तीनवटा हात र चारवटा खुट्टा भएको गाईको बाच्छा जस्तो शिशु जन्मिएपछि हेर्नेहरुको घुईचो

समाचार

विश्वमा हरेक सेकेण्डमा एक शिशुको जन्म भइरहेको छ । जन्मिएका शिशु अत्यन्तै अनौठा खालका छन् । अहिले भारतमा एक अनौठौ बच्चाको जन्म भएको छ । २४ वर्षीया महिलाले तीनवटा हात र चारवटा खुट्टा भएको बच्चाको जन्म दिएकी हुन् । उक्त बच्चाको जन्म भएपछि अस्पतालमा हेर्ने मानिसको भिड लागेको थियो । तिम्ल्याहा बच्चालाई जन्म दिएकी उनले दुईवटा हात र खुट्टा जोडिएको बच्चालाई जन्म दिएकी हुन् ।

हात र खुट्टा जोडिएकै कारण उक्त बच्चाको संख्या तीन रहेको भारतिय मिडियाले जनाएको छ । छोरा र छोरीलाई जन्म दिएकी उनको अबस्था भने सामान्य रहेको छ । महिलालाई बालिकाको शल्यक्रिया गरेर बढी भएका हात र खुट्टा निकाल्ने डाक्कटरले सल्लाहा दिएका छन् । उनले बच्चा गर्भमा रहँदा डिकल जाँच नगरेका कारण जन्मेपछि मात्र तीनवटा बच्चा पेटमा थियो भन्ने पत्ता लागेको हो ।

अर्को समचार पनि पढ्नुहोस्
दृश्य हेरेर माइतीघरमा आन्दोलित उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय मुसुक्क हाँसे । अन्य किसानहरु पनि एकअर्कालाई हेर्दै गललल हाँसे । सर्लाही छोडी आएका पत्नी अनि ती भोगाइलाई नाटकमा दुरुस्तै पाउँदा पाँचदिनदेखि आन्दोलित किसानको मुहारमा एकैछिन हाँसो छायो । कलाकारहरु आन्दोलित किसानको ठीक अगाडि नाटक प्रस्तुत गर्दैछन् । मञ्‍चन भइरहेको नाटक हेर्न किसानसँगै अन्य दर्शकको भीड बढ्दै गयो ।

मल ल्याउँदा भारत र नेपालतर्फको भन्सारमा किसानले पाउने पीडा नाटकमा देखाइएको थियो । चेकमा समस्या पनि । भारततर्फको भन्सार कर्मचारीको नानाथरी भनाइ सहेर मल भित्र्याउँछ चिनी नारायणले । नेपालतर्फको भन्सारमा तस्करदेखि ‘विभिन्न व्यापारीको लागि काम गरेको नमिठो भनाइ सहन्छ । भन्सार कर्मचारीले तस्करी समेतको आरोप लगाउँछन् । मल ल्याउन दुई देशको भन्सारमा चिनी नारायणले पाएको दु:ख हेर्दा उखु किसानको अनुहारमा एक किसिमको मौनता छाएको छ । चिनी नारायणको अनुहारमा देखिएको निराशा उनीहरुको आँखामा प्रस्टै देखिन्छ ।

यो दृश्यले नाटक हेर्ने भीडलाई हँसायो । तर, आन्दोलित उखु किसान हाँस्न सकेनन् । सायद हरेक पटक मल ल्याउँदाको पीडा फेरि उनीहरुले चिसो सडकमा अनुभव गरे । नाटकको यो दृश्यलाई त ७० वर्षीया गगनदेव रायले घत मानेर हेरे । आफ्नो आधा उमेर नै उखु पेसामा लगाएका गगनदेवले मलकै लागि भन्सारमा कत्ति चोटी हात जोड्नु पर्‍यो होला ?

सरिता शाह निर्देशित नाटकले आन्दोलित किसानका समस्या, पीडा समेटेको छ । उखु किसानको ऋणका समस्या, महाजनको किचकिचदेखि मिल मालिकले पैसा नदिँदा उनीहरुका जीवनमा परेको प्रभावलाई नाटकमा देखाइएको थियो । किसानका व्यथा, संघर्ष र भोगाइ समेटिएको नाटकले वास्तविक चिनी नारायणहरुको कथा बोलेको छ । खेतमा छोडी आएका उखु र देखेका सपना सर्लाहीमै थाँती राखेर चिनी नारायणहरु अहिले आन्दोलनका लागि काठमाडौं आएका छन् । बिहान ११ बजेदेखि ३ बजेसम्म धर्ना बस्छन् ।

उनीहरु वर्षौंदेखिको उखु बेचेको पैसा उठाउने आसमा काठमाडौं आएका हुन् । सरकारले बक्यौता रकम नदिएसम्म घर नजाने अडान लिएका उनीहरु काठमाडौंको चिसोमा आन्दोलित छन् ।

चिनी थप्दै गुलियो चिया पिएर मिल मालिकहरुले गफिँदै गरेको नाटकको अर्को दृश्य सशक्त छ । एकजना मिल मालिक भन्छ ‘किसानले जति आन्दोलन गरे पनि उखु बेच्न हाम्रै शरण पर्नुपर्छ । आन्दोलन गर्ने केही किसानको पूरै पैसा दिउँ । बाँकी किसानलाई केही प्रतिशत रकम दिउँ । अरु त हामीलाई फाइदा नै हुन्छ नि !’

अर्को थप्छ, ‘हामीले सय प्रतिशतको २० प्रतिशत यो किसानहरुलाई दिने अनि ८० प्रतिशत हामी लिने । फाइदा हामीलाई ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *