प्रत्य’क्षयदर्शी मिडियामा आ’फ्नै दाइले बहि* नीलाई यस्तो ठा’उमा च्वा* ट्टै पा* रेको रहेछ, यस का’ रण भएको रहेछ ह**त्या ( भिडियो हेर्नुहोस् )

समाचार

प्रत्य’क्षयदर्शी मिडियामा आ’फ्नै दाइले बहि* नीलाई यस्तो ठा’उमा च्वा* ट्टै पा* रेको रहेछ, यस का’ रण भएको रहेछ ह**त्या ( भिडियो हेर्नुहोस् )





याे समचार पनि पढ्नुहोस्

जिन्दगीले छिनछिनमा परीक्षा लिइरहेको हुन्छ। झन् खेलाडीका लागि त परीक्षा प्रत्येक मोडमा हुन्छ। जसले यो परीक्षा पार गर्न सक्यो, ऊ नै अब्बल सावित हुन्छ। मन्डेकाजी श्रेष्ठले पनि खेल जीवनमा धेरै परीक्षा दिए। त्यो पनि कठिन। उनी धैर्यवान् र मेहनती हुँदैनथे भने कताकता हुलमा हराइसक्थे। तर, उनलाई यो नियति स्वीकार्य थिएन, त्यसैले अहिले हामीसँग छन्, नयाँ मन्डेकाजी।

मन्डेकाजीलाई साह्रै अभाग्यशाली खेलाडी भन्दा हुन्छ। उनी कुनै सम्भावित उपलब्धिको नजिक त पुग्थे तर भाग्यले उनलाई यसरी ठग्थ्यो कि त्यो उपलब्धि कोसौं टाढा हुन्थ्यो। सन् २००६ को दक्षिण एसियाली खेलकुद (साग) हुँदाताकै उनी नेपाली राष्ट्रिय कराते टोलीका सदस्य थिए, तर उनी अन्तिम छनोटमा फालिए।

सन् २०१० को ढाका सागमा त हदै भयो। उनी प्रतियोगिता खेल्ने टिममा थिए, तर आयोजक बंगलादेशले १० नेपाली खेलाडीलाई मात्र अवसर दिने भयो। मन्डेकाजी ११औं खेलाडीजस्तै रहे, फेरि घर फर्कन बाध्य भए। मन्डेकाजी बाटोभरि रोएर घर फर्के। सन् २०१६ को सागका बेला त हदले पराकाष्टा नै नाघ्यो। यस प्रतियोगितामा कराते नै राखिएन। डर थियो, कतै मन्डेकाजीको साग खेल्ने सपना तुहिने त होइन ? धन्न केही अन्योलबीच २०७६ मा काठमाडौंमै १३ औं दक्षिण एसियाली खेलकुद (साग) भयो। यसपल्ट भने मन्डेकाजीले आफूलाई प्रमाणित गर्ने अवसर पाए, त्यो पनि राम्रैसँग। व्यक्तिगत काता र टिम कातामा गरेर दुई स्वर्ण जिते। त्यसअगाडिसम्म उनी एक प्रकारले नेपाली करातेमा गुमनाम थिए। तर, त्यो दुई स्वर्णले उनी नेपाली करातेकै सबैभन्दा सफल खेलाडीमध्ये एक भएका छन्।

आखिरमा एकै संस्करणको सागमा यसअघि कोही नेपाली कराते खेलाडीले दुई स्वर्ण त जितेका थिएनन् नै। यी दुई स्वर्णको उपलब्धिपछि उनी आफंै भन्छन्, ‘म त अब नयाँ मन्डेकाजी पो हुँ।’ उनले निकै धैर्य गरेर त्यो अवसरका लागि प्रतीक्षा गरिरहे। मेहनत गर्न छाडेनन्। छाड्थे त अहिलेको अवस्थामा हुने थिएनन्। त्यसैले नेपाली खेलकुदमा कुनै प्रकारको राम्रो उदाहरण दिनु पर्‍यो भने भक्तपुर थिमीका रैथाने मन्डेकाजीको नाम पक्कै आउनेछ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको पल्सर स्पोर्टस् अवार्डको लोकप्रिय खेलाडी विधामा मन्डेकाजीको नाम त्यसैले छुटेन। २०७६ मा उनी लयमा पनि रहे, सागको सफलता उनीतर्फ त्यसै ठोकिन आएको पनि थिएन। उनले बंगलोदशमा भएको साफ कराते च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य जितेका थिए। त्यस्तै थाइल्यान्ड ओपनमा रजतसँगै उत्कृष्ट खेलाडी बन्न पनि सफल भए। मन्डेकाजी यहाँसम्म पुग्न सक्नुका पछाडि उनी आबद्ध नेपाल प्रहरीको लगातार सहयोग पनि महत्वपूर्ण छ।

नेपाल प्रहरीको त्यो साथ नहुँदो हो त मन्डेकाजीको दृढता कमजोर हुन सक्थ्यो। त्यसैले उनी नेपाल प्रहरीप्रति खुबै कृतज्ञ पनि छन्। annapurna post

Leave a Reply

Your email address will not be published. Required fields are marked *