3 जना दाजुभाईलाई Doctor ले यस्तो भन्नुभयो Manav Sewa Ashram (सके सहयोग गर्नुहोला नसके सेयर गरिदिनुहोस्)

समाचार

3 जना दाजुभाईलाई Doctor ले यस्तो भन्नुभयो Manav Sewa Ashram, Karki Pariwar Sarlahi Bhagya Neupane





याे समचार पनि पढ्नुहोस्
लैंगिकता एवं यौनिकतासँग जोडिएका विषयका अभियन्ता थिए सुनिलबाबु पन्त । सोही विष निलहिरा समाजका संस्थापक समेत रहेका उनी एक वर्षयता भने भिक्षु बनेका छन् । हाल उनी भिक्षु कश्यपका रुपमा चिनिन्छन् । नेपाल लिटरेचर फेस्टिभलको सत्र ‘नेपालमा क्वेर हुनुको अर्थ’मा उनी र लेखक निरञ्जन कुँवरले छलफल गरे ।

कार्यक्रममा उनीहरूले नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको सामाजिक एवं कानुनी अवस्था, पश्चिमा समाज र पूर्वीय समाजमा लैंगिक अल्पसंख्यकका लागि भएका काम, सामाजिक संचरनाले यस विषयमा पार्ने असरलगायत विषयमा छलफल गरे ।
भिक्षु कश्यपले क्वेरको शाब्दिक अर्थ ‘अचम्मको’ भएको बताए । सन् १९८०/९० को दशकमा अमेरिकामा उक्त शब्द प्रयोगमा आएपछि विश्वव्यापी रुपमा स्विकारिएको उनको भनाइ छ । भने, ‘पहिले समाजमा कुनै एक बच्चा पूर्ण पुरुष वा पूर्ण महिलाका रुपमा हुर्कने बुझाइ थियो । तर, जन्मँदै वा हुर्कंदै गर्दा कुनै बालबालिकामा महिलामा हुनुपर्ने जस्तो वा पुरुषमा हुनुपर्नेजस्तो गुण विकास नहुँदा उनीहरूलाई तृतिय प्रकृतिका मानिसका रुपमा लिइयो ।’

पश्चिमा समाजमा त्यही समूहलाई क्वेर भनिएको हो । त्यस समाजले लैंगिक वा यौनिक रुपमा कोही पुरुष वा महिला हुन नसकेको खण्डमा उसलाई ‘तिमी पार लाग, कि पुरुष बन, कि महिला’ भन्ने आशयसहित व्यवहार गरिने भएकाले उनीहरूला पारलिंगीसमेत भन्ने गरिएको उनले बताए । ‘जे होस् महिला र पुरुष बाहेक अरु लैंगिक पहिचानका मानिस हुँदा रहेछन् भन्ने बुझियो । तृतीय प्रकृतिका भनिए पनि त्यसले लैंगिक विविधताको झल्कायो,’ उनले भने ।

लैंगिक वा यौनिक अल्पसंख्यक जनाउने थुप्रै नेपाली शब्द भए पनि नेपालमा पश्चिमा शब्दहरूको प्रयोग बढी भएको कश्यपको भनाइ छ । उनले नेपाली एवम् अन्य पूर्वीय समाजमा सामाजिक र सांस्कृतिक रुपमा लैंगिक अल्पसंख्यकहरूलाई विभिन्न भूमिका दिइनुलाई सकारात्मक रुपमा टिप्पणी गरे । पश्चिमा देशमा अझै पनि लैंगिक वा यौनिक हिसाबमा महिला वा पुरुष नभएकै कारण मानिस बाहिष्कार हुने वा विभिन्न सजाय भोग्नुपर्ने अवस्थाबारे सुनाए । भने, ‘हाम्रो त मारुनीदेखि रोपाइँ जात्रा वा राणाकालदेखि अन्य राजाहरूले समलिंगीहरूलाई कलाकारका रुपमा प्रस्तुत गरिन्थ्यो । त्यो ठाउँ दिइएको थियो ।’ पुरातन समाजमा छोरीहरूलाई नाच्न नदिँदा पारलिंगीलाई नै अघि सार्नेदेखि तराईको हिजरा, नटुना, जनानालगायत चलनको समेत उदाहरण दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *