ईण्डियन आर्मीले अल पत्र पार्यो, पेन्सन निस्केपछि भारतमै गाय व परिवारको बि चल्ली (भिडियो हेर्नुहोस्)

समाचार

ईण्डियन आर्मीले अल पत्र पार्यो, पेन्सन निस्केपछि भारतमै गाय व परिवारको बि चल्ली




याे समचार पनि पढ्नुहोस्

प्रधानमन्त्री र राष्ट्रपतिले संसद् विघटन गरेर मारेको घोषणा गर्नु असंवैधानिक भएको दाहालले बताए । ‘हामी मर्‍यौं कि जीवित छौं भन्ने प्रश्न उठेको छ । मलाई पनि हामी मर्‍यौं कि भनेजस्तो फिल हुन्छ तर लोकतान्त्रिक मान्यता र संविधानअनुसार हामी जीवित छौं,’ भेलालाई सम्बोधन गर्दै दाहालले भने, ‘अब जीवित छौं भनेर प्रमाणित गर्न जुलुस लगाएर हिँड्नुपर्ने भयो । हामी जीवित छौं भन्ने बुझ्न पहिला सर्वोच्च अदालत जानुपर्‍यो ।’

सांसद पद रहेको बुझाउन उनले भारतको लखनउको घटनासमेत बैठकमा सुनाएका थिए । लखनउमा जिउँदै मानिसले आफैं जीवित रहेको जुलुस निकालेजस्तै आफूहरू पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘लखनउमा सम्पत्तिका लागि आफन्तले मरेको प्रमाणित गरेर सम्पत्ति हडपेका हुँदा रहेछन्, नमरेको मान्छेलाई मरेको भनेपछि सम्बन्धित कार्यालयमा जाँदा तँ मरिस् भनिँदो रहेछ । त्यसपछि पीडितहरू एकजुट भएर हामी जिउँदै छौं भनेर जुलुस लगाएको देखेको थिएँ । हामी पनि जीवित छौं भनेर सर्वोच्च जानुपर्ने भयो । सर्वोच्च अदालतलाई भन्नुपर्‍यो, हामी जिउँदै छौं ।’

कांग्रेस, जनता समाजवादी र अरू पार्टीका सांसदसमेतको साथ लिएर सरकारले चालेको कदमविरुद्ध न्यायालय जाने जानकारी उनले भेलामा गराए । ‘आज मात्रै १ सय १४ जना हामी संघीय सांसदले हस्ताक्षर गरेर हामी जिउँदै छौं भन्नुपर्‍यो । केही–केही साथीहरू हामी मर्‍यौं भनेर बसिरहनुभएको छ, उहाँहरूलाई के भन्नुपर्‍यो भने तपाईंहरू कहाँ मर्नुभएको छ र ? जिउँदै हुनहुन्छ,’ ओली पक्षका सांसदलाई इंगित गर्दै दाहालले भने, ‘हामी जिउँदोतिर आउनुस् भन्नुपर्‍यो । हाम्रो दुई वर्षको कार्यकाल जिउँदै छ । ती साथीहरूलाई तिमीहरू मर्‍यौ भन्नुभएको प्रधानमन्त्री र राष्ट्रपतिले हो । हामी मरेकै छैनौं ।’

सबै सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालत गएपछि न्याय पाइने दाहालले बताए । सर्वोच्चमा दुई सयभन्दा बढी सांसदको हस्ताक्षरसहित सरकारले चालेको कदमको विरोधमा जाने दाहालले भेलामा जानकारी गराए । ‘प्रधानमन्त्री र राष्ट्रपतिले ड्याम्म हानेर मरियो भनेर निराश नहुनुस्,’ उनले भने । पार्टी एकता टुटाउन ओलीले गएको केन्द्रीय कमिटी बैठकबाटै प्रयास गरेको दाहालको आरोप छ ।

अध्यादेश ल्याएर, सचिवालय सदस्यहरूको अपमान गरेर, पार्टीको निर्णय पालना नगरेर पार्टी फुटाउन खोजेको उनले बताए । नियमित संसद् अधिवेशन बोलाउनुपर्नेमा ओलीले अपारदर्शी ढंगले अध्यादेश ल्याएको उनले बताए । ओलीले सधैं झूटो मात्रै बोल्ने गरेको दाहालको आरोप छ । ‘मलाई त झूट बोल्यो बोल्यो, स्थायी कमिटीलाई समेत नाङ्गै झूटो बोल्नेलाई के भन्ने ?’ उनले भने, ‘ढाँट, छल, बेइमानीको त कल्पना पनि गर्न सकिँदैन । यस्तो पनि हुन्छ ? स्थायी कमिटी बैठकमा अध्यादेशअनुसार पदाधिकारी नियुक्ति गरेकै छैन भन्ने तर सबै गरेर भ्याइसकेछन् ।’

‘प्रधानमन्त्रीलाई भेट्नुअघि नै विघटनको खबर पाएँ’

‘बिहान साढे ६ बजे सूचना के आयो भने प्रधानमन्त्रीले पार्लियामेन्ट भंग गर्दैछन् । सबैतिर सम्पर्क गरे । वरिष्ठ नेताहरूलाई पनि सम्पर्क गरेर संसद् विघटन हुँदै छ भन्ने भरपर्दो सूचना पाएँ,’ सम्बोधनमा दाहालले भने, ‘यसलाई नरोक्ने हो भने गम्भीर दुर्घटना हुन्छ भनेर प्रधानमन्त्रीलाई साढे ८ बजेदेखि फोन गरें । यस्तो सोच्नुभएको छ भने कम्तीमा म र तपाईं छलफल गरौं, यस्तो डिसिजन नगर्नुस् भनेको थिएँ । उहाँले हुन्छ भन्नुभएको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *