रमेश प्रसाई र उनकी श्रीमतीको आश्रममा हास्दै पुगेकी अन्जु पन्त रु*दै फर्कीइन,अन्जुको गीतले नन्दा भाबुक

समाचार

रमेश प्रसाई र उनकी श्रीमतीको आश्रममा हास्दै पुगेकी अन्जु पन्त रु*दै फर्कीइन,अन्जुको गीतले नन्दा भाबुक




याे समचार पनि पढ्नुहोस्

नेपाली साहित्यमा काठमाडौंका र दार्जीलिङका कथा धेरै लेखिए । दार्जीलिङको योगदान चर्चा गर्नु मेरो यो लेखको लक्ष्य होइन । तर त्यो सानो ठाउँले एक जमानामा पूरै नेपालीभाषीहरूको सांस्कृतिक शक्ति निर्धारण गथ्र्यो । नेपालगन्जका कथा सनत रेग्मी र पछि नयनराज पाण्डेले लेखे । कर्णालीका कथा बुद्धिसागरले लेखे । गौतमहरूले वीरगन्जका कथा लेखे । र पनि नेपाली साहित्यमा भन्न छुटेका आञ्चलिक कथाहरू भने धेरै छन् । २०११ सालको बाढीपछि धेरै पहाडियाहरूलाई बसाइएको चितवनको सुरूका दिनहरूबारे कथा लेखिएन । ती दिनबारे बुझ्न अहिले पनि बजेट वा पञ्चवर्षीय योजनाका पुराना रेकर्ड नै खोल्नुपर्छ ।

त्यस्तै मुलुकलाई सामन्ती युगबाट अर्धसामन्ती युगमा ल्याउने २०१६ सालको बिर्ता उन्मूलन कार्यक्रम, २०२१ सालको भूमिसुधार कार्यक्रमका गाउँगाउँमा परेका असर पनि साहित्यमा राम्ररी आएका छैनन् । सयौं वर्ष चलेको ल्हासा व्यापार र ल्हासा जाने नेपालीका कथाहरू पनि केही संस्मरणमा बाहेक राम्रोसँग लेखिएका छैनन् । २०३० सालतिर बिस्तारै जुर्मुराउन थालेको नेपालको पर्यटनले काठमाडौंका अलावा पोखरा, चितवन, सोलुखुम्बु क्षेत्र, मुस्ताङ क्षेत्र र हालै लुम्बिनीलाई असर पारेको छ । ४० को दशकमा केही चलचित्रले र्‍याफ्टिङ व्यवसायका कथा लेखे, गाइड भएर काम गर्नेका कथाबाहेक अविस्मरणीय कृतिका रूपमा त्यहाँका आर्थिक परिवर्तन झल्किने गरी साहित्यिक अभिलेख अझै आएका छैनन् । अर्थशास्त्रीहरूको पनि ध्यान त्यतातिर सीमित रूपमा मात्र पुगेको छ ।

महिला साहित्यकारहरूले सुरूमा बढी ध्यान दिएका बुहार्तन, प्रेमका मुद्दा र पछि केन्द्रित भएका इब्सेनको कठपुतलीको घरको नेपाली संस्करणका कथाहरूका अलावा बढ्दै गएको महिलाका आर्थिक भूमिकाबारे लेखेका छन् । विपन्न परिवारका दु:ख पाएका महिलाहरूका कथा धेरै पाइन्छन्, त्यसका अतिरिक्त प्रेमा शाहको पहेंलो गुलाफ, मञ्जु काँचुलीको वाकवाकीमा सम्पन्न परिवारका महिला पात्रहरूको झलक छ । स्व. अङ्गुरबाबा जोशीको अक्षर साधना र गोधुलीले एक महिला सफल पात्रको काठमाडौंमा आधारित कथा भन्छ । तर आजका महिलाहरूको अझै धेरै कथा नयाँ फ्रेमवर्कबाट लेखिन बाँकी छ ।

जति धेरै आञ्चलिक कथा लेखिन्छन, जति धेरै विविध जातजातिका कथा लेखिन्छन्, जति धेरै हुर्कंदै गरेका व्यवसायीहरूका कथा लेखिन्छन्, जति कथा, उपन्यास, कविताका पात्रहरूमा विविधता आउँछन् र जति उनीहरूको आर्थिक अवस्थाको, सङ्घर्ष र सफलताबारे लेखिन्छन्, त्यति नै भविष्यका अर्थशास्त्रीहरूलाई समाज बुझ्न सहयोग हुनेछ ।

त्यसो त सोची ल्याउँदा कहिलेकाहीँ अर्थशास्त्री र साहित्यकारको भेटघाट सधैं सोचे जस्तो राम्रो हुँदैन । विश्वेश्वरप्रसाद कोइरालाको राजनीति मुलुकको अर्थनीतिको वरिपरि घुमेको पनि थियो । उनी बिर्ता उन्मूलनका लागि लडे र आफ्नो सरकार आउनेबित्तिकै त्यही गरे । उनको सामना भने पोएट (कवि) राजासँग भयो, जसले पछि उनलाई ‘पोएटिक जस्टिस’ दिए; सत्ताच्युत गरेर र अदालतको मुखै हेर्न नदिई आठ वर्षसम्म बन्दी बनाएर ।

राजनीतिक परिवर्तन देखिने खालका हुन्छन् । तिनका विभिन्न कोणबाट चर्चापरिचर्चा पनि हुन्छन् । तर मुलुकमा राजनीतिकसँगै धेरै आर्थिक र सामाजिक परिवर्तन भएका हुन्छन् । तिनको सम्झना रहिरहोस् भनेर पनि केही यथार्थवादी साहित्यको जरूरत हुन्छ । एउटा फ्रेमवर्क र सिद्धान्तमा बाँधिएर उपलब्ध तथ्याङ्कहरूमा सीमित रहेर हेर्ने अर्थशास्त्रीका आँखाले यावत् मुलुकको विहङ्गम दृश्य देख्न सक्दैन, साहित्यले सक्छ । फ्रेन्च राज्यक्रान्तिबारे कार्लाइलले लेखे तर डिकेन्सको अ टेल अफ टु सिटिजले त्यसलाई राम्रोसँग बुझ्न सहायता गरेको छ ।

नेपालमा आज पनि धेरै नयाँ आर्थिक घटना भइरहेका छन् । २०५० को निजीकरण र आर्थिक उदारीकरणले देशको जीवन फेरेको छ । धेरै मध्यमवर्गीय व्यक्तिहरू निस्केका छन् । तथ्याङ्कहरूले के पनि देखाएका छन् भने गाउँगाउँबाट मानिस सहरमा ओइरिएका छन् । हालैको श्रम शक्ति सर्वेक्षणमा प्रकाशित एक तथ्याङ्कअनुसार गाउँबाट सहरमा ६८ लाख ४२ हजार मानिस आएका थिए भने सहरबाट गाउँमा जम्मा ८४ हजार । गाउँका गाउँ रित्तिएका छन् । यसरी थातथलो छाडेका नेपालीको कथा अझै विभिन्न कोणबाट भनिनु छ ।

एउटा कोणबाट मात्र कथा भन्दा त्यसको असर अर्कै पर्छ । तथ्याङ्कहरू, कथाहरू विभिन्न तरिकाले हेरिनुपर्छ । उदाहरणका लागि नेपाली रिपोर्ट मात्र हेर्‍यौं भने हामी दिनका दिन यत्रा मानिस मरेर बाकसमा आइरहेका छन्; तैपनि किन नेपालीहरू विदेश गएका छन् भन्छौं । अर्थशास्त्री महेश्वर श्रेष्ठको एक अध्ययनअनुसार उनको अध्ययन समूहमा भएका विदेश गएका नेपाली दुई वर्षमा प्रतिएक हजार जनामा १.३ जना मरेका थिए भने यता देशभित्र सोही उमेरसमूहका नेपालीको मृत्युदर दुई वर्षमा प्रतिएक हजारमा ४.६ छ । अर्थात् विदेशमा काम गर्न जाने नेपालीको मृत्युदर नेपालमा बस्ने सोही उमेरसमूहका नेपालीको मृत्युदरभन्दा कम छ । यस तथ्याङ्कभित्र अरु उपकथा पनि छन् । अर्थशास्त्रभन्दा भित्र छिरेर, मिहीन तरिकाले समाजलाई केलाएका बसाइँ जस्ता विभिन्न समुदायका, विभिन्न भेगका कथा हामीले पढ्नै बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *