प्रधानमन्त्री ओलिले मलाई जेल हाल्ने षड्यन्त्र गरिरहेका छ्न :प्रचण्ड भन्नुहुन्छ,

समाचार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई जेल हाल्ने षड्यन्त्र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् । ओलीले आफ्ना सवै विरोधीहरुलाई जेल हाल्ने षड्यन्त्र गरिरहेको आफु निकट केन्द्रीय समितिको बैठकमा बताए ।

‘म लगायत हामी सवैलाई जेल हाल्ने षड्यन्त्र ओलीले गरिरहेका छन्’, केन्द्रीय समितिको बैठकमा प्रचण्डले भने ‘अबैधानिक बाटोबाट संबैधानिक परिषदको नियुक्ति त्यसकै उदाहरण हो ।’नेकपाका दुवै पक्षले आआफ्ना केन्द्रीय समितिका बैठकहरु राखेर फुटको औपचारिकतालाई पुरा गरिरहेका छन् । प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटेको हो ।

बहुमत केन्द्रीय सदस्य प्रचण्ड माधव समुहमा छन् । बहुमत केन्द्रीय सदस्यहरुको बैठकमा प्रचण्डले आफुहरुलाई विभिन्न बहानामा जेल हाल्न लागेको बताए । ओली तानाशाह भएको बताउँदै प्रचण्डले उनीविरुद्ध सशक्त प्रतिवाद र आन्दोलनको तयारी गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् ।

आजदेखि नै प्रचण्ड माधव नेकपाले विरोध कार्यक्रम गर्दैछ ।प्रधानमन्त्री ओलीले संसद नचलेका बेला संबैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । अध्यादेश मार्फत अख्तियार, निर्वाचन आयोगसहित ४५ पदमा पदपूर्ति गरेका थिए । प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख अनुपस्थित बैठकबाट ओलीले ४५ पदमा पदपूर्ति गरेका हुन् ।

याे समचार पनि पढ्नुहोस्

संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइमा सरकारको निर्णयविरुद्ध कुनै अन्तरिम आदेश दिन अस्वीकार गरेलगत्तै प्रधानन्यायाधीश चालेन्द्रसमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मञ्च साझा गरेका छन् । सुनुवाइका क्रममा सबै मुद्दाको शुक्रबार संवैधानिक इजलासमा पेशी तोकेर प्रधानन्यायाधीश महान्यायाधीवक्ताको कार्यालयको भवन उद्घाटन कार्यक्रममा गएका थिए ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाले एउटै मञ्च साझा गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन आज उद्घाटन गरेका हुन् । विसं २०७५ असोज २४ गते शिलान्यास भई रु ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो । समारोहमा सरकारी वकिलको तीनदिने तेस्रो राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गरियो ।

प्रधानन्यायाधीश जबराले सर्वोच्चमा परेका संसद विघटनविरुद्धका सबै रिटहरुलाई आज आफ्नै एकल इजलासमा पेशी तोकेका थिए । आज ती सबै रिटहरुमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले सबै रिटहरु संवैधानिक विषयसँग सम्बन्धित भएको ठहर गर्दै संवैधानिक इजलासमा सुनुवाइ गर्न आदेश दिएका हुन् । संसद विघटनविरुद्ध १२ रिट परेका छन् ।

संवैधानिक इजलास ५ जना न्यायाधीशहरुको संयुक्त इजलास हो । संवैधानिक इजलासको अध्यक्षता प्रधानन्यायाधीशले गर्छन् । प्रधानन्यायाधीशको अध्यक्षतामा हुने इजलासका अन्य ४ जना न्यायाधीश प्रधानन्यायाधीशले नै तोक्छन् ।

संवैधानिक इजलासको लागि सर्वोच्च अदालतमा तयार गरिएको रोष्टरमा न्यायाधीशहरु दीपक कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, मीरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत र सपना प्रधान मल्ल छन् । प्रधानन्यायाधीशले यिनै मध्ये ४ जना न्यायाधीश संवैधानिक इजलासको लागि तोक्नेछन् ।

यो पनि हेर्नुहोस

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संसदीय दलको नेतामा चयन भएका छन्। सिंहदरवार स्थित संसदभवनको ल्होसे हलमा भएको संसदीय दलको बैठकले उनलाई संसदीय दलमा चयन गरेको हो।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीलाई उक्त समूहले कारवाही गर्ने निणर्य गरेको थियो। उक्त निर्णय गरेपश्चात बसेको पहिलो संसदीय दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्रीका लागि तयार गर्न संसदीय दलको नेतामा चयन गरेको हो।

प्रचण्ड नेपाल समूहले ओलीको स्थानमा अध्यक्ष माधवकुमार नेपाललाई यस अघि नै चयन गरिसकेको छ। नेकपाको विवादका कारण अनौपचारिक रुपमा पार्टी फुटेपछि आधिकारिकताका लागि दुबै पक्षले आ–आफ्नो तर्फबाट कसरत गरिरहेका छन्।

पार्टीमा शक्ति समिकरणका कारण भएको शिर्ष नेताहरुको विवादका कारण नेकपामा तल्लो तहसम्म वैमनश्यता बढ्दै गएको थियो। यहि बेला ओली र प्रचण्ड–नेपाल समूहले छुट्टाछुट्टै भेला गरी आ–आफ्नो भेलालाई आधिकारिकताको दाबी गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *