छिमे’कीले खो’ले सकुन्तला लाई आ*फनै दाईले श्रीम* ती बनाएर राखेको रह* स्य। सकुन्तलाको ह *त्या हुनुको (भिडियो हेर्नुहोस्)

समाचार

छिमेकीले खो’ले सकुन्तला लाई आ*फनै दाईले श्रीम* ती बनाएर राखेको रह* स्य। सकुन्तलाको ह *त्या हुनुको (भिडियो हेर्नुहोस्)





याे समचार पनि पढ्नुहोस्
अर्थतन्त्रमा उपयुक्त किसिमबाट विदेशी विनिमय व्यवस्थापन भएन भने त्यसले आर्थिक संकट निम्त्याउँछ भन्ने कुरा एसियाली आर्थिक संकटबाट प्रमाणित भइसकेको छ । त्यसैले मुलुकको आर्थिक खुलापन (कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक व्यापारको अंश), वित्तीय एकीकरणको अवस्था, व्यापारको केन्द्रीकरण, विदेशी विनिमय परिवर्त्यता, वित्तीय बजारको विकासको अवस्था, अल्पकालीन पुँजी प्रवाहको अवस्था हेरेर विदेशी विनिमय व्यवस्थापन गर्ने गरिन्छ । विश्वमा आर्थिक उदारीकरण र विश्वव्यापीकरणसँगै विदेशी विनिमय व्यवस्थापन कार्यमा पनि धेरै खुकुलोपन आइसकेको छ । नेपालमा पनि यही नीतिअनुरूप खास गरी सन् १९८० र १९९० को दशकदेखि विदेशी विनिमय व्यवस्थापनमा धेरै सुधार र खुकुलोपना ल्याइसकिएको छ । उदाहरणस्वरूप, आयात इजाजतपत्रको खारेजी, वाणिज्य बैंकहरूलाई विनिमय दर निर्धारण गर्न स्वतन्त्रता, विदेशी लगानीकर्तालाई लगानीको रकम र लाभांश विदेशी मुद्रामा सहजै फिर्ता लैजान दिने व्यवस्था, ड्राफ्ट टीटीका माध्यमबाट निश्चित रकमसम्मको भुक्तानी दिन पाइने व्यवस्था, नेपाली रुपैयाँलाई चालु खातामा पूर्ण परिवर्त्यता, पुँजी खातामा आंशिक परिवर्त्यता, विदेशी विनिमय दरको निर्धारण माग र आपूर्तिका आधारमा गर्ने व्यवस्था आदि यो अवधिमा गरिएका सुधारहरू हुन् ।

मूलतः विदेशी विनिमय व्यवस्थापनले दुर्लभ विदेशी विनिमयको प्राप्ति, सञ्चिति, खर्च, विनिमयदर निर्धारण र लगानीसम्बन्धी कार्यलाई समेट्छ । विदेशी विनिमय व्यवस्थापन गर्दा मुलुकको केन्द्रीय बैंकले समष्टिगत आर्थिक नीतिको उद्देश्य, शोधनान्तर स्थिति, मुद्रास्फीति, आर्थिक वृद्धिदर र विदेशी मुद्राको सञ्चितिलाई ध्यानमा राख्नुपर्छ ।

विदेशी विनिमयका विभिन्न आयाममा विदेशी विनिमयको प्राप्ति, सञ्चिति, खर्च (भुक्तानी) र विनिमयदर निर्धारण, लगानी, विदेशी विनिमयसम्बन्धी ऐन तथा नीतिगत व्यवस्था, समसामयिक सुधारहरू, नियमन, अनुगमन, सुपरिवेक्षण आदि विषय पर्छन् । मुलुकमा विदेशी विनिमयको प्राप्ति विभिन्न स्रोतबाट हुने गर्छ । जस्तो– वस्तुको निर्यात, पर्यटक आगमन, शिक्षा, औषधोपचार, अन्य सेवाको निर्यात, विप्रेषण, प्रत्यक्ष विदेशी लगानी, विदेशी ऋण, विदेशी अनुदान आदि । नेपालमा आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु निर्यात १०८ अर्ब २ करोड रुपैयाँ बराबरको भएको छ । सेवा निर्यातबाट १५६ अर्ब ३५ करोड, विप्रेषणबाट ८७५ अर्ब ३ करोड, विदेशी प्रत्यक्ष लगानीमार्फत १९ अर्ब ६८ करोड, विदेशी ऋणबापत १६२ अर्ब ५८ करोड र विदेशी अनुदानबापत ५१ अर्ब ९३ करोड बराबरको विदेशी मुद्रा प्राप्त भएको छ ।

विदेशी विनिमय व्यवस्थापनको अर्को आयाम हो– विदेशी मुद्रा भुक्तानी । वस्तु आयात गर्दा, विदेश जाँदा, पासपोर्ट सुविधाबापत विदेशी मुद्रा लिँदा, विदेशी मुद्राको ऋणको साँवा–ब्याज भुक्तानी गर्दा, विदेशी लगानीको प्रतिफल देशबाहिर लैजाँदा, सेवा निर्यात गर्दा पनि विदेशी मुद्रा खर्च भइरहेको हुन्छ । नेपालमा आर्थिक वर्ष २०७६/७७ मा वस्तु आयात गरेबापत ११६९ अर्ब ६२ करोड र सेवा आयात गरेबापत १५५ अर्ब १३ करोड बराबरको विदेशी मुद्रा खर्च भएको छ । विदेशी ऋणको भुक्तानीबापत २३ करोड ५६ लाख, विदेशी लगानीको प्रतिफलबापत १९ करोड ५८ लाख, विदेश भ्रमणबापत ५३ अर्ब १३ करोड र शिक्षामा २५ अर्ब ८१ करोड बराबरको विदेशी मुद्रा खर्च भएको छ ।

विदेशी विनिमय व्यवस्थापनको अर्को आयाम हो– विदेशी विनिमय सञ्चिति र यसको व्यवस्थापन । यसअन्तर्गत विदेशी विनिमय सञ्चितिलाई उपयुक्त लगानी गर्ने, लगानीका सिद्धान्तहरूको उचित ढंगले पालना गर्ने, आवश्यकताअनुसार भुक्तानी दिने, भारु र परिवर्त्य विदेशी मुद्राको अंश मिलाएर राख्ने, विदेशी विनिमय सञ्चिति र मौद्रिक नीतिबीच उपयुक्त तादात्म्य कायम राख्ने आदि विषय पर्छन् । नेपालमा आर्थिक वर्ष २०७६/७७ मा विदेशी मुद्रा सञ्चिति १४०१ अर्ब ८४ करोड रुपैयाँ रहेकामा २०७७ कात्तिक मसान्तमा १५०६ अर्ब ६ करोड पुगेको छ, जुन १४.४ महिनाको वस्तु आयात तथा १४ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त छ ।

विनिमय दर निर्धारण विदेशी विनिमय व्यवस्थापनको अर्को महत्त्वपूर्ण आयाम हो । नेपाल राष्ट्र बैंकले बीसवटा परिवर्त्य विदेशी मुद्राहरू र भारतीय मुद्राको विनिमय दर निर्धारण गर्छ । नेपालले भारतीय मुद्रासँग स्थिर र अन्य परिवर्त्य विदेशी मुद्रासँग लचिलो विनिमय दर प्रणाली अवलम्बन गरेको छ । तर भारुसँगको स्थिर विनिमय दर प्रणालीले गर्दा ‘क्रस रेट’ का कारण नेपालको विनिमय दर प्रणालीलाई लगभग स्थिर नै मान्न सकिन्छ । भारतीय मुद्रासँग नेपाली रुपैयाँको विनिमय दर १०० भारु बराबर १६० नेरु छ । २०२३ मा झन्डै बराबर रहेको भारुको विनिमय दर २०४९ सम्म सातपटक परिवर्तन गरिएकामा २०४९ यता सो दर यथावत् छ ।

नेपालजस्तो खुला तर सानो अर्थतन्त्रमा विदेशी विनिमयको व्यवस्थापन चुनौतीपूर्ण छ । पहिलो, नेपालले भारुसँगको स्थिर विनिमय दर प्रणालीका कारण भारतीय मुद्राको विनिमय दर कुनै पनि कारणले अस्थिर हुन गयो भने त्यसको असर नेरुमा परिहाल्छ । अर्को कुरा, नेरुको भारुसँग एउटै स्थिर विनिमय दर कायम भएको २८ वर्ष भएको छ । अहिलेसम्म पनि नेपालले चालु खातामा मात्र पूर्ण परिवर्त्यता हासिल गरेको छ । पहिलेका तुलनामा अहिले पुँजी खाता परिवर्त्यतातर्फ पनि धेरै खुकुलोपना र सुधार भएको भने अवश्य हो । लगानीको माध्यमबाट उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी आर्थिक समृद्धि हासिल गर्ने हो भने पुँजी खाता परिवर्त्यतातर्फ अझै कदम चाल्नुपर्ने हुन सक्छ, तर नेपालमा अहिले नै पुँजी खाता पूर्ण परिवर्त्य बनाउन सकिन्न । क्रमिक रूपमा मात्र कदम चाल्नु उपयुक्त हुन्छ ।

अन्त्यमा, आफूसँग भएको विदेशी विनिमय सञ्चितिलाई लाभदायक क्षेत्रमा सुरक्षित रूपले लगानी गर्ने, लगानी पोर्टफोलियो व्यवस्थापनका सिद्धान्तहरूको कुशलतापूर्वक पालना गर्ने, भुक्तानी प्रणालीलाई पूर्ण सुरक्षित बनाउनेजस्ता विदेशी विनिमयका चुनौतीहरू उल्लेखनीय छन् । आफ्नो साधन, स्रोत, समष्टिगत आर्थिक परिसूचकहरूको अवस्था, ऐनकानुन, अर्थव्यवस्थाको प्रकृति, निकटतम व्यापारिक साझेदार, भारतसँगको नेपालको सम्बन्ध आदि पक्षहरूलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले क्रमिक र प्रभावकारी रूपमा उपर्युक्त चुनौतीहरूको समाधानसहित विदेशी विनिमय व्यवस्थापन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *