Shadow

धनगढीका विजयेन्द्र सङ्ग मंसिरमा बि’हे हुने ! के भन्छिन् स्वेता ?

अभिनेत्री स्वेता खड्काले बिहे गर्न लागेको खबरले यतिबेला फिल्मी जगतमा चर्चा बढेको छ । दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे चर्चा बढेको हो ।

दशैंका बेला सार्वजनिक तस्वीर कसको हो ?

हामीलाई प्राप्त जानकारी अनुसार उक्त तस्वीर धनगढीका विजयेन्द्र रावतको हो । उनका बुबाको फेसबूक आईडी स्नेहाल्ता रावतको प्रोफाइलमा राखिएको तस्वीरमा देखिएकी महिला विजयेन्द्रकी आमा हुन् । उनको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जन्म दिने आमा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी आमा र विजयेन्द्रकी आमाको तस्वीर स्वेताले किन आफ्नो सामाजिक सञ्जालमा शेयर गरिन् ? यसले पनि स्वेता यी युवकसँग प्रेममा छिन् भन्ने संकेत गर्छ ।

विजयेन्द्र भगत मेटल सञ्चालकका छोरा हुन् । बुझिएअनुसार विजयेन्द्रभन्दा स्वेता धेरै जेठी छिन् । यो कुरा दशैँको टिकाका दिन एक युबट्युब च्यानलाई अन्र्तवार्ता दिनेक्रममा स्वेताकी आमा र स्वयं स्वेताले संकेत गरेका थिए । त्यहाँपनि विवाह को कुरा उठेको थियो ।

उनकी आमाले स्वेतालाई विवाहका लागि स्वीकृती दिएकी थिएन् । स्वेतालेपनि श्रीकृष्णको फोटो कोठामा राख्न स्वीकार गर्ने युवकसँग विवाह गर्न तयार रहेको बताएकी थिइन् । नभन्दै त्यही देखिएको छ ।

के भन्छिन् स्वेता ?

अभिनेत्री स्वेताले भने अहिले फैलिएको ह’ल्ला ग’लत भएको प्रतिक्रिया दिएकी छन् । हल्ला अनुसार स्वेताको विवाह यही मंसिर ५ मा हुने भनिएको छ । तर, स्वेताले आफू बिजनेश, माझी बस्ती र केही चलचित्रको काममा व्यस्त रहेकाले अहिले विवाह गर्ने मूडमा नरहेको बताइन् ।

उनले आफू अहिलेसम्म प्रेममा नरहेको र मनले खाएको प्रेमी समेत नपाएको बताएकी छिन् । केही समयअघि श्रीकृष्ण श्रेष्ठकी आमा अर्थात स्वेताकी सासूआमा र परिवारका अन्य सदस्यले विवाह गर्ने स्वीकृति दिएको भिडियो सार्वजनिक भएको थियो ।

हल्लाबारे जिज्ञासा राख्दा स्वेताले भनिन्, ‘विवाह भयो भने शुरूमा तपाईंलाई भनौंला । अहिले म सिंगल छु ।’ अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते स्वेताको विवाह भएको थियो । विवाह को एक महिना नपुग्दै श्रेष्ठको उपचारका क्रममा साउन २५ गते भारतमा निधन भएको थियो ।

त्यतिबेला उनीहरू अभिनित चलचित्र ‘कोहिनुर’ हलमा प्रदर्शन भइरहेको थियो । उक्त चलचित्र त्यो बेला नेपाली चलचित्रका सम्पूर्ण चलचित्रको इतिहास तोड्दै सर्वाधिक व्यापार गर्न सफल भएको थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *