Shadow

भरत दाहालको काण्ड पर्दाफास गर्ने पूर्वमाओवादी कमाण्डरले खोलिदिए नारायणकाजीको ईतिहास

भरत दाहालको काण्ड पर्दाफास गर्ने पूर्वमाओवादी कमाण्डरले खोलिदिए नारायणकाजीको ईतिहास




याे समचार पनि पढ्नुहोस्

राष्ट्रिय सभा बैठक कक्षको बीचको सिटमा अर्का सांसद बस्न जाँदा छेउमा बस्ने सांसद उठाउनुपर्थ्यो । दूरी कायम पनि सहज थिएन । अब पुस १७ अघि नै सुरु हुने राष्ट्रिय सभाको बैठक कक्ष छिर्ने सांसदहरूले यस्तो समस्या भोग्नु पर्दैन । सामाजिक दूरी कायम गरेर बस्न सकिने गरी ठाउँ मिलाइएको छ ।

दस जनासम्म बस्ने एउटा लाइनको छेउछेउमा एक–एक जना मात्रै बस्न मिल्ने गरी सिट व्यवस्था गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले बताए । ‘पहिला बीचको सिटमा जान पनि छेउमा बसेकालाई उठाउँदै वा ढेसिँदै जानुपर्थ्यो, अब छेउछेउमा बसे पुग्ने गरी मिलाएका छौं,’ उनले भने ।

जसरी राष्ट्रिय सभामा एक सांसदबाट अर्को सांसदको दूरी बढाइएको छ, त्यसैगरी प्रतिनिधिसभामा पनि बैठक हलमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । ‘पहिला एउटा सिटको ग्याप थियो, अब दुई सिटको ग्याप राखेका छौं । माननीयहरूको बसाइ पनि ‘भी’ आकारमा हुन्छ,’ उनले भने । सभाहलमा दूरी कायम गर्दा सबै सांसद नअट्ने भएपछि दर्शक, पत्रकार र कर्मचारी बस्ने बाल्कोनीमा समेत ४५ जना सांसदलाई राखेर दूरी कायम गर्न लागिएको पाण्डेले बताए । बाल्कोनीमा सत्तापक्षका ३० र विपक्षी दलका १५ जनाको सिट व्यवस्थापन गरिएको उनले जानकारी दिए । बजेट अधिवेशनमा संयुक्त सदन हुँदा मात्रै बाल्कोनीमा सांसदलाई राख्न व्यवस्था मिलाइएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक आह्वान गर्नुअघि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको भौतिक संरचना तयार भइसकेको बताए । ‘वर्षे अधिवेशनबाट पनि केही सिकेका छौं, त्यसलाई सुधार गर्छौं,’ उनले भने, ‘यस्तो अवस्थामा संक्रमणबाट जोगिन थप सावधानी अपनाउनुपर्ने छ । हाउसमा पालना गर्नुपर्ने छुट्टै प्रोटोकलसमेत जारी गर्दैछौं ।’ सांसदहरू जनतासँग प्रत्यक्ष घुलमिल हुने भएकाले बैठकलाई सुरक्षित रूपमा चलाउनु चुनौती रहेको उनले बताए ।

सांसदहरूले बैठकमा बस्दा होस् वा संसद् भवन परिसरमा छिरेपछि अनिवार्य मास्क लगाउनुपर्ने हुन्छ । हात धुने, स्वचालित मेसिनबाट सेनिटाइज गर्ने व्यवस्थासमेत गरिने सचिवालयले जनाएको छ । बैठक कक्ष प्रवेश गर्ने ढोकासँगै ज्वरो नाप्ने मेसिन जडान गरिएको छ । राम रिमाल र लक्ष्मण रिमालले बनाएको ज्वरो नाप्ने थर्मोग्राफिक क्यामेराबाट सांसदहरूको ज्वरो नाप्न लागिएको छ । सभाहलतर्फ प्रस्थान गर्ने द्वारमा जडान गरिएको उपकरणको दुईदेखि ६ मिटरको दूरीमा पुग्नेबित्तिकै शरीरको तापक्रम त्यहाँ राखिएको कम्प्युटरमा देखिन्छ । कसैलाई ज्वरो देखिएमा साइरन पनि बज्ने रिमाल दाजुभाइको दाबी छ ।

गत बजेट अधिवेशनअघि सांसदहरूको पीसीआर गरिएको थियो । राज्यको खर्चमा पीसीआर गरेको भन्दै विरोध भएको थियो । ‘एक दिन पीसीआर गरेर सधैं क्वारेन्टाइनमा बस्ने भए हुन्थ्यो । पीसीआर गरेको दिनदेखि भीडभाडमा जाने भएकाले यसपालि गर्ने कि नगर्ने भन्ने विषयमा छलफल जारी छ,’ सचिवालय स्रोतले भन्यो ।

कहिले सुरु हुन्छ हिउँदे अधिवेशन ?

कोरोनाको त्रासले हतारमा बजेट पारित गरेर संघीय संसद्को बजेट अधिवेशन अन्त्य भएको पुस १७ मा ६ महिना पुग्दै छ । एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद् अधिवेशन सरकारले आह्वान गर्ने र अन्त्य गर्ने संविधानमा उल्लेख छ तर सरकारले अचानक संसद् अधिवेशन अन्त्य गरेको ६ महिना पुग्न लाग्दा बैठक नबोलाएको भन्दै प्रमुख प्रतिपक्षी दलले विरोध जनाउँदै आएको छ ।

‘प्रत्यक्ष भेटेर र विभिन्न माध्यमबाट सदनको बैठक बोलाउन भनेका छौं तर सरकार गम्भीर बनेको देखिँदैन,’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘बैठक बोलाउनका लागि सदनमा भएका एक चौथाइ सदस्यले दस्तखत गरेर आह्वान गरे पनि हुन्छ तर हामीसँग एक चौथाइ छैन । अन्य दलसँग संवाद गरेको पनि हो । सहयोग नपाएर अघि बढ्न सकेनौं । सर्वदलीय बैठकमा पनि संसद् बोलाउनुस् भनेका छौं ।’ सरकारले सदन चलाएर आवश्यक कानुन पारित गर्नुपर्नेमा अध्यादेशमार्फत ल्याएकामा उनले असहमति जनाए । ‘सरकारले आफ्नो अनुकूल अध्यादेश ल्याउनु उचित होइन भनिरहेका छौं,’ उनले भने ।

सत्तारूद दल नेकपाका प्रमुख सचेतक देव गुरुङले विधिअनुसार पुस १७ अघि नै संसद् अधिवेशन आह्वान हुने बताए । ‘सांसदहरूलाई काठमाडौं आइपुग्नका लागि समय दिन पुस पहिलो साताभित्र बैठक आह्वान गरिसक्नुपर्ने हुन्छ,’ उनले भने ।

सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताए । १४ औं संघीय संसद् सेवा दिवसका अवसरमा उनले बाध्यात्मक व्यवस्थाअनुसार संसद् अधिवेशन आह्वान हुनेतर्फ संकेत गर्दै त्यसका लागि तयार रहेको बताएका हुन् । ‘संवैधानिक रूपमा पनि पुस १७–१८ गतेसम्म संसद् अधिवेशन बोलाउनैपर्ने बाध्यता छ,’ आइतबार संसद् भवन बानेश्वरमा आयोजित कार्यक्रममा उनले भने, ‘अबको अधिवेशन नयाँ ढंगले चलाउने हो ।’

कोरोना भाइरसको संक्रमणका कारण संसद् अधिवेशन प्रभावित नहोस् भनेर संसद् सचिवालयले तयारी गरेको सभामुख सापकोटाले बताए । ‘नयाँ ढंगले संविधान कार्यान्वयन गर्ने हो । अहिले अलि परम्परागत, औपचारिक ढंगले चलिरहेका छौं जस्तो लाग्छ । संविधान संशोधनको बाटो खुला छ । रूपान्तरण यहाँबाट सुरु गर्न सकिन्छ । राम्रो कामका लागि हामीले रूपान्तरण गर्न सकिन्छ,’ सभामुखले भने ।

फेरियो सभामुखको कार्यकक्ष

संसद् भवन बानेश्वरमा सभामुखको कार्यकक्षमा सहजै हावा पास नहुने भएपछि कार्यकक्ष नै परिवर्तन भएको छ । झ्याल र भेन्टिलेसन खोल्न मिल्ने सानो शंकर हलमा सभामुखको कार्यकक्ष बनाइएको हो । नयाँ कार्यकक्षमा भेट्न आउनेलाई राख्ने कोठाको समेत व्यवस्था गरिएको छ । छलफल गर्नुपरे शंकर हल प्रयोग गर्न लागिएको हो । पुरानो कार्यकक्षमा एसी चलाउनुपर्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *