५८ बर्ष पछि पुनः शनि र बृहस्पति एउटै राशिमा, कस्तो रहला २०२१

राशिफल

सन् १९६१ फेब्रुअरी २० मा शनि धनु राशिबाट परिवर्तन हुँदै मकर राशिमा देबगुरु बृहस्पति संग संयुक्तरूपमा गोचर गरिरहेको थियो । ठिक त्येस्तै समय सन् २०२१ को सुरुवाती समयदेखि नै चलिरहेकाले विशेषगरी पुर्वी तथा दक्षिणी देशहरुमा यसको नकारात्मक प्रभावपर्ने ज्योतिषीय क्षेत्रमा अनुसन्धान गरिएका विज्ञ ज्योतिषी हरुले जानकारी गराएका छन् ।

जुनजुन समयमा शनि तथा बृहस्पति मकर राशिमा भेट भएका छन् ती समयमा नेपाल भारत लगाएतका अन्य मुलुकहरुमा व्यापक परिवर्तन भएको देखिएकाले अहिले पनि तेस्तै पुनरावृत्ति हुने संकेत देखिएको छ । भारतको राशिमा शनिको साढेसाती दशाले छोड्ने अवस्था हो भने नेपालमा केहि समयअघि सन् २०२० नोभेम्बर १४ बाट साढेसतिको दशाले छोडिसकेको छ ।

शास्त्रीय नियम अनुसार ग्रहहरुले छोढ्ने र लाग्ने समयमा अधिक दुख: दिने गरेकाले यसको प्रभाव हाम्रो देशमा पनि पर्ने संकेत देखिसकेको छ । विश्वका शक्तिशाली मानिएका रसीया र छिमेकी देश चाईनाको वर्चस्व कायमै रहने छ भने संयुक्तराज्य अमेरिका भने सुरुवाती समयमा माैन रहनेछ । महामारीको रुपमा रहेको कोरोना पूर्णरूपमा नियन्त्रणमा आउनका लागि सन् २०२१ को जुन जुलाई सम्म कुर्नुपर्ने देखिएको छ ।

२०२१ मा मिथुन तथा तुला राशिहुनेहरुका लागि शनिको अढैया दशा रहने छ भने धनु,मकर तथा कुम्भ राशिहुने हरुका लागि भने शनिको साढेसाति दशा रहिरहने छ । धनु राशिहुने हरुका लागि अन्त्य साढेसातिको दशा केहि कडा हुने देखिएको छ । शनिको फल हरेक राशिमा फरकफरक पर्ने हुदा दोष कटाउने उपाय गर्दा शुभ फलमा वृद्धि हुनेछ ।

हामी मानिस दुईवटा ठूला शक्तिको बिचमा छौं । पहिला ब्रह्माण्डिय शक्ति जसमा ग्रह राशि तथा नक्षत्रहरुको प्रभाव नित्यरुपमा परिरहेको हुन्छ अर्को जमिन बाट आउने भूचुम्बकिय तरङ्ग । यी दुईवटा शक्तिको बिचमा रहेर हामीले दैनिक संङ्घर्स गरिरहेका हुन्छौं । कसैलाई थोरै मेहनत गरे पनि राम्रो परिणाम प्राप्त भइरहेको हुन्छ भने कसैले कडा परिश्रम गर्दा खेरिपनि सोचेअनुसार भईरहेको हुँदैन ।

यदि कर्म मात्रै गरेर सफल हुने हो भने काम गरेका जति सबै जना सुखी तथा आनन्द तरिकाले जीवन विताउनु पर्थो । मानिस सुखी या दुःखित यसको परिणाम उसले गर्ने कर्ममा निर्भर रहन्छ । आफूले कस्तो कर्म गरिएको छ त्यसको फल समय अनुसार भोग्दै जानु पर्दछ । कर्मफलदाता शनि शास्त्रमा शनिका बारेमा लेखिएका थुप्रै ग्रन्थहरु छन् जसमा शनिलाई न्याधीशका रुपमा व्याख्या गरिएको छ ।

शनिको रुप कालो छ न्याधीशको उपाधीका कारणले कहिले पनि शनिले मानिसलाई धोखा दिदैन त्यहिभएरपनि हरेक न्यालयमा कालो कोट र तराजु राखिएको हो न्यायको लागि । शनिले राम्रो तथा नराम्रो कामको परिणम तुरुन्तै दिने हुनाले मानिसले शनिको बारेमा धेरै चासो राख्ने गरेको हो । नवग्रहहरुमा हरेक ग्रहले के फल दिने भन्ने कुरा निर्धारित हुनाले शनिले न्याय सम्बन्धि जिम्मा पाएको हो । हरेक मानिसले कति दुःख कष्ट भोग्नु पर्छ भन्ने शनिको दशाबाट निर्धारण हुन्छ ।

नवग्रहमध्ये सबैभन्दा ढिला हिड्ने ग्रहका रुपमा शनिलाई लिने गरिएको छ । त्येही भएर शनि ग्रहको दस लामो समयसम्म चलिरहन्छ । यदि अढैया तथा साढेसाति शनिको दशा चलेका राशिहरुमा पनि शनिग्रह जम्लग्न कुण्डलीमा स्नगृही, मित्रगृहि, उच्च राशि र ३,६,११ स्थानमा शनि भएका हरुलाई भने शनिले राम्रो फल दिने छ । यस्ता ब्यक्तिहरुका लागि शनिदेबले शुभ प्रधान गर्ने छन् ।

शनि खराब अवस्थामा रहेका हरुलाई शनिको दशामा झुट्टा आरोप लाग्ने आलश्य तथा मानसिक चिन्ता बढ्ने कममा ढिलासुस्ती, चोटपटकको योग, सन्तिच धनको नाश गराउने जस्ता नकरात्मक फल साढेसाती तथा अढैया दशा भएको बेला प्रभाव पर्ने छ ।

अनिष्ट फलबाट बच्नका लागि देबिको पुजा स्त्रीहरुको सम्मान शनिको दान पिपलमा जल चढाउने शनिस्तोस्त्रको पाठगराउने या गर्ने जस्ता उपाए अपनाएमा केहि अशुभ फल कमहुने ज्यातिषीहरुले जानकारी गराएका छन् ।

लेखक सुरेश चन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव समेत हुन् । उनलाई ९८५१०६११२४ मा सम्पर्क गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *