Shadow

वुटवलमा हेर्नुस: १२ पढ्ने युव’तीको जि’न्दगी ब’र्वाद पारेर यसरी फ’रार भए युवा।

वुटवलमा हेर्नुस: १२ पढ्ने युवतीको जिन्दगी बर्वाद पारेर यसरी फ’रार भए युवा।




याे समचार पनि पढ्नुहोस्
कर्णालीको राजधानी रहेको वीरेन्द्रनगर उपत्यकामा बढ्दो खानेपानीको संकट टार्न नयाँ आयोजना अगाडि बढाइएको छ। भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी ‘भेरी पम्पिङ’ आयोजना अगाडि बढाइएको हो। कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा आयोजनाको काम अगाडि बढेको छ।

annapurna post

प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगरमा ल्याउन लागिएको हो। बहुवर्षीय आयोजनाअन्तर्गत यो आयोजनामा झन्डै सात अर्ब खर्च हुने अनुमान गरिएको छ। यो आयोजना सम्पन्न भएमा वीरेन्द्रनगरमा आउँदो ३० वर्षपछिको जनसंख्यालाई पनि खानेपानी पुग्ने विश्वास गरिएको छ। आयोजना सञ्चालनका लागि प्रदेश सरकाको चालू आर्थिक वर्षमा एक अर्ब बजेट छुट्ट्याएको छ।

हाल खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत प्राविधिक टोली बनाएर आयोजना निर्माण र वितरणबारे डिजाइन बनाउने काम भइरहेको हो। भेरी पम्पिङ आयोजना अध्ययन टोलीका सदस्य प्रशान्त मल्लले अबको ३० वर्षपछि वीरेन्द्रनगर उपत्यकाको जनसंख्या ३ लाख ८४ हजार पुग्ने अनुमान गरिएको बताए। सोहीअनुसार नै खानेपानी आपूर्ति गर्नेगरी यो आयोजना अगाडि बढाइएको हो। हाल वीरेन्द्रनगरको जनसंख्या दुई लाखभन्दा बढी छ। वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आएको सुर्खेत खानेपानी उपभोक्ता संस्थाका अनुसार हालको जनसंख्याका लागि प्रतिसेकेन्ड २ सय ७८ लिटर पानी आवश्यक पर्छ। तर, आपूर्ति भने १ सय ५२ लिटर प्रतिसेकेन्ड मात्र छ।

वीरेन्द्रनगरमा खडेरीको समयमा पानीको मागभन्दा आपूर्ति ५० प्रतिशतले कम हुन्छ। आयोजनाका अनुसार अबको तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याइनेछ। जसका लागि झुप्राखोला मिसिने भेरी किनारको दोभानभन्दा पाँच सय ७४ मिटरमाथि पूर्वतर्फ पम्पिङ मेसिन राखिनेछ। त्यहाँबाट तीन मिटरसम्म पानी पम्पिङ गरिसकेपछि बीचमा अर्को पम्पिङ मेसिन राखिनेछ। भेरीको पानी करिब चार सय मिटरमाथि प्रशोधन गर्ने ट्यांकीमा खसालिनेछ। त्यहाँबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म सात किलोमिटर लामो पाइप रहनेछ। अमृतडाँडामा पम्पिङ गरी ल्याइएको पानी जम्मा गर्ने ट्यांकी बनाइनेछ। उक्त ट्यांकीबाट वीरेन्द्रनगर उपत्यकाभित्रका सबै घरमा जडित धारामा पानी पठाउने योजना छ।

पानी अमृतडाँडामा ल्याइसकेपछि उपत्यकामा वितरण गर्नका लागि मात्र ४ अर्ब ६७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। उपत्यकाभित्र थप गर्नुपर्ने ट्यांकी, पाइप खरिद तथा विस्तार, धारा जडानलगायत काममा उक्त रकम खर्च हुनेछ। त्यस्तै अमृतडाँडासम्म भेरीको पानी पुर्‍याउन मात्र दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसरी प्रारम्भिक अध्ययनअनुसार आयोजना सञ्चालन गर्न कुल ६ अर्ब ७६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको हो। ‘भेरीको पानी वीरेन्द्रनगरमा ल्याउनु नै खानेपानी समस्या समाधानको सबैभन्दा उत्तम विकल्प हो’, प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने, ‘चालू आर्थिक वर्षमै आयोजनाको काम अगाडि बढ्छ, यो आयोजना अगाडि बढाउनुको विकल्प छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *