आज ११ गतेका मुख्य समाचार | केपि ओलिले दिए राजिनामा, कोरो*ना खो*प,नेपाल ब*न्द हुने,खाने तेल

समाचार

आज ११ गतेका मुख्य समाचार | केपि ओलिले दिए राजिनामा, कोरो*ना खो*प,नेपाल ब*न्द हुने,खाने तेल




याे समचार पनि पढ्नुहोस्

सरकारका विरुद्धमा आक्रोश बढ्न थालेको छ । राजतन्त्र फर्किने बहस पनि बाक्लिन थालेको छ ।

प्रतिपक्षी पार्टी नेपाली काङ्ग्रेसको सरकारविरोधी आन्दोलन त्यति अस्वाभाविक नमानिएला । तर देशको गणतान्त्रिक व्यवस्थाका विरुद्धमै राजतन्त्र पुनस्र्थापनाकोे चर्चा चल्नु भने चिन्ताको विषय हो । देशमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको कुरा भइरहेकोे बेला सरकारविरोधी आन्दोलन चर्किनु र राजतन्त्रको पुनः स्थापनाबारे बहस बढ्नु आश्चर्यजनक हो ।

नागरिकबाट तिरष्कृत राजतन्त्र
विसं २०४६ मा पञ्चायत व्यवस्था फाल्ने आन्दोलनबाट धर्मराएको राजतन्त्र २०६५ सालमा औपचारिकरुपमा समाप्त भएको हो । संवैधानिक राजतन्त्र तुलनात्मक रुपमा ठिक मानिए पनि तत्कालीन राजा वीरेन्द्रको वंशनाश र ज्ञानेन्द्रको प्रत्यक्ष शासनले जनआक्रोशलाई बढावा दिएपछि नै नेपालको राजतन्त्र समाप्त भएको धेरैको ठम्याइ छ ।

नेपालमा यतिखेर राजतन्त्रको पक्षमा कि त पुराना पञ्चहरु छन् कि त नयाँ युवापंक्ति । ती युवाहरु जसले राजतन्त्रको निरङकुशता, ज्यादती र मनोमानी प्रत्यक्षरुपमा अनुभव गरेकै छैनन् ।

नागरिकको परिवर्तित शक्ति, चेतना र भावनासँग सम्झौता गर्न नचाहेर र युगसापेक्ष परिवर्तन हुन नसक्दा नै राजतन्त्र नागरिकबाट तिरष्कृत भएको हो । राजतन्त्र फाल्न आम नागरिक नै सडकमा उत्रिएका हुन् । तत्कालीन अवस्थामा राजतन्त्रको निरङकुशता, मन्डले ज्यादती, अत्याचार र मनोमानीका कुरा नभोगेका अनि आन्दोलनमा नउत्रिनेहरुलाई यो कुरा थाहा नहुन पनि सक्छ ।

तर, यतिखेर राजतन्त्र ब्युँताउने आन्दोलन चर्केकामा भन्दा निहीत राजनीतिक स्वार्थका लागि धमिलो पानीमा माछा मार्न खोज्ने दोहोरो चरित्रका मानिसहरुले देशलाई बढी राजनीतिक समस्यामा पारेका हुन् कि भन्ने आशंका बढेको छ ।

राजतन्त्र के हो ?
राजतन्त्र एक व्यक्ति (राजा) शासनको सर्वेसर्वा हुने राजनीतिक प्रणाली हो । राजालाई नागरिकले चुनेका हुँदैनन् । वंशाणुगत हुन्छन् वा राजा बन्नको लागि एकले अर्को राजालाई विस्थापित गर्छन् । राजतन्त्र संसारमा सबैभन्दा पुरानो र प्राकृतिक शासन प्रणाली हो । यस प्रणालीअनुसार राजाको छोरो वा राजपरिवारको कोही पनि व्यक्ति योग्य भए वा नभएमा पनि सिंहासनमा बस्न सक्दछ । राजा नै राष्ट्रप्रमुख वा सरकार प्रमुख हुन्छ जसले महत्वपूर्ण कार्यकारी वा व्यवस्थापकीय अधिकार कायम राख्दछ ।

बीसौं शताब्दीसम्म राजतन्त्र सबैभन्दा प्रचलित र झन्डै एक मात्र शासकीय स्वरुप थियो । अहिले विश्वका लगभग ४५ सार्वभौम राष्ट्रका राष्ट्रप्रमुख राजतन्त्रात्मक छन् । अधिकांश राजतन्त्र संवैधानिक राजतन्त्र, जहाँ राजाको संवैधानिक र आलंकारिक भूमिका छ । देशको संविधानमा शून्य वा केही सीमित मात्र राजनीतिक अधिकार छ । यद्यपि बु्रनाई, मोरोक्को, ओमान, कतार, साउदी अरब र थाइल्यान्डजस्ता केही देशमा वंशाणुगत राजतन्त्रमा संविधानअनुसार वा चलन रीतिरिवाजबाट धेरै राजनीतिक प्रभाव कायम छ ।

गणतन्त्र कस्तो प्रणाली हो ?
गणतन्त्र प्रत्यक्ष जनसहभागिताद्वारा सबैको आत्मनिर्णय अधिकार सुनिश्चित हुने राजनीतिक प्रणाली हो । सरकार चलाउने यो यस्तो प्रक्रिया हो जसमा देशको सार्वभौम अधिकार कुनै एकजनामा मात्रै निहीत हुँदैन । गणतन्त्रमा सैद्धान्तिकरुपले देशको सर्वोच्च पदमा आम नागरिकबाट कुनै पनि व्यक्ति पदासीन हुन सक्छ ।

गणतन्त्रमा वास्तवमा सामान्य नागरिक वा तिनका बहुमतका इच्छाले आवधिक निर्वाचनद्वारा शासन व्यवस्था चल्ने गर्दछ । व्यवस्थापिकाले अलग कार्यकारी वा आलंकारिक राष्ट्रपतिको चयनसमेत गर्दछ । संसदले नै राष्ट्रपतिको चयन गर्दछ र यो लोकतान्त्रिक निर्वाचनबाट हुन्छ । हाल विश्वका धेरैजसो देशमा गणतन्त्रात्मक शासन प्रणाली छ । आधुनिक युगमा यो नै सबैभन्दा लोकप्रिय प्रणाली हो । नेपाल विसं २०६५ सालदेखि ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’का रुपमा घोषणा गरिएको हो ।

नेपाल एकीकरणपश्चातका राजाहरूको शासकीय अवस्था

नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भएको १२ वर्ष बितिसकेको छ । नागरिकले चुनेको संविधानसभाले नयाँ संविधान जारी गरी त्यस संवैधानिक व्यवस्थाअनुसार देश अघि बढिरहेको छ । संविधान निर्माणपछि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले करिब दुई तिहाइ बहुमत ल्याएर सरकार चलाइरहेको छ ।
देशमा गणतन्त्रसहितका परिवर्तन ल्याउन संघर्ष गरेको र परिवर्तनकारी भनिएको दलकै हातमा सत्ता छ । सँगसँगै आन्दोलन गर्ने ठूलो शक्ति नेपाली काङ्ग्रेस प्रतिपक्षमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *