन, पतिकै कारण




याे समचार पनि पढ्नुहोस्

संसद्वादी पार्टीका नेता–कार्यकर्ता र बुद्धिजीवीको जमात त्यही थियो जसले पञ्चायतका विरुद्ध लड्न आम जनतामाझ प्रगतिशील सपना सञ्चार गरेको थियो । तर, पञ्चायतको अन्त्यपछि सत्ता, शक्ति र आर्थिक लाभ भागबन्डाका निम्ति पार्टी फोराफोर, सांसद किनबेच, भ्रष्टाचार र कमिसनखोरीजस्ता विषयको नेतृत्व त्यही जमातले छ्याल्लब्याल्ल देखिने गरी गर्न थाल्यो । पञ्चायतका विरुद्ध तीस वर्ष लड्ने समाजको सबैभन्दा अगाडि रहेको हिस्सामा भएको त्यो चेतनामा प्रतिगमन थियो ।

त्यो चेतनामा प्रतिगमन कुन स्तरमा थियो भन्ने स्मरण गर्नका निम्ति व्यवस्थालाई नै अपदस्थ गर्ने राजाको प्रधानमन्त्री बन्न मरिहत्ते गर्ने, प्रतिगमन आधा सच्चिएको विश्लेषण गर्ने र प्रधानमन्त्री बन्न निवेदन हाल्ने हदसम्म नेपाली कांग्रेस र एमाले पुगेको घटना काफी छ । एकातिर पञ्चायतका विरुद्ध संघर्षमा निर्माण गरिएका आदर्श र मूल्यहरूको विघटनले आम जनतामा वितृष्णा, अर्कातिर सत्ता, शक्ति र आर्थिक लाभका निम्ति जे पनि गर्ने गरी भएको चेतनामा प्रतिगमनको माहोलमै ज्ञानेन्द्रको प्रतिगामी हस्तक्षेप सम्भव भएको थियो ।

त्यति बेलाको चेतनामा भएको प्रतिगमनको माहोललाई बुझ्न संसदीय पार्टीहरूको जमातको हविगत मात्र होइन, समुदायगत अगुवाहरूका हर्कतहरू सम्झिँदा पनि छ्याङ्ग हुन्छ । गोरेबहादुर खपाङ्गी, बद्रीप्रसाद मण्डल हुँदै गोल्चे सार्कीसम्म प्रतिगमनको मतियार बन्ने स्थिति चेतनामा प्रतिगमनका ठोस दसीहरू हुन् । किनभने उनीहरू पार्टी राजनीतिमा मात्र होइन, बरु पञ्चायत अनि बहुदलकालमा समेत आआफ्ना समुदायका योद्धा थिए । चेतनामा प्रतिगमनको त्यही माहोलका कारण त प्रतिगमनविरोधी त्यति बेलाका संसदीय पार्टीहरूको आन्दोलन काठमाडौंको रत्नपार्कको तत्कालीन रातोघरको वरपर मात्रै कैयौं महिना मरन्च्याँसे आकारमा टाक्सिएको थियो ।

त्यति बेला त्यो आन्दोलन टाक्सिनुको मुख्य कारण थियो—संसदीय पार्टीहरूकै व्यापक कार्यकर्ता, समर्थक र आम जनतामा पार्टीहरूप्रति विश्वास गुमेको अवस्था । त्यो अवस्थाको निर्माणको चुरोचाहिँ चेतनामा नाङ्गै देखिएको प्रतिगमन थियो । जब नयाँ व्यवस्थाको सपना र विद्रोहसहित अगाडि आएको तत्कालीन नेकपा (माओवादी) सँग बाह्रबुँदे समझदारी भयो, त्यसपछि नै संसदीय पार्टीका व्यापक कार्यकर्ता, समर्थक र आम जनताले प्रतिगमन सच्याएर पुरानै चेतनाको प्रतिगमन भएको अवस्था दोहोर्‍याउन नभई नयाँ व्यवस्थामा जाने सपना देख्ने परिस्थिति बनेको हो । गणतन्त्रसहितको नयाँ प्रगतिशील व्यवस्थाको सपना समाजले देख्दैनथ्यो भने २०६२/६३ को जनआन्दोलन असम्भव थियो । आज फेरि त्यति बेलाको चेतनामा भएको प्रतिगमनको माहोलजस्तै नयाँ सन्दर्भमा नयाँ ढंगले चेतनामा प्रतिगमनको दुश्चक्र दोहोरिएको छ जसमाथि राजनीतिक प्रतिगमन उभिन सम्भव हुन पुगेको छ ।

अहिले प्रतिगमनकारी संसद् विघटनको घटनासँगै हिजो नयाँ व्यवस्थाका निम्ति लडेका व्यक्तिहरूका चेतनामा प्रतिगमनका छरपस्ट उदाहरणहरू दिगमिग लाग्ने स्तरमा छताछुल्ल भइरहेका छन् । नेकपा (नेकपा) को प्रचण्ड–माधव पक्षका गतिविधि पनि प्रतिगमनका निम्ति एक स्तरमा जिम्मेवार छन् र उनीहरूले यसको समाधानका निम्ति अघि सारेको संसद् पुनःस्थापनाको विकल्प वास्तविक समाधान पनि होइन, यो एउटा पक्ष हो । तर ओली प्रवृत्तिलाई साथ दिन हिजो त्यस खेमासँग गोरु बेचेको साइनोसमेत नराखेकाहरू जसरी हामफालेका छन्, त्यो भने जति बुट्टा भरेर तर्क गरिए पनि चेतनामा भएको प्रतिगमनसिवाय केही होइन ।

सांसद नै नचुनिएकाहरू रातारात मन्त्री बन्न जाने, जनयुद्धका चुनिएका कमान्डरहरू ओली पक्षमा हामफाल्ने अवस्था भनेको चेतनामा भएको प्रतिगमनको टीठलाग्दा ठोस दृश्यहरू हुन् । प्रचण्ड–माधव पक्ष जति खराब भए पनि त्योभन्दा आजको खराब ओली प्रवृत्तिले लादेको प्रतिगमन नै हो । तर एउटा खराबबाट उम्किएर सबैभन्दा खराबको पक्षमा लाग्नु ठीक हो भनी गर्न थालिएका तर्कहरू हास्यास्पद र निर्घिनी स्तरभन्दा माथि रहन सम्भव छैन । आजको प्रतिगमन सही छ भनी तर्क गर्नेहरू अनि त्यसबाट व्यक्तिगत स्वार्थसिद्धिमा रमाउनेहरू ज्ञानेन्द्र शाह, तुलसी गिरी, गोल्चे सार्की प्रवृत्तिका नयाँ संस्करणबाहेक अरू साबित हुनेछैनन् । मात्रामा तल–बितल अनि त्यस्तो साबित हुन कति समय लाग्ला भन्ने विषय मात्र प्रतीक्षाको हो, किनभने अगाडि नबढी प्रगति असम्भव भएको नेपाली समाज पछाडि फर्केर समस्या समाधान हुने त कुनै गल्छेंडो नै बाँकी छैन ।

२०६२/६३ को जनआन्दोलनपछि चेतनामा प्रतिगमनको यो भयावह अवस्था कसरी जन्मिन पुग्यो र मुख्य जिम्मेवार को हो ? यो विषय अब विमर्शको पहिलो सूचीमा रहनु आवश्यक छ । एमाले पार्टीलाई अझै सही ठान्ने र यसले नै केही गर्छ भनी आशारत कार्यकर्ता र समर्थकहरूको सुधो पङ्क्तिको कुरा बेग्लै हो तर त्यो पार्टीको नेतृत्व पङ्क्तिको चेतनामा प्रतिगमन त ज्ञानेन्द्र शाहको प्रतिगमनसम्म पुग्दा छर्लंगै पुष्टि भइसकेको थियो । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउने नीतिको अर्तजलले मात्र एमाले पुनर्जीवित हुन सम्भव भएको हो ।

गणतन्त्र ल्याउनु बयलगाडामा चढेर अमेरिका जानुजस्तै हो भन्ने त्यति बेलाको ओली प्रवृत्तिको ठट्टा यस कुराको अकाट्य प्रमाण हो । माधव नेपाल प्रवृत्तिले आज आफू नैतिकतावान् भएको, पद्धतिका पक्षमा भएको जुन नारा भट्याइरहेको छ, यो पनि सतही तर्कभन्दा बढी देखा पर्दैन । त्यस प्रवृत्तिले सहिदकी पत्नी ताक्ने लगायतका वर्ग दुस्मनकै स्तरमा संगीन आरोपहरू सार्वजनिक रूपमा समेत ओली पक्षलाई लगाउने तर ओली प्रवृत्तिसँगै बसेर शासित हुने कुरा कसरी क्रान्तिकारी नैतिकताभित्र पर्छ र ? क्रान्तिकारी नैतिकता भनेको आधारभूत रूपमा गलत प्रवृत्तिसँग सम्बन्धविच्छेदमा प्रकट हुन्छ । आधारभूत रूपमै गलत प्रवृत्तिसँग सुलह–सम्झौता गरिन्छ भने त्यो त क्रान्तिकारी नैतिकताको रक्षा होइन, बरु नैतिक रूपमा भ्रष्टाचार पो हुन पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *