संसद विघटन प्रकरण : ‘हामी यहाँ छौँ’ भन्दै माइतीघरको सडकमै बसे प्रचण्ड-माधव (तपाईं लाई कस्तो लाग्यो)

समाचार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहले सडक आन्दोलन तताउन थालेको छ । संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले काठमाडौंको माइतघर मण्डलमा आज प्रर्दशन गरेको हो ।

प्रर्दशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्षा माधवकुमार नेपाल लगायतका नेताहरुको सहभागिता रहेको छ । प्रचण्ड नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

याे समचार पनि पढ्नुहोस्

महोत्तरी जिल्लामा सामुदायिक वन क्षेत्र मासेर अतिक्रमण गर्ने क्रम ह्वात्तै बढेको छ । पछिल्लोपटक बर्दिवास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वनका सयौँ रुख ढालेर निजी जग्गा भन्दै साँधसीमा लाउन थालेपछि थप अतिक्रमणको घटना बाहिरिएको हो ।

यो सामुदायिक वनमा पाँच÷छ बिघा क्षेत्रफलको रुख काटेर जग्गा दक्खल गरी साँधसीमाका तारबार लगाउन थालिएपछि हल्लीखल्ली मच्चिएको छ ।
विसं २०४३ तिर तत्कालीन पञ्चायती सरकारले अतिक्रमण गरेको वनक्षेत्र खाली गराएर वृक्षरोपण गराएको वन क्षेत्र विसं २०४९ मा सामुदायिक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । हात्तीमारा र भब्सीखोलाको माझमा रहेको सघन वन क्षेत्र नै फाँडेर तारबार लगाउन थालेको थाहा पाएपछि आम वन उपभोक्ताले यसविरुद्ध विभिन्न निकाय गुहारेका छन् ।

बर्दिवास–१ कै लीलामणि आचार्य र कृष्णप्रसाद गौतमले वन क्षेत्र आफ्नो नम्बरी जग्गा भन्दै सयौँ रुख कटान गराएर साँधसीमाको तारबार लगाउन थालेपछि सर्वसाधारणले थाहा पाएका हुन् । अहिले सो वन क्षेत्रका रुख कटान गर्न डिभिजन वन कार्यालय महोत्तरी, नापी कार्यालय बर्दिवास, मालपोत कार्यालय बर्दिवास, बर्दिवास नगरपालिका र रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर राउतले समेत सम्मति दिएको खुलेको छ ।

वन क्षेत्रमा आफ्नो जग्गा रहेको भन्दै आचार्य र गौतमले डिभिजन वन कार्यालय महोत्तरीमा त्यसमा भएका रुख कटान गर्न स्वीकृति मागेपछि यसै सिलसिलामा बर्दिवास नगरपालिका, बर्दिवास नगरपालिका–१ वडा कार्यालय, मालपोत कार्यालय बर्दिवास, नापी कार्यालय बर्दिवास र रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षको सम्मति जोडिएको खुलेको हो । बर्दिवासका आम बासिन्दाले भने घटनामा सबैको मिलेमतो रहेको आरोप लगाएका छन् ।

‘देखादेखि सघन वन रहेको ठाउँ फडानी गर्न कसरी सबैको सम्मति मिल्यो ?’ सो वन क्षेत्र नजिकको बस्तीका २५ वर्षीय युवा विजय पोखरेल भन्छन्, ‘वन फाँड्ने कुरामा सबैको मिलेमतो भएकै हो ।’ विजयका कुरामा अहिले बर्दिवास–१ का धेरै सर्वसाधारणले हो मा हो मिलाएका छन् । यो वन फडानीविरुद्ध छानबिन र आवश्यक कारवाहीका लागि आफूहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा संयुक्त उजुरी नै दिएको बर्दिवास–१ का सौरभ खड्का बताउँछन् ।

यसैबीच वनका रुख कटान सम्मतिबारे सम्बद्ध कार्यालयले आ–आफ्नो बचाउ गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले नम्बरी जग्गाको रुख कटान गर्न स्वीकृतिका लागि आएको निवेदनमा वडा कार्यालय, रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समिति, मालपोत र नापी कार्यालयको ठहर आएपछि त्यहाँ रहेका रुख काट्न सम्मति दिएको स्वीकार गरे । ‘नापीले निजी जग्गा हो भनेर लिखित दियो, मालपोत, वडा कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको सम्मतिका कागजात संलग्न देखिए’, साहले भने, ‘निजी नम्बरी जग्गाको रुख कटान गर्न दिने कानूनी व्यवस्था छ, सोअनुसार सम्मति दिइएको हो ।’ यस प्रकरणमा नापी त्रुटिपूर्ण रहे वा अन्य कार्यालयको फरक राय आए कानूनअनुसार कारवाही गरिने साहको भनाइ छ । अहिले फडानी भएको वन क्षेत्रको प्रदेश नं २ वन निर्देशनालयका प्रमुख जगन्नाथ जयसवालले पनि अवलोकन गरी आवश्यक कारवाही गरिने प्रतिबद्धता जनाए ।

यसैगरी बर्दिवास–१ का वडाध्यक्ष चूडामणि पोखरेलले डिभिजन वन कार्यालयको पत्रानुसार वन रहेको क्षेत्र नम्बरी हो÷होइन यकिन गरिदिन नापी कार्यालयलाई अन्य कुनै आफ्नो संलग्नता नरहेको बताए । कटान आदेशको रोहवरमा वडाध्यक्ष पोखरेलको हस्ताक्षर नभए पनि वडा सदस्य शान्ता श्रेष्ठको हस्ताक्षर र कार्यालयको छापसमेत लागेको छ । साविक २५ नम्बर बहादुरगञ्ज, वडा नं ३ को कित्ता नम्बर २ (हाल बर्दिवास–१) को १–२–११ (एक बिघा दुई कठ्ठा ११ धुर) जग्गा हाल लीलामणि आचार्य र कृष्णप्रसाद गौतमका नाममा दर्ता रहेको मात्र आपूmले प्रमाणित गरेको मालपोत कार्यालय बर्दिवासका निमित्त प्रमुख ओमप्रकाश खड्काको भनाइ छ ।

यही जग्गा नापी कार्यालय बर्दिवासले नक्सामा २–३–७ (दुई बिघा तीन कठ्ठा सात धुर) रहेको भन्दै वन रहेको क्षेत्र पर्ने देखाएपछि कटानका लागि मुख्य आधार बनेको देखिन्छ । जग्गा छुट्याउने नापी कार्यालय बर्दिवासका अमिन रामदरेश राउत भने जग्गा आपूmले नापे पनि त्यहीँकै बासिन्दाले देखाएका प्वाइन्ट (केन्द्र) बाट नाप्दा यस्तो पाइएको बताउँछन् ।

‘नापी गर्न त मै गएको थिएँ’, राउतले सञ्चारकर्मीसँग भने, ‘तर मलाई जग्गाको केन्द्र त्यहीँकै बासिन्दाले देखाएका हुन्, त्यसअनुसार नाप्दा आचार्य र गौतमको जग्गा वन भएको ठाउँमा देखियो ।’ यसैगरी रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राउतले नापी, मालपोत, वडा कार्यालय र डिभिजन वन कार्यालयको पत्रहरू देखाइएपछि आपूmले पनि सम्मति दिएको स्वीकार गरे । ‘हुन त ठुल्ठूला रुख र प्रशस्त बुट्यान रहेको वन क्षेत्र नै हो, सबैले निजी हो भने, मैले पनि हस्ताक्षर गरिदिएँ’, राउतले भने । यद्यपि उपभोक्ता समितिमा छलफल भने भएको देखिँदैन । सबैले हस्ताक्षर गर्नु भनेपछि बैठक बस्न नभ्याएको राउतको भनाइ छ ।

डिभिजन वन कार्यालय महोत्तरीले दिएको आदेशमा १२० वटा टिक, ८० मसला (इक्युलिप्टिस) र अन्य जातका ३५ रुख कटान गर्ने उल्लेख छ । आदेश पाएलगत्तै रुख कटान गर्ने आचार्य र गौतमले अन्य जातका भनिएका रुखमा साखु (साल) का रुख कटान गरेर काठ गायब गरेका र जरासमेत उखेलेर लगेका त्यहाँका बासिन्दा बताउँछन् । अन्य जात उल्लेख गरेका बाहेक पनि कटान भएका रुखका गिँड सर्वसाधारणको विरोध बढेपछि लान नसकेका स्थानीय राजकुमार तामाङको भनाइ छ ।

पछिल्लोपटक बिहीबार त नेपाली कांग्रेसका बर्दिवास नगर समिति, वन क्षेत्र समेटिएको प्रदेश क्षेत्रीय समिति र प्रतिनिधिसभा क्षेत्रीय समितिका सभापति क्रमशः वाणिकराज काफ्ले, शम्भु भट्टराई र महेशकुमार झाले लिखित विज्ञप्ति नै जारी गरेर घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् ।

जिल्लामा बर्सेनि सामुदायिक वन क्षेत्र अतिक्रमण हुने क्रम बढ्दै गएको छ । यसअघि गत वर्षमात्र बर्दिबास–१ कै नेवारडाँडा, कामीडाँडा सामुदायिक वन क्षेत्रको करिब पाँच हेक्टर क्षेत्रफल जग्गा ठूलाठालुले नै अतिक्रमण गरेर साँधसीमा लाएर कब्जा गरेका छन् । अतिक्रमण गरिएको सो क्षेत्रमा लगत्तै प्रदेश नं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सचिव प्रेमनारायण कँडेलकै उपस्थितिमा नापजाँच गरेर अतिक्रमित क्षेत्रको सीमाङ्कन गरिए पनि त्यसयता वनसम्बद्ध निकाय र स्थानीय तहले चासो नदेखाएका यस क्षेत्रका बासिन्दा बताउँछन् ।

अहिले सो अतिक्रमित क्षेत्रमा एक वर्षभित्रै ठुल्ठूला पक्की घर बनेका र बन्ने क्रममा देखिन्छन् । वन क्षेत्रको बढ्दो अतिक्रमण र सोको संरक्षणमा सम्बद्ध निकायको उदासीनताले जिल्लाको वन क्षेत्र उजाडिँदै गएका छन् । यो क्रम नरोकिए सबैतिर वन नाङ्गिँदै गएर बाढी, पहिरोको जोखिम बढ्ने सर्वसाधारणको गुनासो छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *