मलेसियामा रहेका नेपालीले सम’स्या पर्दा मलेसियाको मानव अधिकार आयोगमा उ’जुरी गर्न सक्ने (जानकारीका लागि सेयर गराै)

राजनीति

मलेसियामा रहेका नेपालीले सम’स्या पर्दा मलेसियाको मानव अधिकार आयोगमा उ’जुरी गर्न सक्ने



अब मलेसियामा रहेका नेपाली श्रमिकहरुले समस्यामा पर्दा मलेसियाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने छन् | विश्व आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार आयोग मलेसियाबीच सहमति भएसंगै त्यँहाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने भएका हुन् |

मलेसियामा रहेका नेपाली श्रमिकहरुले आफ्नो मानव अधिकार उलंघन भएको खण्डमा न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोग मलेसिया (सुहाकाम)मा उजुरी गर्न सक्ने छन् | नेपाल तथा मलेसियामा रहेका दुवै देशका आप्रवासी श्रमिकहरुको मानव अधिकार उल्लंघन भएको अवस्थामा उजुरी लिने सहमति भएको हो |

त्यस्तै दुई देशका आयोगबिच सूचना आदान प्रदान, अनुगमन लगायतका बिषयमा सहमति भएको छ | समस्यामा परेका कुनै पनि आप्रवासी नेपाली श्रमिकले राष्ट्रिय मानव अधिकार आयोग मलेसियामा उजुरी गर्न सक्ने

समझदारी पत्र उल्लेख छ |

अर्को समचार पनि पढ्नुहोस्

मलेसियामा एक नेपाली कम्पनीको गोप्यता भङ्ग गरेको अभियोगमा कामबाट निकालिएका छन् । टप ग्लोव्स कम्पनीमा कार्यरत उनलाई कम्पनीको एक तस्वीर अनधिकृत रुपमा बाहिर पठाएको भन्दै कामबाट निश्काशन गरिएको हो ।

कम्पनीको कार्यस्थल धेरै भिडभाडयुक्त भएको भन्ने जानकारी दिएको अभियोगमा उनलाई निकाला गरिएको समाचार सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सो अभियोगमा युवराज खडकालाई कम्पनीको गोपनियता भंग गरेको अभियोगमा कामबाट निकालिएको हो । उनले कम्पनीमा काम गर्ने स्थलमा एकजना र अर्कोजनाबीच एक मिटरको दुरी कायम नगरेको तस्वीर खिचेको अभियोग लागेको छ । उनले सो तस्वीर नेपालमा श्रमिकको अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मीलाई पठाएको समाचारमा उल्लेख छ ।

उनलाई कम्पनीको सुचना अनधिकृत रुपमा बाहिर दिएको अभियोगमा करार भंग गरिएको पत्र दिइएको छ । उनी क्लाङ स्थित टप ग्लोव्सको एक कारखानामा कार्यरत थिए जहाँ ५ हजार भन्दा धेरै कोभिड १९ का संक्रमित फेला परेका थिए ।

मलेसियको टप ग्लोव्स लगायतका ग्लोव्स कम्पनीहरुले आप्रवासी श्रमिकलाई आर्थिक रुपमा शोषण गरेको मुद्धा रोयटर्सले केहि समययता चर्को रुपमा उठाएपछि ति कम्पनीहरु श्रमिकले तिरेको लागत शुल्क फिर्ता गर्न बाध्य भएका छन् ।

अमेरिकाले टप ग्लोव्स लगायतका कम्पपनीहरुको उत्पादनलाई बन्देज लगाएपछि ति कम्पनीहरु श्रमिकको भर्ना शुल्क वापत तिरेको रकम फिर्ता गर्न बाध्य भएका हुन् । पछिल्लो समयमा कोभिडका कारण ग्लोव्स लगायतको माग आकाशिएर ठूलो फइदामा रहेका उद्योगहरुलाई महामारीको समयमा स्वास्थ्यका न्यूनतम मापदण्ड पुरा नगरेको भन्दै आलोचना भइरहेको छ । सोही सन्दर्भमा कम्पनीको रात्रीकालिन काम सुरु हुने समयमा श्रमिकहरुको शरिरको तापक्रम नाप्ने क्रममा लागेको लाममा भौतिक दुरी कायम नगरिएको झल्किने तस्वीर पठाएको अभियोग खड्कालाई लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *