बाघसंग सिधा गफ गरेर Tiktokमा भाइरल भएका दिपेश र आयुषा गौतम एकसाथ मिडियामा,हसाउनु सम्म हँसाए दिपेशले

समाचार

बाघसंग सिधा गफ गरेर Tiktokमा भाइरल भएका दिपेश र आयुषा गौतम एकसाथ मिडियामा,हसाउनु सम्म हँसाए दिपेशले




याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहप्रति थप आक्रामक हुँदै ३ करोड मान्छेमा २ सय ६५ जना गयौं भनिरहनुलाई नुहाउँदा २/४ केस झरेर जानुसरह भएको बताए । ‘दुई अंक जितेर देखाउनुहोस्, अर्थात् १० सिट ल्याएर देखाउनुस्,’ ओलीले भने, ‘ठूला कुरा गरिरहेका छन् । यो छोरी, बुहारी, ज्वाइँ र अन्य नातेदारको पार्टी होइन । निरर्थक गफ नगरे हुन्छ, आँखा आफन्ततिर होइन, देशतिर लगाउनुस् ।’

आफ्नो पूरै सम्बोधनका क्रममा कांग्रेसबारे एक शब्द उच्चारण नगरेका उनी पुष्पकमल दाहाल, माधवकुमार नेपाल र भीम रावलप्रति भने निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए । ‘काम लाग्छ कि भनेर प्रचण्डलाई पार्टीमा ल्याएको हुँ तर सुध्रिएनन्, जस्ताको तस्तै प्रवृत्ति र मति पनि,’ उनले भने । नेता नेपाललाई आफूले राजनीतिमा ल्याएको प्रधानमन्त्रीको दाबी थियो । ‘महेन्द्र मोरङ क्याम्पसमा पढ्ने बेला मैले राजनीतिमा ल्याएको हुँ,’ उनले भने । उनले आफू ५० वर्ष अगाडिदेखि गणतन्त्रका लागि लागिपरेको पनि दाबी गरे ।

सम्बोधनका क्रममा ओलीले सुदूरपश्चिमको विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । त्यसक्रममा उनले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेको, पञ्चेश्वर परियोजना अघि बढेको, पश्चिम सेती अघि बढाउने र गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया सुरु भएको बताए । यस्तै, गौरीफन्टा सीमा नाकाको स्तरोन्नति, सेती लोकमार्ग, दार्चुलाको छाङरु जाने बाटो निर्माण, सेती लोकमार्ग र खुटिया–दिपायल फास्ट ट्र्याक निर्माण, उरै नाकामा सडकलगायतका योजनाहरूको उनले चर्चा गरेका थिए । धनगढीमा पुगेलगत्तै प्रधानमन्त्रीले आफूनिकट नेता–कार्यकर्तासँग भेटघाट गरेका थिए । सुदूरपश्चिममा ओली र दाहाल–नेपाल पक्षले बेग्लाबेग्लै कार्यक्रम आयोजना गरिरहेका छन् । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले धनगढीमा आयोजना गरिएको कार्यक्रमलाई काठमाडौंबाहिर पहिलो रोजाइमा पारेका हुन् । उनी साँझ काठमाडौं फर्किएका थिए ।

धनगढी आएका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उनीनिकट नेता–कार्यकर्ता धनगढी विमानस्थल पुगे पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने गएनन् । विगतमा प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरू उपस्थित हुने भए पनि यसपटक सरकारका प्रतिनिधि देखिएनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रधानमन्त्री आउनेबारे कुनै जानकारी नदिइएकाले प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल नगएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

‘पार्टी विभाजनमा पुगेका बेला आफूनिकट नेता–कार्यकर्तालाई भेट्ने र आमसभालाई सम्बोधन गर्ने राजनीतिक कार्यक्रम भएकाले मुख्यमन्त्री कार्यालयलाई जानकारी नदिइएको होला,’ स्वकीय सचिव शिवसिंह ओलीले भने । प्रधानमन्त्री प्रदेश राजधानीमा पुगेका बखत मुख्यमन्त्री भट्ट स्वागतमा नपुगेको घटनालाई मन्त्री प्रेम आलेले मुख्यमन्त्रीद्वारा सामान्य शिष्टाचारको समेत ख्याल नगरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *