मलेसियामा अवैधानिक रुपमा बसेकाहरुलाई नेपाल फर्कने अवसर (के के गर्नुपर्छ ? तरिकासहित) जानकारीका लागि सेयर गराै

समाचार

मलेसिया सरकारले मलेसियामा रहेका अवैधानिक कामदारहरुको व्यवस्थापनको लागि दुईवटा कार्यक्रम घोषणा गरेको छ। यस अन्तर्गत (१) निश्चित प्रक्रिया पूरा गरी जरिवाना तिरी मलेसियामै वैधानिक भई काम गर्ने वा (२) सहुलियत दरको जरिवाना तिरी आफ्नो मुलुक फर्कने रहेका छन् ।

अवैधानिक व्यक्तिहरु फर्कने कार्यक्रम (Return Recalibration Programme) भनेको के हो?

यस कार्यक्रम अनुसार अवैधानिकरुपमा रहेका व्यक्तिहरु घर फर्कनको लागि अध्यागमन कार्यालयमा गई मलेसियन रिंगिट पाँच सय (RM500) सम्मको जरिवाना तिरेर घर फर्कन पाईन्छ।

यस कार्यक्रम अनुसार घर फर्कने प्रक्रिया के हो ?

अध्यागमन विभाग/कार्यालयको अपोईन्टमेण्ट लिनको लागि के गर्ने?

आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट तयारी राख्‍ने।

मोवाईल वा कम्प्युटरमा ईण्टरनेट ब्राउजर (Google/Firefox आदि) खोल्ने।

https://sto.imi.gov.my क्लिक गर्ने।

आफ्नो पायक पर्ने अध्यागमन कार्यालय छान्ने।

PROGRAM REKALIBRASI PULANG छान्ने।

उपयुक्त Date छान्ने।

सबै विवरण भरेपछि Submit गर्ने र Confirmation प्रिन्ट गर्ने। मोवाईलमा भए Screenshot लिने र प्रिन्ट गर्ने।

अपोईन्टमेण्ट लिएको मितिमा अध्यागमन विभाग/कार्यालयमा के के आवश्यक पर्छ?

आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट र सो को प्रतिलिपि।

कोभिड१९ परीक्षण गरिएको पिसिआर रिपोर्ट।

१४ दिन भित्र जाने गरी काटिएको हवाई टिकटको प्रतिलिपि।

Appointment Confirmation को प्रिन्ट कपी।

५०० रिंगिट बैंक कार्डबाट तिर्ने व्यवस्था।

थप जानकारी वा राजदूतावासको सहयोग आवश्यक परेमा के गर्ने?

टेलिफोन नम्बरः ०३२०२०१८९८/०३२०२०१८९९

०३२०२०१९०१ (श्रम शाखा)

हटलाईन नम्बरः ०१६२४७२७७७

ईमेलः eonkualalumpur@mofa.gov.np/labor.eonkl@mofa.gov.np

वेभपेजः https://my.nepalembassy.gov.np/

ठेगानाः Wisma Paradise (Level 1, 3 and 9), No. 63 Jalan Ampang, 50450 Kuala Lumpur, Malaysia

अर्को समचार पनि पढ्नुहोस्

तीन महिनामै ६० म्यानपावरमा आकष्मिक अनुगमन, ४५ कम्पनीको कारोबार रोक्का

पुस २, काठमाडौं । वैदेशिक रोजगार विभागले तीन महिनामै ६० महिना म्यानपावर कम्पनीमा आकष्मिक अनुगमगन गरेको छ । पछिल्लो तीन महिनाको अवधीमा ६० कम्पनीमा आकष्मिक अनुगमन गरेर ४५ कम्पनीको कारोबार रोक्का गरिएको विभागका महानिर्देशक कुमार प्रसाद दहालले जानकारी दिए ।

अगुमनको नाममा कसैलाई दुरुत्साहन गर्नु होइन, छापा मारेर व्यापारिक छवि बिथोल्ने होइन जहाँ असहजता छ, जुन कम्पनीको उजुरी आएको छ त्यसमा अनुगमन गरिएको हो, श्रम रोजगार पत्रकार समुहले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै महानिर्देशक दहालले भने ‘अनुगमन गर्न जाने बित्तिकै समातेर ल्याउने भन्ने होइन, उजुरी उपर विभागले नियमित अनुगमन गरेको हो ।’

मैले विभागमा कार्यभार सम्हालेपछि आएका उजुरीमा खाडी देशका लागि १ लाख ३० हजार माथि ७ लाख लिएका म्यानपावरलाई कारवाही गरेको छु महानिर्देशक दहालले भने ‘संस्थागत रुपमा जाने श्रमिक कमसेकम सुरक्षित त छन् तर व्यक्तिगत रुपमा ठगिने क्रम बढेको छ, त्यसलाई न्यूनीकरण गर्न जरुरी छ ।’

‘तलब धेरै हुन्छ, कोटा सीमित छ, तपाइले पैसा नदिए अर्को व्यक्ति जान्छ भनेर म्यानपावरले प्रलोभन देखाउन सक्छन् त्यस्तो अवस्थामा पैसा दिन्न भन्नुपर्यो, साथै विभागमा उजुरी गर्नुस् नियमन गर्न विभाग तयार छ’ महानिर्देशक दहालले भने । सामाजिक सचेतना जरुरी रहेको भन्दै उनले व्यक्ति अझै सचेत नभएको, कहाँ जाँदैछु, कति योग्यता छ कति तलब पाउँछु भन्ने समेत नबुझेका कारण ठगि नियन्त्रण हुन नसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *