दुखद घटना: अस्ट्रेलियाकाे सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर नेपाली विद्यार्थीको मृ:त्यु

समाचार

सिड्नीको नजिकै रहेको वाटामोल्ला पार्कमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा एक जना २७ वर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको छ। मृतक झापा घर भएका सचित विमली रहेको अस्ट्रेलियाली टेलिभिजन च्यानल नाइन न्युजले जनाएको छ।

‘भाइ घुम्न गएको समेत उनको दिदीलाई थाहा थिएन, राति प्रहरीले घर आएर दु:खद् समाचार सुनाएपछि मात्र थाहा भयो’, एक आफन्तले भने। दिदीसँगै सिड्नीको अर्वनमा बसोबास गर्दै आएका सचित साथीहरूसँंग वाटामोल्ला पार्क घुम्न गएका थिए।

त्यही क्रममा पौडी खेल्दा डुबेर उनको मृत्यु भएको अस्ट्रेलियाली टेलिभिजन नाइन न्युजले जनाएको छ। सन् २०१९ को जुलाइमा मात्र अस्ट्रेलिया आइपुगेका विमली यहाँको प्रसिद्ध मक्वारी विश्वविद्यालयमा आइटी अन्तर्गत मास्टर्स डिग्री अध्ययनरत थिए।

वर्षेनी पानीमा डुबेर ज्यान गुमाउने नेपाली विद्यार्थीहरूको संख्या बढिरहेकोबेला यस्तो दुर्घटनाले फेरि नराम्रो सन्देश दिएको एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीले बताए। ‘हामी खोला नालामा पौडी खेलेका मानिस समुन्द्र र त्यसको बहावसँग अभ्यस्त छैनौं। तर पनि दुस्साहस गर्छौं जसको परिणाम दु:खद र भयावह हुने गरेको छ,’ रेग्मीले भने।

याे समचार पनि पढ्नुहोस्

काठमाण्डौको चन्द्रागिरी नगरपालिकाले अव्यवस्थित रुपमा राखिएका टेलिफोन, इन्टरनेट केबल तारहरु, ब्यानर, पोष्टरलगायत सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।

नगरपालिकासँग अनुमति नै नलिएर कलंकी-नागढुंगा-पिपलामोड राजमार्गमा टेलिफोन, केबल र इन्टरनेटका तार, ब्यानर पोष्टरहरु जथाभाबी टाँसेको पाएइकाले सात दिनभित्र हटाउन निर्देशन दिइएको नगरपालिकाले सूचनामार्फत जनाएको छ ।

सात दिनभित्र नहटाए नगरपालिका आफैँले हटाउने र हटाउँदा लाग्ने सबै खर्च सम्बन्धित संस्था या व्यक्तिबाट असुल गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिनुभयो । यस्तै नगरपालिकाले कलंकी-नागढुंगा-पिपलामोड राजमार्गमा टेलिफोन, केबल र इन्टरनेटका तारहरु हटाउन, ब्यानर र पोष्टर हटाउन, रंग लगाउन इच्छुक व्यक्ति अथवा संघसंस्थाले अबको सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

काम गर्न चाहनेले फर्म/कम्पनी दर्ताको प्रमाणपत्र, नवीकरण, स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०७६/७७ को करचुक्ता प्रमाणपत्रलगायतका कागजात पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

यस्तै नगरपालिकाले यो सडकखण्डमा सरसफाई कार्यक्रम संचालन गर्न पनि प्रस्ताव आह्वान गरेको छ । छनोट भएका व्यक्ति अथवा संस्थाले हप्ताको एक दिन कलंकी-नागढुंगा-पिपलामोड सडकखण्डको सडकपेटीसहित राजमार्ग सफाइ गर्नुपर्ने र सफाइ गर्दा उठेको फोहोरमैला संस्था आफैँले व्यवस्थापन गर्नुपर्ने नगरपालिकाले निकालेको सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *