Shadow

अ’द्भुत श’क्ती भएकी मा’ताले हेर्दा हेर्दै देखाईन चम”त्कार म’ रेको मान्छे संग यसरी कुरा हेर्नुहोस्

अद्भुत शक्ती भएकी माताले हेर्दा हेर्दै देखाईन चम”त्कार | म”रेको मान्छे संग यसरी कुरा हेर्नुहोस्




याे समचार पनि पढ्नुहोस्

बिमिता भण्डारीले आफ्नो बलमा हिँड्ने भएदेखि बुवालाई पछ्याउन थालिन्। बुवासँगै दिनहुँ जंगल जान थालिन्। वन्यजन्तु र चराहरूको आवाज चाल पाउन थालिन्। उनको लगाव यसरी नै वन र वन्यजन्तुप्रति बढ्न थाल्यो।

झन्डै १५ वर्षअघि उनको बुवाको काम छुट्यो। रुखबाट लडेर बुवाको मेरुदण्डै भाँचियो। शरीरको तल्लो भाग चलाउन नसक्ने भएकाले उनको सहारा ह्विलचेयर बनेको छ। अहिले वनपालेको काम उनकी कान्छी (बुवाकी दोस्रो श्रीमती) आमाले सम्हाल्छिन्। तीन वर्ष छँदै २६ वर्षीया बिमिताले आमा गुमाएकी थिइन्। वर्ष दिनपछि बुवाले दोस्रो बिहे गरे।

‘पहिलपहिले खुब बुवाको पछि लाग्थेँ। बुवा हिँडडुल गर्न नसक्ने भएपछि एक्लै जान थालेँ,’ बिमिताले भनिन्, ‘जंगलमा बेग्लै आनन्द आउँछ। चराहरूको आवाजदेखि हावा चल्दा बोटविरुवाले निकाल्ने आवाज मनपर्छ। सानैदेखि सके नजिक नभए टाढैबाट जनावर र चराचुरुंगी हेर्न रमाइलो लाग्थ्यो।’ सानैदेखि जंगलमै रमाउने भएर होला, बिमिता अहिले वनजंगल सम्बन्धित पेसामा आबद्ध छिन्। उनी ‘नेचर गाइड’ हुन्। २०६८ सालदेखि लाइसेन्सप्राप्त नेचर गाइडका रूपमा चितवन राष्ट्रिय निकुञ्जमा आबद्ध छिन्। एसइई सकेर उनले हप्ता दिनको तालिम लिएकी थिइन्। तालिम लगत्तै लाइसेन्स पाइन्।

निकुञ्जमा घुम्न आउने पर्यटकलाई जंगल घुमाउने बिमिताको काम हो। गाइडका काम गर्दै जाँदा उनलाई फोटोग्राफीप्रति रूचि जाग्यो। अनि झन्डै ५ वर्ष अघिदेखि क्यामरा बोक्न थालिन्। त्यो बेला उनीसँग ‘क्यानन कम्प्याक्ट- ५० एक्स अप्टिकल’ क्यामरा थियो। त्यसैले जंगल, वन्यजन्तु, चराचुरुंगीको फोटो खिच्न थालिन्।

पछि निकन डी-९० चलाइन्। २०७५ सालमा बल्ल निकन डी- ५०० लिइन्। अहिले यही क्यामरा चलाउँछिन्। वन्यजन्तु देख्नेबित्तिकै क्षेत्र र दुरीअनुसार लेन्स मिलाउँछिन्। अनि फोटो खिच्न क्यामरा तेर्स्याउँछिन्।

‘फोटोहरू जति खिच्यो, त्यति रमाइलो अनि खिचूँखिचूँ लाग्न थाल्यो। सानो लेन्सको क्यामरा भए पनि मेरो सोखलाई निरन्तरता दिएँ। गाइडसँगै जीवजन्तुको अत्यधिक मात्रामा फोटो खिच्न थालेँ,’ उनले भनिन्।

त्यही सोखले आज बिमितालाई ‘वाइल्ड-लाइफ’ फोटोग्राफर बनाएको छ। उनी चितवन मात्र होइन, वन्यजन्तुकै फोटो खिच्न भनेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र इलाम पुगेकी छन्। प्रायः तराईका जंगल डुलेकी उनी आफ्नो कार्यक्षेत्र विस्तार गर्दैछिन्।

‘नेपालभर पाइने विभिन्न वन्यजन्तुको फोटो खिच्न मन छ। अनि प्रदर्शनी गर्ने सोच छ,’ आफ्नो योजनाबारे उनले सुनाइन्। बिमिताले बर्दिया पुगेर बेंगाल बाघको फोटो खिचेकी छन्। तराईको जंगलमा गोही, ढोले, सर्प, गैंडा, जरायो लगायत जन्तु कैद गरिसकिन्। इलाम पुगेर रेड पान्डा र शुक्लाफाँटा पुगेर चितुवा आफ्नो लेन्समा समेटेकी छन्।

‘जंगलमा जतिसक्दो शान्त रूपमा हिँड्नुपर्छ। बाघ लगायत केही जनावरले मान्छेको गन्ध चाल पाउँछन्। हामी वरिपरि भएको चाल पायो भने उनीहरू अर्कै बाटोबाट हिँड्ने सम्भावना बढी हुन्छ,’ फोटो खिच्दाको अनुभवमा उनले भनिन्, ‘राम्रो फोटो खिच्न धैर्य चाहिन्छ।’

अहिले फोटोग्राफीकै सिलसिलामा विभिन्न जंगल पुग्ने बिमितालाई सुरूका दिन सजिलो भने पक्कै थिएन। सहकर्मीले व्यंग्य हान्दै भन्थे रे, ‘गाइड पो हौ। अब जंगलमा लौरो बोक्छौ कि क्यामरा?’केहीले सोध्थे पनि, ‘छोरी मान्छे क्यामरा बोकेर जंगलतिर जानु खतरा होला नि?’

तर बिमिताले केही पर्वाह गरिनन्। ‘म पनि छोरा मान्छेभन्दा कम दह्रो छैन,’ भन्ने विश्वाससाथ काममा लागिन्। बिमिता पूर्ण रूपमा फोटोग्राफीमा लागेकी भने छैनन्। उनी गाइडिङसँगै फोटो खिच्छिन्। भन्छिन्, ‘फोटोग्राफीलाई मात्रै प्राथमिकता दिएकी छैन। गाइडिङसँगै यसलाई रूचिका रूपमा अगाडि बढाएकी छु।’

लकडाउन बेला अरूजस्तै उनको गाइड काम ठप्प रह्यो। उनी भने चुप लागेर बसिनन्। क्यामरा बोकेर सामुदायिक जंगल चहारिन्। भन्छिन्, ‘लकडाउनमा त जंगल पनि शान्त थियो। चराचुरुंगीले पनि आनन्द लिए होला। सामान्य दिनमा भन्दा त्यो बेला फोटो खिच्न सजिलो थियो।’

झन्डै ५ वर्ष अवधिमा उनले सयौं वन्यजीवको फोटो खिचेकी छन्। ५ लाख रूपैयाँ बढी खर्चेर क्यामरा र लेन्स किनेकी छन्। तर, अहिलेसम्म कुनै फोटो बेचेकी छैनन्। फोटोग्राफीबाट कत्ति पनि आम्दानी नभएको गुनासो राख्छिन्।

‘वन्यजन्तुका फोटोको महत्व र माग नेपालमा सोचे जति छैन। मानिसहरू हेर्न रूचाउँछन्। तर फोटोमा खर्च गर्न पछि पर्छन्,’ तर आशावादी हुँदै भविष्यको योजना भन्छिन्, ‘प्रदर्शनीमा राख्न सके कमाइ होला र यसैमा पूर्ण रूपले लाग्न सकिएला। त्यसैले त्यसैको तयारीमा छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *