Shadow

मध्य रातमा सेतिको खोचमा ! १ जोडि यस्तो अवस्थामा, पिसाब फेर्छु भन्दा धन्न ज्या’न गएन

मध्य रातमा सेतिको खोचमा ! १ जोडि यस्तो अवस्थामा, पिसाब फेर्छु भन्दा धन्न ज्या’न गएन




याे समचार पनि पढ्नुहोस्

याम्बालिङ हाइड्रोपावर कम्पनीकी अध्यक्ष सुसन कर्माचार्यको स–परिवारले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

भेटमा उनीहरुले पार्टीकै नेता तथा पूर्वराजदूत कमानसिं लामाको निधनपछि चर्चामा आएको अडियो–भिडियो प्रकरणबारे आफ्नो धारणा व्यक्त गर्दै त्यसबारे यथार्थ तथ्य प्रधानमन्त्रीलाई सुनाएको बताएका छन् ।
याम्बलिङ हाइड्रोपावर र दिवंगत नेता कमानसिंह लामाबीचको आर्थिक लेनदेनमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसमेतलाई समेत मुछिएको छ । यद्यपि, श्रेष्ठकी मुख्य सहयोगी बनेर काम गर्दै आएकी सुसनको परिवारले प्रधानमन्त्रीसँगको भेटमा भने नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछिएको स्पष्ट पार्दै आफ्नो परिवारको चरित्रहत्या भएको दाबी गरेको छ ।

कर्माचार्यका श्रीमान् लक्ष्मणकृष्ण राजभण्डारीले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेखेर आइतबार प्रधानमन्त्रीसँग भेट भएको तथा आफ्नो परिवारमाथि दुष्प्रचार गरी चरित्रहत्या भएको बताएका हुन् ।

‘मेरी श्रीमती सुसन कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत नेता कमानसिंह लामाकोबीचमा रहेको विवादमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछिएको छ’, राजभण्डारीले लेखेका छन्, ‘मेरो श्रीमती समेत हाम्रो परिवारको चरित्र हत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी भ्रामक रुपमा केही अनलाइन सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरिरहेका छन् ।’

आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूहरुले सम्पूर्ण यथार्थ व्यक्त गरेको पनि उनले स्टाटसमार्फत जानकारी दिएका छन् । भेटमा प्रधानमन्त्री ओलीले उक्त विवादको विषय आफूकहाँ पनि आएको र नितान्त पारिवारिक समस्या भएकाले आफूले केही कुरा नगरेको बताएको पनि दाबी गरिएको छ ।

‘प्रधानमन्त्रीज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो’, राजभण्डारीले लेखेका छन्, ‘उहाँले कमानसिंह लामले यसबारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकाले मिलेर सल्टाउन र क. प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो ।’

राजभण्डारीका अनुसार भेटमा प्रधानमन्त्री ओलीले नेपालमा नामै नसुनेका अनलाइनहरुले जे पनि लेख्छ त्यसको पछी नलाग्न पनि सुझाव दिएका छन् । ‘गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिडिरहनुपर्छ भनेर सम्झाउनु भयो’, भण्डारी अगाडि लेख्छन्, ‘देशमा राष्ट्रपति जस्तो सम्माननीय व्यक्तिलाई पनि नानाथरीको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नु हुन्न भनेर सम्झाउनुभयो ।’

कुनै प्रमाणविना सत्य तथ्य नबुझी जनतालाई भ्रम पैदा गर्ने, अरुको चरित्र हत्या गर्न खोज्ने कार्य कसैले नगर्न र त्यस्तो भ्रममा नपर्न राजभण्डारीले विनम्र अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *