भर्खरै हेर्नुस एकै परि’वारका तिनै जनाले गरे आ’त्म’ह’त्या यस्तो रहेछ, लेखेको प’त्रको वास्त’विकता

समाचार

भर्खरै हेर्नुस एकै परि’वारका तिनै जनाले गरे आ’त्म’ह’त्या यस्तो रहेछ, लेखेको प’त्रको वास्त’विकता




याे समचार पनि पढ्नुहोस्/strong>

नेपाल र चीनले संयुक्त रूपमा उचाइ घोषणा गरेकाले सगरमाथाको चुचुरो आधा–आधा हो कि भनी कतिपयलाई शंका परेको कुरा सञ्चारमाध्यममा आएको छ । यसको अर्थ सर्वोच्च शिखरमा चीनको पनि स्वामित्व स्विकारिएको त होइन भन्ने उपशंका पनि यदाकदा सुन्न पाइन्छ । राजनीतिक हिसाबले चीनले नेपाललाई फकाएर आधा भाग लग्यो भन्ने आशंकासमेत नेपालको राजनीतिक वृत्तमा सुनिन आएको छ । यसबारे बुझ्नुपर्ने विषय के हो भने, सगरमाथाको उत्तरी मोहडा चीनको र दक्षिणी मोहडा नेपालको हो ।

सगरमाथामा पानीढलो सीमा सिद्धान्त अपनाएर सीमांकन गरिएको छ । पानीढलो धारको उत्तरतर्फ चीनको भूभाग अत्यन्तै भिरालो (स्टिप क्लिफ) प्राकृतिक बनोट परेको छ । धारको दक्षिण नेपालतर्फ भने करिब पाँच फिट चौडा र दस फिट लम्बाइको तर्पाइँलो भूमि (स्लोपिङ टेरेस) छ । यो टेरेसको उच्च भाग नै सगरमाथाको शिर हो । उत्तरी मोहडा अर्थात् चीनतर्फबाट शिखर चुम्न नेपालको भूमिमा टेक्नैपर्ने हुन्छ । नेपाली भूमिमा नटेकी आरोही चिनियाँ क्लिफमा अडिन सक्दैनन्, विजेता झन्डा गाड्न सकिन्न, झोला बिसाउन मिल्दैन, अनि फोटो/भिडियो खिच्न पनि सकिँदैन । सगरमाथाको फेद दुवै देशतर्फ परे पनि यसको ‘गजुर’ निश्चय नै नेपालमा पर्छ ।

चुचुरोको स्वामित्व सम्बन्धमा आधा शताब्दीअघिको कुरा जोड्नु प्रासंगिक होला । नेपाल र चीनबीच सन् १९६० मा सीमा सम्झौता र १९६१ मा सीमा सन्धि भएको थियो । सन्धिको दफा ११ मा ‘सीमारेखा नाङ्पा भन्ज्याङबाट साधारणतः दक्षिण–पूर्वतर्फ पहाडी शृंखला हुँदै चोओयु पहाड निरेलंगुर (पुमोली पहाड), सगरमाथा (झोमोलुङ्मा) र ल्होत्सेबाट गुज्री मकालु पहाडतक जान्छ । त्यसपछि…’ भन्ने लेखिएको छ । सन्धिपछि सन् १९६१–६२ मा सीमांकन भएका बखत बत्तीस स्थानमा वादविवाद, दाबी–विरोध परेको थियो । करिब डेढ वर्षको समयावधिमा एकतीस स्थानको विवाद तल्लो तहबाट समाधान भयो । सगरमाथाको मामिला भने प्रधानमन्त्रीस्तरबाट सल्टिएको थियो ।

सगरमाथा विवादबारे नेपाल–चीन सीमा कमिटीको प्रतिवेदन, २०२१ मा लेखिएको छ, ‘चिनियाँ प्रधानमन्त्री श्री चाउ एन–लाईद्वारा १९६० अप्रिल २८ का दिन सिंहदरबार काठमाडौंमा आयोजित प्रेस सम्मेलनमा सगरमाथा समस्याबारे निम्न विचारधारा व्यक्त गरिएको थियो, जुनचाहिँ २९ अप्रिल १९६० को गोरखापत्रमा प्रकाशित भएको थियो : …चीनले सगरमाथाउपर दाबा गरेको छैन । चीनको नक्सामा सगरमाथा चीनभित्र पर्छ, तर श्री ५ को सरकारले प्रस्तुत गरेको नक्सामा सगरमाथा ठीक नेपाल–चीन सिमानामा पर्छ । किन्तु, चीनले नेपालको नक्सालाई नै स्वीकार गरी सगरमाथाको टाकुरोको दक्षिण भाग नेपालको र उत्तरी भाग चीनको हुनुपर्छ भनेको हो’ (पृष्ठ ६०) ।

यसै गरी अवतारसिंह भासिनको ‘नेपाल्स रिलेसन्स विथ इन्डिया एन्ड चाइना, भोल्युम–२’ मा चाउ एन–लाईले प्रेस सम्मेलनमा भनेको वाक्य उल्लेख गरिएको छ, ‘हामीले नेपालको नक्सामा तानिएको धर्सो (डेलिनियसन) लाई स्वीकार गरेका छौं । …अंग्रेजी भाषामा माउन्ट एभरेस्ट भनिनेलाई डेलिनियसन गरी अंकन गर्दा सीमारेखाको उत्तर र सीमारेखा दक्षिणको चुचुरोको उचाइलाई अनुसरण गरेका छौं’ (पृष्ठ १२६४) । यी कुरा आफ्नै ठाउँमा छन् । तथापि, नेपाल–चीन सीमांकन गर्दा अनुसरण गरिएको पानीढलो धारको सिद्धान्तबमोजिम धार दक्षिणको सर्वोच्च भाग नेपालतर्फ पर्न गएको छ ।

चीनले किन उचाइ बढ्यो भनेको हो ?

सन् २००५ मा सगरमाथाको उचार घटेर ८८४४.४३ मिटर मात्र रहन गयो भनेको चीनले अहिले आएर किन बढ्यो भनेको हो भन्ने जिज्ञासा नेपाल र विदेशको विद्वद् बजारमा छाएको छ । चीनले त्यस बखत मापन गर्दा सगरमाथा चुलीको हिउँभित्रको चट्टानी भागलाई आधार मानेर उचाइ निर्धारण गरेको थियो । हिउँको टोपीमाथिको उचाइ त अहिलेको नयाँ उचाइजत्तिकै निकालिएको थियो भन्ने बुझिएको छ । त्यस बेला चीनले किन चट्टानी उचाइ लियो त ? यसलाई विज्ञान–प्रविधिका क्षेत्रमा आफू अमेरिकाभन्दा पनि माथि पुगेको भनी चीनले विश्वलाई अहम् देखाउन खोजेको विषयका रूपमा बुझ्न सकिन्छ । सन् १९९९ मा अमेरिकाले मापन गर्दा ८८५० मिटर उचाइ निर्धारण गरेको थियो ।

चीनले त्यसैलाई संशोधन गर्न खोजेको हुन सक्छ । स्मरणीय छ, चीनले सन् १९७५ मा झोमोलुङ्मा/सगरमाथाको उचाइ ८८४८.१३ मिटर निर्धारण गरेको थियो । तीस वर्षको अन्तरालमा चार मिटर घटबढ हुनै सक्दैन भन्ने कुरो विश्वका भूगर्भवेत्ताहरूले त्यस बखत भनेका थिए । सगरमाथाको उचाइ रातारात घट्ने र बढ्ने पनि होइन । कतिपय अध्येताले उचाइ प्रतिवर्ष दुई सेन्टिमिटरका दरले बढ्दै आएको विश्वास गरेका छन् । पृथ्वीभित्र प्राकृतिक विपत्ति पर्न आएमा केही बढी सेन्टिमिटरको असर पर्न सक्छ, तर दुई–चार मिटरै तलमाथि त हुन सक्दैन भन्ने उनीहरूको बुझाइ रहेको पाइन्छ ।

यसपटक सगरमाथाको हिउँको टुप्पोसम्मकै उचाइ लिनेबारे नेपाल–चीन प्राविधिकबीच व्यापक छलफल चलेको थियो । नापी विभागका महानिर्देशक प्रकाश जोशीको अथक प्रयासले उनका चिनियाँ समकक्षी चाइनिज एकेडेमी अफ सर्भेइङ एन्ड म्यापिङका प्रोफेसर पेङफिआई चेङ (?) लाई प्राविधिक हिसाबले चित्त बुझाएका कारण चीनले हिउँसम्मकै उचाइ मापन गर्न मन्जुर गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्राविधिक नेगोसिएसन गर्ने नेपालको खुबी र क्षमता वृद्धि भएको हिसाबले पनि लिन सकिन्छ ।

दुवै देशको मापन ठ्याक्कै एकाम्य

सगरमाथाको मापन कार्य दुवै देशबाट अलगअलग गरिएको थियो । नेपाल नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्कीले चुचुरोमा ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जीएनएसएस) जीपीएस यन्त्रद्वारा २२ मे २०१९ मा सवा घण्टा मापन गरी डाटा क्याप्चर रेकर्डिङ कार्य गरेका थिए । चीनका सर्भेयर चेन ग्याङ र वाङ विईको टोलीले बिइडोउ (बीएनएसएस) यन्त्रको सहायताले २७ मे २०२० मा मापन कार्य गरेको थियो । यसरी नेपालले अमेरिकी जीपीएस सिस्टम र चीनले आफ्नै बिइडोउ सिस्टमद्वारा मापन कार्य गरी ग्राभिटी, एस्ट्रोनमी, राडार तथा अन्य तथ्यांकको उचाइलाई भिडाएर एकत्रित पारी शुद्ध उचाइ निकालिएको थियो (ग्लोबल टाइम्स, ८ डिसेम्बर २०२०) ।

दुवै देशले सगरमाथा टुप्पोको हिउँको सतहलाई उचाइ मानी आ–आफ्नै विधिले तथ्यांक प्रशोधन तथा संगणना गरेका थिए । दुवैले सेन्टिमिटरभित्रको शुद्धतामा संगणना गरेको अन्तिम नतिजामा निकै थोरै ‘मार्जिन अफ एरर’ (फरक) परेको भए पनि ‘पर्मिसिबल एरर’ को सिद्धान्त र अभ्यासअनुसार औसत लिएर अन्तिम उचाइको अंक संयुक्त रूपमा निर्धारण गरिएको बुझिएको छ । चीनको नापी तथा नक्सांकन राष्ट्रिय ब्युरोका विज्ञ डाङ यामिनका अनुसार वैज्ञानिक नियममुताबिक नेपाल र चीनले मापन गरेको तथ्यांकको औसत लिएर अन्तिम नतिजा निकालिएको थियो (हिमालयन टाइम्स, २०७७ मंसिर २४) । मूलतः गणितीय कार्यपद्धति मिल्ने हुँदा एउटै तथ्यांक आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *