तनहुमा भेटीयो अर्धन**ग्न अबस्थामा श**व कस्ले गर्यो यस्तो बृद्धालाई ! कुकुरले पत्ता लगायो त ह**त्यारा ?

समाचार

तनहुमा भेटीयो अर्धन**ग्न अबस्थामा श**व कस्ले गर्यो यस्तो बृद्धालाई ! कुकुरले पत्ता लगायो त ह**त्यारा ?




याे समचार पनि पढ्नुहोस्

कलाकारलाई आज दरबारमा राजालाई भेट्ने समयभन्दा अगाडि जाने निर्देशन आयो । चित्र कति सकियो भनेर हेर्न प्रधानमन्त्री आउने भनियो । सात दिन त के राजा त्रिभुवनले कलाकारसँग बढी समय भेट्ने चाहनाले यो चित्र बनाउने बसाइ लम्ब्याउँदा अरू एकाध बढी हफ्ता बितेछन् । जुद्धशमशेरलाई शंका लागेकाले ती त्रुद्ध थिए । राजा त्रिभुवनको दरबारकै अगाडि राजाले पनि सुन्दै छन् भन्ने बुझेर जुद्ध कलाकारसँग कड्किए, ‘ए, चन्द्रमान किन यति धेरै समय लगाएको ? यो बेलायतमा पठाउनुपर्नेछ छिटै भनेको होइन ?’ कलाकारले त्यही भाष्य दोहोर्‍याए, ‘जो हुकुम, सरकार !’ ‘ल भैगो, अब सातदिन भित्र सक्नू ।’ ‘जो हुकुम, सरकार !’ ‘अनि राजाको अनुहार पनि यस्तो कलिलो ठिटाको जस्तो हुन्छ । अझ बाहिर पठाउने बेलायत दरबारमा । यसमा हल्का हुन्छ कि बाक्लो हुन्छ जुँगा राखिदिनू’, जुद्धले हुकुम गरे । उनको उही उत्तर थियो, ‘जो हुकुम, सरकार !’ कलाकारले घना जुँगा त राख्न मिल्दैन भनेर हल्का जुँगा बनाइदिए ।

यो सबै कुरा राजाले माथिबाट सबै सुनेका थिए । राजा सेसनका निम्ति तल आए । नजानेजस्तो गरेर उनले सोधे, ‘चन्द्रमान यो ओठमाथि कालो रेखा जुँगाजस्तो के हालेको ?’ ‘प्रधानमन्त्रीको हुकुम भएकाले सरकार ।’ ‘मेरो जुँगा छैन नि । त्यसो हुँदा यो हटाइदिऊँ ।’ ‘जो हुकुम, सरकार !’ त्यसपछि यो चित्र राजा त्रिभुवनले छिटो सक्न दिएनन् । यो चित्र सक्न निकै हप्ता लाग्यो । राजाले यसलाई चुनौतीको रूपमा लिए भन्ने जुद्धले बुझे । कलाकार मास्के यो जुँगाको मौन युद्धको क्रस फायरिङबाट निस्के । यो कथा मलाईभन्दा उनी केही हाँसेका थिए । त्यो सबै सम्झिँदै उनले त्रिभुवनलाई धेरै माया गरे ।

चन्द्रमान मास्के पछि जेल परे । ती पक्कै प्रजातन्त्रका पक्षपाती थिए । उनले त्रिभुवनका केही सन्देश पनि बाहिर ल्याए । राजकुमार वसुन्धराका युवाकालदेखिकै अन्तरङ्ग, दरबारका कर्मचारी यो घटना भित्रै सुनेका शिवहरि रिमालबाट पनि बढी कुरा थाहा पाएँ । बेलायतमा जाँदा राजदूतावासमा बस्ने गरेकाले यो चित्रबारे जानकारी हुन्छ कि भनेर सोधीखोजी गरेको तर कसैलाई यसबारे थाहा रहेनछ भन्ने रिमालको अनुभव सुनेको थिएँ ।

जुद्धका छोरा बहादुरशमशेर बेलायतका राजदूत भएको बेला थियो त्यो । उनले भनेरै मास्केलाई जुद्धले चित्र बनाउन लगाएको देखिन्छ । यो सबै कुराबाट एउटै निष्कर्ष निस्किन्छ, त्यो चित्र सिधै बकिङ्घम दरबारमा पठाइएको थियो । मैले यो कुरा भन्दा मास्केले आफ्ना कलाकृतिबारे जानकारी हुन नसकेको, उनको नाम नराखी जथाभावी छापेको गुनासो गरेका थिए ।

चन्द्रमान मास्के जेल पर्नुको कारण त्रिभुवनको सन्देश बाहिर पुर्‍याएको आदि कुराबाट उनीमाथि राणा शासनको शंकालु दृष्टि पर्नु नै थियो भन्न सकिन्छ । उनले जेल पर्दा पनि चित्र बनाउन छोडेनन् । सँगै जेलमा परेका महाकवि चित्तधर हृदयको महाकाव्य ‘सुगत सौरभ’ का निम्ति उनले बुद्धको जीवनमा आधारित चित्रहरू बनाइदिएका छन् जुन किताबमा राखिएका छन् ।

मैले कलाकार मास्केलाई एउटा प्रश्न गरेको थिएँ । ‘तपाईंको पछि जासुसी गर्न के कलाकारहरू लगाइएका थिए ?’ उनले भनेका थिए, ‘कलाकारहरूमा त्यति तल गिरेको नैतिकता हुँदैन । नेपालका सबै कलाकारले मलाई र कलाकर्मलाई सधैं सम्मान गरे ।’ मलाई झट्ट लाग्यो के साहित्यकारहरूले राणाको अधिनायकवादी शासनमा लेखकको जासुसी गरे त ? खोज्दै जाँदा उत्तर निस्किन्छ, नेपालमा जस्तै अवस्थामा पनि लेखकले लेखकमाथि जासुसी गरेनन् । तिनीहरूमा मास्केका शव्दमा त्यति तल गिरेको नैतिकता थिएन ।

कतिपय लोकतन्त्रमा पनि अधिनायकवादी सोच भएका शासकहरूका सूचना सञ्जालले जस्तै केही लेखकले शासक, शक्तिउन्मत्त व्यक्ति वा व्यक्तिहरूका निम्ति खुफिया गरेर लेखकहरूको नकारात्मक चित्र उतार्दै अन्नदाता खुसी पार्ने घटिया कर्म गरेका उदाहरणहरू पाइन्छन् । यो पछिल्लो समयको चरित्र हो । नेपाली लेखक र कलाकारहरूमा मास्केले भनेजस्तै त्यति तल गिरेको नैतिकता छैन भन्ने मलाई लाग्छ । नेपालका कलाकार र लेखकहरूको स्वाभिमानको यो इतिहासमा कलाकार मास्केले मलाई कलाकारहरूबारे भनेका ती कुराको विगतदेखि अहिलेसम्मको नैरन्तर्य छ । स्वतन्त्रता र स्वाभिमानको यो कर्ममा राम्रा नेपाली लेखक र मास्केजस्ता कलाकारले उपासना गरिआएको नैतिक चरित्र देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *