४० लाख लिएर डि*भोर्स नगरेपछि मा*रेको खु’लाशा, ला*श हेर्दा आँखा समेत निस्किएको थियो, हेर्नुस्

समाचार

४० लाख लिएर डि*भोर्स नगरेपछि मा*रेको खु’लाशा, ला*श हेर्दा आँखा समेत निस्किएको थियो, हेर्नुस्




याे समचार पनि पढ्नुहोस्

हाम्रो परम्परा हाम्रो संस्कृति हो। अनि हाम्रो संस्कृति हाम्रो विशिष्ट पहिचान हो। बदलिँदो समय र परिस्थितिमा कतिपय संस्कृति कसैकसैलाई अव्यावहारिक र असान्दर्भिक पनि लाग्न सक्छ। अझ अन्धविश्वास पनि लाग्न सक्छ। हो, संस्कृतिभित्र अन्धविश्वास पनि छन्। तर अन्धविश्वास नै भए पनि संस्कृतिले हाम्रो कुनै हानि गरेको छैन, न आर्थिक न सामाजिक। बरु हाम्रो हरेक संस्कृतिले हाम्रो पहिचान राख्दै आएको छ। हाम्रो हरेक संस्कृतिले पारिवारिक मिलनदेखि सामाजिक सद्भाव बढाउन सघाउँदै आएको छ। संस्कृतिको जगेर्ना गर्नु हाम्रो आफ्नो पहिचानको संरक्षण गर्नु पनि हो।

जुन संस्कृतिले हाम्रो जीवनशैलीलाई सहज, सरल र पहिचानयुक्त बनाएको छ, त्यसलाई हामी असल संस्कृति भन्न सक्छौं। यस्तो संस्कृतिलाई हामी वर्षौंदेखि वर्षौंसम्म पालना गरिरहन्छौं। यस्तो संस्कृतिले हाम्रो समाज र अर्थतन्त्रमा समेत नकारात्मक असर गर्दैन। तर जसले हाम्रो आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षमा हानि पुर्‍याउँछ, त्यसलाई हामी खराब संस्कृति भन्न सक्छौं। अझ यसलाई बेथिति अथवा विकृति पनि भन्न सक्छौं। विकृतिले संस्कृतिको क्षय गराउँछ। अहिले जानीनजानी संस्कृतिको भन्दा विकृतिको दबदबा बढिरहेको छ। हामी आफ्नोलाई छोडी अरूकै संस्कृतितर्फ आकर्षित हुँदै गइरहेका छौं र आफ्नै पहिचान भुल्दै गइरहेका छौं।

हाम्रो संस्कृति मास्ने बेथिति अर्थात् विकृति बढ्दै गर्दा हाम्रो मौलिक संस्कृति नै खतरामा परेको छ। हामीले जानीनजानी हाम्रा आचरण, व्यवहार र जीवनशैलीमार्फत संस्कृतिलाई भन्दा बेथितिलाई बढी महत्त्व दिँदै आएका छौं। त्यसैले समाजमा संस्कृतिलाई मास्ने बेथितिले बलियो जरो गाडेको छ। त्यसलाई हल्लाउन बलियै शक्तिको आवश्यता देखिएको छ।

पछिल्लो समय हामी हाम्रा पुराना संस्कृति भुल्न खोज्दै छौं। पुराना संस्कृति भुल्दै नयाँ संस्कृति निर्माणमा जानीनजानी लागिपरेका छौं। अझ नयाँ संस्कृति निर्माणमा भन्दा पनि अरूको संस्कृति अपनाउन हामी लालायित बन्दै छौं। अनि हाम्रा लालसालाई सूचना र सञ्चारको विकास अनि विश्वव्यापीकरणको प्रभाव भनेर आफैं उम्कने प्रयास पनि गर्दै छौं। यसरी उम्कनका लागि हामीले कल्चरल चेन्ज अर्थात् सांस्कृतिक परिवर्तन र कल्चरल एसिमिलेसन अर्थात् सांस्कृतिक आत्मसातको सहारा पनि पाएका छौं। किनभने संसारमै यसको लहर चलेको छ। समाजशास्त्रभित्र सांस्कृतिक परिवर्तन र सांस्कृतिक आत्मसात एउटा महत्त्वपूर्ण पाटोका रूपमा रहिआएका छन्।

पहिला हामी हाम्रो जन्म दिन दान गरेर र मन्दिरमा बत्ती बालेर मनाउँथ्यौं भने अहिले पार्टी गरेर र बत्ती निभाएर मनाउँछौं। दान गर्नुको अर्थ गरिबलाई दिनु हो। अनि बत्ती बाल्नुको अर्थ जीवनमा उज्यालो आओस् भन्नु हो। त्यो उज्यालोको खोजी हो। तर अहिले पार्टी प्यालेसमा पार्टी गर्छौं। त्यसको अर्थ के हो हामीलाई थाहा छैन। त्यो पश्चिमा धनीहरूको संस्कृति हो। अनि बलिरहेको बत्ती आफैंले फुकेर निभाउँछौं। त्यसको पनि अर्थ थाहा छैन हामीलाई। त्यो पनि पश्चिमाकै संस्कृति हो। पहिला गर्भवती भएकी छोरीचेलीलाई दही–चिउरा खुवाउन जाने चलन थियो। अहिले ‘बेबीसावर’ संस्कृतिले खर्लप्पै निलेको छ दहीचिउरा खुवाउने चलनलाई। हामी आफ्नोपन भुल्दै छौं।

हामी पार्टी प्यालेसभित्रको रौनकमा रमाइरहँदा गरिब र तिनका सन्तानले पार्टी प्यालेसको ढोकाबाहिरबाट बडो आशा र उत्सुकतापूर्वक भित्र चियाइरहेका हुन्छन्। तर हामी तिनलाई भित्र बोलाउन सक्दैनौं, बोलाउन चाहँदैनौं। उनीहरू पार्टी प्यालेसभित्र आए पार्टीको रौनक घट्छ भन्ने सोच्छौं। हामीभित्रबाट मानवता पनि हराउँदै गएको छ।

जन्मदिनमा हामी सगुन लिन्थ्यौं र सकेको दान गथ्र्यौं। विशेषगरी दहीचिउरा, रोटी र फलफूल दान गथ्र्यौं। त्यो दही र त्यो चिउरा हाम्रो आफ्नै उत्पादन हो। त्यसले हाम्रै उत्पादनलाई प्रोत्साहन गथ्र्यो र किसानको हौसला बढ्थ्यो। हामी आत्मनिर्भरको अवस्थामा थियौं। दान त अहिले पनि गर्छौं। हामी महँगो चकलेट दान गर्छौं। त्यसले हाम्रो उत्पादनलाई गिज्याएको छ र आयातलाई बढावा दिएको छ।

पछिल्लो समय अरूको संस्कृति अपनाएर आफ्नो संस्कृति भुल्नेमात्रै होइन, नयाँ तर खराब संस्कृति निर्माण पनि हामीले गरिरहेका छौं। यसको ज्वलन्त उदाहरण हो घुस संस्कृति। यसलाई हामीले समाजको एउटा अनिवार्य संस्कृतिका रूपमा विकास गर्न खोज्दै छौं। अन्यत्र घुस दिनुलाई अपराध मानिन्छ। हामीकहाँ घुस दिनुलाई इनाम भनिन्छ र घुस लिन सक्नुलाई पुरुषार्थ मानिन्छ। त्यसैले भ्रष्टाचारीहरू समाजमा सम्मानित छन्। भ्रष्टाचारीहरू विशिष्ट व्यक्तिका रूपमा चिनिएका छन्। पसिनाको कमाइ खानेलाई हामी ‘सानो मान्छे’ भनेर हेलाँ गर्छौं। तर घुस ज्युनार गर्नेलाई ‘ठूलो मान्छे’ भनेर सम्मान गर्छौं। यही हाम्रो भूल हो।

भन्नलाई त हामी घुस संस्कृति हामी र हाम्रो समाजका लागि हानिकारक छ भन्छौं। भ्रष्टाचारलाई सामाजिक महारोग पनि भन्छौं। तर जानीनजानी हामीले यो घुस संस्कृतिलाई हौसला दिँदै आएका छौं। भ्रष्टाचारलाई प्रोत्साहित गर्दै आएका छौं। हामीले हाम्रा तुच्छ स्वार्थपूर्ति गर्न समाजका लागि निकै हानिकारक मानिएको घुस संस्कृतिलाई मलजल गरिरहेका छौं।

घुस लिनु वा दिनु अपराध हो भनेर कानुनमा लेखिएको छ। तर त्यसको पालना हुन सकेको छैन। किनभने नीति र कानुन संस्कृतिभित्र पर्दैनन्। त्यसैले त्यसलाई अपनाउन हामी त्यति जागरुक पनि हुँदैनौं। नीति र कानुनको डर जति देखाए पनि घुस संस्कृति घट्नुको साटो बढ्नुको कारण त्यस्ता नीति र कानुन संस्कृतिभित्र नपर्नु नै हो। घुस लिनु र दिनु समाजविरोधी हो भनेर बुझ्ने र घुस लिने वा दिने कामलाई अवज्ञा गर्नुपर्छ भन्ने घुसविरोधी संस्कृतिको विकास नभएसम्म घुस संस्कृतिको अन्त्य मुस्किल छ।

कुनै अपराध गरी वा घुस खाएर जेल परेका मान्छे जेलबाट छुट्दा हामी फूलमालाले स्वागत गर्छौं। यस्तो गर्न पाउँदा हामी आफूलाई गौरवान्वित ठान्छौं। हाम्रो यस्तो प्रवृत्तिले बेथितिलाई प्रश्रय दिइरहेको तथ्यलाई फिटिक्कै हेक्का राख्दैनौं। अनि यसको परिणाम प्रत्यक्ष वा परोक्षरूपमा आफैंले भोग्न बाध्य हुन्छौं।

संस्कृतिलाई जित्न अथवा संस्कृतिलाई हराउन पनि संस्कृति नै चाहिन्छ। खराब संस्कृतिलाई जित्न असल संस्कृति बलियो हुनुपर्छ। खराब संस्कृति बलियो भयो भने असल संस्कृति हार्छ र समाज बेथिति र विकृतिको जञ्जालभित्र जेलिन्छ। अनि आर्थिक र सामाजिक समस्या बढ्न थाल्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *