नेपालमै भेटियो15 लाखको अच*म्मको ढुंगा छोयो कि मान्छेको बढ्छ उमेर (भिडियो हेर्नुहोस्)

समाचार

नेपालमै भेटियो15 लाखको अचम्मको ढुंगा छोयो कि मान्छेको बढ्छ उमेर





याे समचार पनि पढ्नुहोस्
क्यामेराम्यानलाई घरघरै निम्तो हुन्थ्यो। बूढा लाहुरेहरू पल्टने फोटाका कथा सुनाउँथे। फोटोका लागि मान्छेहरू राम्रो लुगा र भएभरको गरगहना लगाउँथे। घडी, औंठी र कानको गहना देखाउने देब्रे हातले कान छुन्थे। सुन हालेको दाँत देखाउन मुख ङी पार्थे। हुनेले अगाडि राख्थे रेडियो। कहिले भिरेर खिच्थे फोटो। कोही हातमा फूल समात्थे, कोही तुनामा त कोही कानमा सिउरिन्थे। कति त फूल सिउरिएको लोटा वा काँचका गिलास समाएर उभिन्थे। त्यस जमानासम्म काँचको गिलास पनि विशेष चिजमा पथ्र्योे हाम्रो गाउँमा। हाम्रो घरमा काठको एउटा कुर्सी थियो।

कहिले छिमेकीहरूले लैजान्थे, कहिले हुल बाँधेर आउँथे, त्यसमा बसेर फोटो खिचाउन। सुँगुर खोरको पर्खाल र थाँक्राको फेदमा उभिएर फोटो खिचाउनेको लर्को लाग्थ्यो। फोटो खिचाउन उभिएपछि क्यामेराम्यानले नहल्लिन र आँखा झिमझिम नगर्न निर्देशन गर्थे। त्यसपछि जोडले ‘रेडी … एक दुई तीन’ भन्थे। अनि खिचिक्क आउँथ्यो आवाज र झिलिक्क बल्थ्यो बत्ति। अनि त सबैको मुहार चम्किन्थ्यो। अब सुरु हुन्थ्यो फोटो कहिले आउँछ भन्दै पर्खिने पट्यारलाग्दा दिनहरू। वर्ष दिन पनि लाग्न सक्थ्यो। बल्ल–बल्ल आएको फोटोमा धेरैजसोको अनुहार कालो हुन्थ्यो। त्यसलाई घामले डढेको भनिन्थ्यो।

क्यामेराम्यानहरू घामतिर अनुहार फर्काए फोटो डढ्छ भन्थे, घामतिर पिठ्युँ फर्काउन भन्थे, त्यसैले रैछ। कतिपय फोटोमा औंला आउँथ्यो खर्लप्पै। अनि कति त रिलबिनाको खाली क्यामेरा झिलिक्क झिलिक्क पारेर पेस्की रकम लिएर टाप कस्थे। फलाना कहिले आउला भन्दै सोध्दा र पर्खिंदाको हैरान। वर्ष दिनपछि ‘फोटो बिग्रियो’ भनेर टार्थे। मैले पाइन्ट कहिल्यै लगाइनँ। वर्षमा मुस्किलले सुतीको एक सेट दौरासुरुवाल पाइन्थ्यो। सुरुवाल चाँडै फाट्थ्यो। घुँडामुनि चुँडिएको र चाकमा भ्वाङ परेको सुरुवाल नै कट्टु, त्यसलाई दौराले छोपेको। मैयुङ जाने बिहान मैले अन्तरे दाइको पुरानो कालो पाइन्ट टक्टक्याएर लगाएँ। कम्मर खुकुलो भयो। अडिँदै अडिएन।

लोक्ताको डेढ इन्च जति चौडा लाम्टाले बाँधें। बाहुला पट्यार नलीखुट्टामा लुम्सालुम्सा बनाएँ। माथि भने उनैको पुरानो सर्ट। बाहुला लामो। बेरेर नाडीमा नलीखुट्टाको जस्तै दुई लुम्सा बनाएँ। अनि पहेंलो हाफ ज्याकेट र ऊनीको राता टोपी लगाएँ। मक्ख त परें तर ठूलो ऐना हेर्न पाएको भए म कस्तो देखिएँ हुँला ? कम्मरमा लोक्ताको गाँठो, नलीखुट्टामा पाखुरा जत्रा लुम्सा, हातमा दुनोट अल्झाए जस्तो, पाइन्टको फस्नर साठी डिग्री बांगिएको, पटपटी फुटेका खाली खुट्टा।

एक दुई विद्यार्थी चप्पल लगाउँथे। चल्तीका बकुल्ला छाप, ऊँट छाप र हात्ती छाप चप्पलहरू नाम फरक–फरक भए पनि उस्तै देखिन्थे। सबैलाई ‘भुक्के’ चप्पल भनिन्थ्यो। राईहरू ‘पेम्पाक चेप्ली’ भन्थे। हिँड्दा प्याट्ट प्याट्ट बज्थ्यो। लोती चुँडिएको चुँड्यै गथ्र्यो। कुपीमा पोलेर गाँसेको गाँस्यै गर्नुपथ्र्यो। सबैजसो खाली खुट्टा। चप्पल हुनेहरू पनि हातमा बोकेर कुद्थे।

मेरो खुट्टामा जुत्ता चप्पल केही हुन्थेन। खाली खुट्टै उकालो लागें म पनि एकाबिहानै हुलमा मिसिएर। गाउँमा खेल्दा, हिँड्दा, कुद्दा कुनै गाह्रो लागेको थिएन। गाउँको सिरानदेखि चुत्रोका काँडाले खुट्टा घोचेर हैरान पार्न थाल्यो। माथि नागीमा सुँगुरे काँडाको बिगबिगी। पाइन्ट र सर्टको बाहुला लुम्सो बनेर अडिँदै अडिएन। खुस्केको खुस्क्यै, झरेको झर्‍यै। यतै अल्झिने, उतै अल्झिने, हिँड्नै गाह्रो। अलिकति हिँड्यो, बनायो। फेरि अलिकति हिँड्यो बनायो। रोकिएको रोकियै, बाहुला बटारेको बटार्‍यै, तैपनि हिँडेको हिँड्यै।

दिउँसो घाम ढल्किन थाल्दा मैयुङको चुचुरोमा पुगियो। मौसम सफा थियो। घाम न्यानो थियो। हावा थकान मार्दै बत्तिन्थ्यो। उत्तरतिर लहरै सेताम्मे हिमाल चुचुराहरू। गाउँहरू धेरै तल। गाउँहरूभन्दा धेरै तल नागबेली अरुण र अरुणको किनारमा कुखुराको गाँडजस्तो फुकेको तुम्लिङटार। ठूलाहरू टाढाटाढा औंलाले देखाउँदै सोधासोध गर्दै त्यो फलाना हिमाल, त्यो फलाना गाउँ आदि भन्दै निकै बेर गफिए। हिमालहरू देखाउँदै भनियो, ‘चारपाटे हिमाल त्यै हो’। तर नेपालको भूगोलमा ‘चारपाटे’ नामको हिमाल पढ्न पाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *