Shadow

नेपालमा पनि टिकटक बन्द हुने सभावना ! उजुरी दिनेको संख्या अत्याधिक बढे ( टिकटको बन्द हुनु ठिक कि बेठिक ? )

नेपालमा पनि टिकटक बन्द हुने सभावना ! उजुरी दिनेको संख्या अत्याधिक बढे ( टिकटको बन्द हुनु ठिक कि बेठिक ? )




नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ।नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।

ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ।सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ।एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पुर्याउनेलाई प्रहरीले कारबाही गरेको जानकारी दिए।जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’उनले भने, बाटोमै पनि अभद्र व्यवहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र ह त्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।

टिकटकबाटै हिंसा भइरहेको भन्दै ब्युरोमा उजुरी दिन पुग्ने महिलाको संख्या पनि बढेको छ।सामाजिक सञ्जालको जन्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चोट पुग्ने गरेको छ।सामाजिक सञ्जालबाट ठगिएकाबाट एक सातामा ५० वटाको हाराहारीमा उजुरी ब्युरोमा दर्ता हुन्छन्। उजुरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने तथा व्यक्तिको आइडी ब्लक गरिदिनेजस्ता उपचार गर्दै आएको छ।एसपी रायका अनुसार सरकारी कर्मचारीले समेत कार्यालयमा काम गर्दैगर्दा टिकटक बनाउने प्रवृत्ति बढेको छ। प्रयोगकर्ताले लामो भिडियो वा अडियोलाई इडिट तथा ‘कट’ गरी टिकटकमा अपलोड गर्छन्। कतिपयले एकथरी भिडियोमा अर्को अडियो प्रयोग गर।

अर्को समचार पनि पढ्नुहोस्

लोकप्रिय कार्यक्रम इन्द्रेणीमा केहिदिन अगाडि प्रसारण भएको भागको छोटो अंश यतिबेला टिकटक र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।भाइरल भिडियोमा गायिका टीका सानू र कृष्ण कंडेलको छोटो संवाद सुन्न सकिन्छ । यसैबिषयमा टीका सानूले फेसबुकबाट यस्तो स्पष्टीकरण दिएका छन् ।

सबैमा नमस्कार।

नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। कार्यक्रम इन्द्रेणीसँग प्राय व्यक्तिहरु परिचित हुनुहुनु हुन्छ। यस कार्यक्रमको गरिमा, चर्चा, परिचर्चा, विश्वास र यस कार्यक्रमको अभियानका बारेमा जति प्रशंसा गरेपनि कम हुन्छ। म त्यहि कामगर्छु भन्दा झन् गर्व लाग्छ। पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियोको अंशलाई लिएर जुन चर्चा र मेरो आलोचना भइरहेको छ। यसमा मेरो ध्यानाकर्षण भएको छ। उक्त भिडियोमा मैले बोलेका केही राम्रा कुराहरु थिए। बिडम्बना ति कुराहरु सबै आएको पाएको छैन। जुन कुरा भाइरल भएका छन्, ति कुराहरु प्रचार गर्न लायक छैनन्।

तर, त्यो भिडियोमा सोझो रुपमा कार्यक्रमका बारेमा परिचित थिएन भन्दा घमण्ड कसरी हुन्छ ? कुनै पनि संस्था र त्यसमाआवद्ध कर्मचारीहरु एकअर्कामा परिपुरक हुन्छन भन्दा के बिराए ? मैले इन्द्रेणीको कार्यक्रमका क्रममा शहरदेखि गाउँवस्तिका भिरपाखा धाएकी छु। २०औं जोर जुत्ता चप्पल फटाएकी छु। केही पाएकी छु, केही गुमाएकी छु। जुन प्रक्रिया चलिरहने प्रक्रिया पनि हो।

मलाई आजको दिनसम्म ल्याउनुमा इन्द्रेणी कार्यक्रमले कुनै योगदान दिएको छैन भनेर कही भनेकी छु र ? कलाकार र संस्थाबीचको संम्बन्ध परिपुरक हुन्छ भन्नु गलत हो ? खैर इन्द्रेणी कार्यक्रमका सन्चालक आदरणीय दाजु कृष्णप्रसाद कँडेल ज्यु यतिखेर पुर्व इलाममा हुनुहुन्छ।

उहाँ काठमाडौँ आउनासाथ यो विषयमा थप प्रष्ट पार्नेछौं। साथै अर्को कुरा पूराना भिडियो काटेर पोस्ट गरेर मेरो चरित्र हत्या गर्ने, तनाव दिने, जातिय रंग दलेर गालि गर्नेहरुलाई मेरो भन्नु केही छैन। सत्य बुझ्नलाई सचेतना चाहिन्छ। नोट: कृष्ण दाइ र मेरोबीचमा कुनै मतान्तर र मन मुटाव छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *