टिकटकभरी भा’इरल बन्यो रमेश र नन्दाको भिडियो एकैछिनमा करोडौंले हेरे( भिडियो सहित)

समाचार

प्रखर वक्ता रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहको विवाह पछिल्लो समय निकै नै चर्चामा बनेको थियो र अहिले पनि बनिरहेको छ ।




रमेशले नन्दा सिंहसंग तीन वर्ष देखि प्रेम रहेको र विवाह गर्न लागेको घोषणा गरेका थिए । उनको घोषणा पछि केही फ्यानहरु रिसाएका समेत थिए । उनीहरुले कल्पनालाई रमेशले धोका दिएको आ#रोप समेत लगाएका थिए ।

तर अहिके उनेहरुको जोडीलाई धेरै नेपालीहरुले रुचाएका छन । विवाह भएको हप्तादिन नबित्दै रमेश र नन्दाको टिकटक भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियोलाई दर्शकहरुले निकै नै रुचाएका छ्न । उक्त भिडियो अहिले टिकटकभरी भाइरल भइरहेको छ । य भिडियोलाई अहिले लाखौं ले हेरिसकेका छन । अब प्रस्तुत छ उही रमेस र नन्दाको टिकटक भिडियो । भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

काठमाडौमा रहेका रमेश विवाहका लागि आफ्नो गृहजिल्ला सुनसरीमा (धरान) पुगेका थिए । उनले इटहरीमै नन्दालाई बेहुली बनाएका हुन् । उनीहरुको विवाहमा इन्द्रणी कार्यक्रमको टिम र केही युट्युवर पत्रकारहरु समेत सहभागी भएका छन् । त्यसका लागि इन्द्रेणी टिम दुई दिन अघि नै धरान पुगेको थियो । नन्दा सिंह कर्णालीको कालिकोटमा जन्मिएकी हुन् । उनको बाल्यकाल पनि कालिकोटमा नै बित्यो । नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टेलमा बसेर पढेकी नन्दाले त्यहीबाट एसएलसी उतिर्ण गरिन् । अहिले उनले ब्याचुलर सकेकी छिन ।

अर्को समचार पनि पढ्नुहोस्

तिनै तस्बिर देखेर उनलाई कतिपयले सोध्छन्, ‘विदेशमा हुनुहुन्छ ?’ नेपालमै रहेको जानकारी दिँदा कति त छक्क पर्छन् । धेरै फिल्मकर्मीले भविष्यमा उनीसँगै काम गर्ने प्रस्ताव पनि राखेका छन् । निर्माता सन्तोषले करिब ३ वर्षअगाडि बनाउने घोषणा गरेको फिल्म ‘दीपेन्द्र सरकार’मा पनि काम गर्ने तयारी भइरहेको ऐश्वर्ना बताउँछिन् । ‘खासमा मलाई सन्तोष सेनले दीपेन्द्र सरकारमा काम गर्न अफर गर्नुभएको थियो तर उहाँले मेरो काम देख्नुभयो, प्रेगगीत–३ मा काम गर्न पाएँ,’ उनले भनिन्, ‘अब दीपेन्द्र सरकारमा पनि काम गर्छु । त्यसमा मैले प्रदीपलाई दीपेन्द्र सरकार बनाउनुपर्छ ।’

‘प्रोस्थेटिक मेकअप’मा रसायनको धेरै प्रयोग हुन्छ । सिलिकन, लेटेक्स, स्पिरिटलगायत सामग्री विदेशबाट मगाउनुपर्ने भएकाले यस किसिमको मेकअप खर्चिलो हुने र पारिश्रमिक पनि महँगो पर्ने ऐश्वर्ना बताउँछिन् । प्रदीप र सुनीलको टाउकोको मास्क बनाएको पारिश्रमिक ४ लाख रुपैयाँ लिएको उनको भनाइ छ ।

उनी विदेशबाट आउने साथीहरूलाई आवश्यक सामग्रीहरू मगाइरहेकी हुन्छिन् । नेपाली फिल्म क्षेत्रमा ‘प्रोस्थेटिक मेकअप’को राम्रो स्कोप देखेकी छन् ऐश्वर्नाले । ‘एक्सन दृश्यमा काटेको देखाउन पर्‍यो । हरर फिल्ममा भूत देखाउनु पर्‍यो, त्यहाँ त मेरो आवश्यकता देख्छु म । निर्देशकले आधा मानिस आधा मयूर, आधा छेपारो आधा मानिसको शरीरको पात्र कल्पना गर्न सक्ला । म निर्देशकले जस्तो सोच्छ त्यही बनाइदिन सक्छु,’ उनले भनिन्, ‘मैले थ्यानोस बनाएको छु । बाहुबलीमा टाउको काटेको दृश्य देखाइएको छ । मैले पनि त्यस्तै बनाएको छु ।’

उनले गायक नवीन के भट्टराईको नयाँ गीतमा पनि काम गरिन् । गीतमा एसिड आक्रमणमा परेकी युवती देखाउनु थियो । उनले आफ्नो कलाले त्यसलाई सम्भव बनाइहालिन् । आफ्नो मेकअप देखेर गायक नवीन सन्तुष्ट भएको उनी सुनाउँछिन् ।

ऐश्वर्नालाई ‘साइन्स फिक्सन’ फिल्ममा काम गर्ने रहर छ । साइन्स फिक्सनका पात्रहरूले आफ्नो कामको न्याय गर्ने बताउँछिन् उनी । ‘साइन्स फिक्सनमा सानो साइन्टिस्ट बच्चाले कुकुर र मानिसको डीएनए मिक्स गरेको क्यारेक्टरमा फिल्म बनाउन सकिन्छ । कथा त जुन पनि बन्न सक्छ । कल्पनाको सीमा कहाँ हुन्छ ?,’ उनी भन्छिन्, ‘नेपालमा धेरै कथाहरू छन् । हिमालयन यतीको कथामा प्रोस्थेटिक मेकअप प्रयोग गरेर फिल्म बनायो भने सायद ओस्कारमै जाला ।’

बन्ला त नेपालमा साइन्स फिक्सन फिल्म ?

उनी भन्छिन्, ‘निर्देशकले बनाउनुहोला नि त । अब त नेपाली फिल्मको स्तर बढिरहेको छ । आर्टिस्ट भएपछि त बनिहाल्छ नि । खासमा निर्देशक र आर्टिस्टको कल्पना मिल्न पर्‍यो ।’ उनको क्षमता देखिन सक्ने अर्को विधा हो– हरर । तर, आफूले अहिलेसम्म हेरेका नेपाली हरर फिल्ममा ‘भूत’ नै देखाइने नगरेको उनको भनाइ छ ।

फिल्ममा मेकअपको निकै महत्त्व देख्छिन् ऐश्वर्ना । फिल्मलाई वास्तविक देखाउन प्रोस्थेटिक मेकअपको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ । भन्छिन्, ‘फिल्म भनेकै स्क्रिप्ट, भीएफएक्स, एक्टिङ अनि प्रोस्थेटिक हो । नेपालमा प्रोस्थेटिक मेकअपकै अभाव छ । नेपाली फिल्मको मेकअप रियलिस्टिक देखिँदैन । दुर्घटना भएको छ भने रातो रङ मात्र लगाइदिएको हुन्छ । दुर्घटनामा त सिसा घोपेको हुन सक्छ । चोट लागेको हुन सक्छ ।’

कमेडी फिल्ममै पनि ‘प्रोस्थेटिक मेकअप’को आवश्यकता रहेको उनी बताउँछिन् । ‘कमेडी फिल्ममा पनि मेकअप त चाहिन्छ । जवान व्यक्तिलाई वृद्ध बनाउनुपर्छ । कि त बूढोलाई जवान,’ उनले सुनाइन्, ‘नेपाली फिल्ममा उमेरअनुसारको परिवर्तन देखाइँदैन । २० वर्षपछिको मानिसको कपाल सेतै फुलेको देखाइएको हुन्छ । कपाल मात्र सेते भएको हुँदैन नि, अनुहार चाउरी परेको हुन्छ ।’

हालै ऐश्वर्नाले भारतीय वेब सिरिजमा पनि काम गरिन् । बलिउडबाट पनि कामको अफर आइरहेको बताउँछिन् । तर, उनलाई नेपालमै ‘प्रोस्थेटिक मेकअप’ स्थापना गर्न मन छ । मेकअपको स्तर बढाएर नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सघाउन चाहन्छिन् । ‘विदेशमा बस्ने नेपालीले हेर्ने तहको फिल्म बनाउन सके मात्र पनि राम्रो,’ उनले सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *