श्रीमान घर पुग्दा ब’च्चासहित श्रीम’ती भा’गेपछी चल्यो रु’वावासी | पुर्व प्रेमी माथि आफन्तको शं’का

समाचार

श्रीमान घर पुग्दा ब’च्चासहित श्रीम’ती भा’गेपछी चल्यो रु’वावासी | पुर्व प्रेमी माथि आफन्तको शं’का




याे समचार पनि पढ्नुहोस्

जैविक प्रविधि तथा सूचना प्रविधिको उच्चतम विकासपछि विश्वले जलवायु परिवर्तन, मानवको अमरत्व तथा अन्य ग्रहमा मानव बस्ती विस्तारतर्फ लगानी तथा शिक्षालाई उन्मुख गरिरहेको वर्तमान अवस्थामा अधिकांश हामी नेपाली दुई छाक भरपेट खाना, ओत लाग्ने सामान्य छाना तथा मौसमी प्रतिकूलताबाट सुरक्षित रहनका लागि नानाबारेमा सोच्दैमा अन्य विषयवस्तुतर्फ ध्यान दिन नसकेको अवस्थामा छौं।

सामान्य प्राकृतिक विपद्देखि को’भिड– १९ जस्ता महामारीसम्मका लागि विश्व समुदायको मुख ताक्नुपर्ने एकातिरको राष्ट्रिय अवस्था छ भने अर्कातिर केही उच्च कौशल प्राप्त तथा धनाढ्यहरूले यहाँको सम्पत्ति बसाइँसराइ गरी अन्य मुलुकमा समेत सारेको अवस्था छ। यिनै अवस्थाको वस्तुगत अनुवाद शिक्षा, स्वास्थ्य तथा रोजगारको वर्तमान उपलब्धता हो। यी तीनवटा तथ्यको समष्टिगत संयोजनलाई अन्तर्राष्ट्रिय संस्थाहरूले मानव विकास सूचकांक नाम दिएका छन्। मानव विकास सूचकांकका दृष्टिले हाम्रो स्थान विश्वको दाँजोमा मात्र होइन; छिमेकीका तुलनामा पनि उत्साहप्रद भएको मान्न सकिने अवस्था छैन। यस आलेखमा शिक्षा तथा रोजगारका क्षेत्रमा हामीले गरेका प्रयास तथा जोड दिनेपर्ने क्षेत्रका बारेमा चर्चा गरिनेछ।

सनातन धर्मले उपासनाका माध्यमबाट शक्ति हासिल गर्न सकिनेमा जोड दिएको पाइन्छ। मानवमा अन्तरनिहित शक्तिका आधार शिक्षा, स्वास्थ्य र रोजगारका माध्यमबाट प्रकट हुने भएकाले शिक्षालाई ज्ञानशक्ति, स्वास्थ्यलाई कर्मशील शक्ति तथा रोजगारलाई ऐश्वर्य शक्तिका रूपमा पनि बुझ्न सकिन्छ। ज्ञानशक्तिको उपासनाका लागि सरस्वती वन्दना, ऐश्वर्य शक्तिको उपासनाका लागि लक्ष्मी वन्दना तथा कर्मशक्तिको उपासनाका लागि भगवती वन्दना हाम्रो सनातनी परम्परा नै हो। उपासनालाई साधना, परिश्रम तथा मेहनतका रूपमा पनि बुझ्न सकिन्छ। यी तीनवटा शक्तिमध्ये सरस्वती तथा भगवती वन्दनालाई लगानीका रूपमा पनि अथ्र्याउन सकिन्छ भने लक्ष्मी वन्दना भने नतिजा नै मान्नुपर्ने हुन्छ।

यी तीनवटै शक्ति आपसमा अन्योन्याश्रित मात्र होइन कि विशेष क्रममा समेत रहेका हुन्छन्। एउटा शक्तिको उपार्जन नभई अर्को शक्तिको उपार्जन व्यक्तिका लागि उपयोगी भए पनि समाजका लागि उपयोगी नहुन सक्छ। पहिलो क्रममा ज्ञानशक्ति दोस्रो क्रममा कर्म शक्ति र अन्तिम क्रममा ऐश्वर्य शक्ति नै उपयुक्त क्रम मान्न सकिन्छ। ज्ञानशक्ति तथा कर्म शक्तिले संस्कार निर्माणमा सघाउ पुर्‍याउँछन् भने कर्म तथा धनशक्तिले आविष्कारमा मद्दत पुर्‍याउँछन्। यही आविष्कार नै उद्दमशीलता हो। यसका लागि कर्मस्थल अथवा कार्यस्थल उपयुक्त हुनुपर्छ। यही उद्देश्यबाट प्रेरित भएको क्रम नै तार्किक तथा वैज्ञानिक भएकाले यसलाई नै कार्यस्थलको शिक्षा अथवा व्यावसायिक शिक्षा मान्न सकिन्छ।

कक्षाकोठाको सिकाइ ज्ञान तथा कार्यस्थलको सिकाइ कर्मका रूपमा अर्थ लगाउने हो भने उपयुक्त ज्ञान तथा उपयुक्त कर्मले मात्र वास्तविक ऐश्वर्य प्रदान गर्न सक्छ। यही ऐश्वर्य नै सम्मानित रोजगार अथवा मर्यादित काम पनि हो। के हाम्रा शिक्षालय तथा शिक्षा प्रणाली यसका लागि तयार गरिएका छन् त ? शिक्षा नीतिमै उल्लेख गरिएको ‘शिक्षालाई सीपसँग जोड्ने, सीपलाई श्रमसँग जोड्ने, श्रमलाई उत्पादनसँग जोड्ने, उत्पादनलाई रोजगारसँग जोड्ने, रोजगारलाई विकाससँग जोड्ने र विकासलाई समृद्धिसँग जोड्ने’ वाक्यांशको आशय पनि ज्ञानशक्ति, कर्मशक्ति तथा ऐश्वर्य शक्तिको सबल बन्धनमा समुचित लगानी तथा व्यवस्थापनमा प्राथमिकता दिने भन्ने नै हुन आउँछ। यो भनाइको आशय पनि शिक्षा र रोजगारको अन्तरसम्बन्धलाई स्विकारी यही सम्बन्धलाई प्राथमिकतामा राखेको भन्ने लगाउनुपर्ने हुन्छ। के हाम्रो शिक्षा प्रणाली त्यसैअनुरूपको छ त ?

शिक्षा प्रदान गर्न शिक्षक, शिक्षालय तथा शिक्षण सामग्रीहरूको आवश्यकता पर्छ। यिनीहरूको समन्वयात्मक तथा समुचित प्रयोग नै सफल शिक्षण हुन आउँछ। औपचारिक शैक्षिक योग्यता हासिल गरेर शिक्षण संस्था तथा कार्यस्थलमा हुने कार्यबारेमा यथेष्ट अनुभव अथवा अवलोकन गरेको व्यक्ति नै शिक्षकका लागि उपयुक्त पात्र हुन सक्छ।

त्यसैगरी शिक्षक हुनका लागि आवश्यक अनुमति प्राप्त गरी सेवामा प्रतिस्पर्धाका आधारमा सफल ठहरिएको तथा आवधिक मूल्यांकनका माध्यमबाट क्षमता परीक्षण तथा विकासका लागि तत्पर शिक्षक नै उपयुक्त ठानिन्छ। पाठ्यक्रम तथा राष्ट्रिय पेसागत सीप प्रणालीका उत्पादन तथा उत्पादन प्रक्रियासँग जोड्ने गरी बनाइएको हुनुपर्छ। सिकाइ उद्देश्य तथा उपलब्धि र सिकाइ विधि तथा सिकाइस्थल निर्धारण गरिएको पाठ्यक्रम उत्पादन तथा उत्पादन प्रक्रियाका लागि सहयोगी पुस्तिका वा कार्यविधि सावित हुन जान्छ।

उत्पादनस्थल प्रयोगशाला नभई कार्यशालामा समेत रूपान्तरण भएको हुनुपर्छ। यो रूपान्तरणमा उद्योग तथा व्यवसायी सहभागी मात्र होइन; व्यक्तिगत, समूहगत तथा संस्थागत तवरले समेत साझेदार हुने वातावरण निर्माण गर्नुपर्छ। यो अवस्था निर्माण गर्नका लागि आवश्यक पर्ने आर्थिक लगानी उत्पादन अभिवृद्धिका लागि जनशक्ति निर्माण र जनशक्ति निर्माणका लागि शिक्षण–प्रशिक्षणका क्रममा हुनु नै एक आयामिक परिवर्तन हुन जान्छ। त्यसैले हालसम्म परम्परागत सोचमा रहेको रोजगारका लागि शिक्षाबाट माथि उठेर शिक्षाका लागि रोजगारको अवधारणा नै उपयुक्त हुन्छ।

पाठ्यक्रम निर्माणमा अपनाइएका विधिहरूको हालको प्रक्रिया हेर्दा निर्णयकर्ताले व्यवस्थापकीय अथवा प्राज्ञिक आधारमा पेसा आकलन गरी यसका लागि द्रूत बजार लेखाजोखा तथा तालिम आवश्यकता पहिचानका माध्यमबाट प्रमाणित गर्ने गरिँदै आएको देखिन्छ। यसबाट बजारमा प्रचलित पेसा, व्यवसाय तथा यसमा हुन सक्ने सम्भावित रूपान्तरणको आकलनमा पेसा व्यवसायी सक्रिय सहभागिता भएको देखिँदैन। उसले आफ्नो लगानीको परिमाण तथा लगानीको आकांक्षा गोप्य नै राखेको पाइन्छ। यो गोप्यता उजागर गर्ने वातावरण निर्माण गर्न सकेमा माथिको अन्योन्याश्रित अन्तरसम्बन्ध स्थापित गर्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *